३१ बर्षमा १३ वटा संस्थाको प्रमुख

अपाङ्गताभएका व्याक्तिको  सफलताको कथा

कृष्ण खनाल 
बुटवल, ३२  असार । 
कास्की जिल्लाको रुपाकोट गाविस–६ रुपातालमा जन्मीएका नवराज अधिकारी अहिले अपाङ्गता भएका व्याक्तिहरुको विचमा  उदाहरणिय बनेका छन् । 


जन्मेको ८ महिनामा आगोले जलेर दुबै खुट्टा गुमाएका अधिकारी अहिले ३१ बर्षको उमेर सम्म आउदा १३ वटा भन्दा बढि संस्थाहरुमा आवद्द रहेका छन् । कास्की जिल्लमा सफल मौरी पालक कृषकको रुपमा समेत आफ्नो पहिचान बनाएका उनीशिक्षण समेत  गर्दछन् र एउटा सफल सञ्चारकर्मी पनि हुन ।  


 आगोमा जलेर उनको दुईवटा खुट्टा गुमेको छ । तर  अहिले उनी कृतिम खुट्टा प्रयोग गरेर अहिले हिडँडुल गर्ने गर्दछन् ।  हाल लेखनाथ नगरपालिका–१४ कास्कीको सातमुहाने रुपातालमा बसोबास गर्दै आएका अधिकारीले  वि.स.२०५६ सालमा सृजनशिल अपाङ्ग समाज स्थानपाना गरि त्यो संस्थालाई अहिले निरन्तरता दिएका छन् । उनि भन्छन्–‘अपाङ्गता हुदैमा हाम्रो क्षमता गुमेको हुदैन, हिम्मत र  मिहिनेत गरेमा अन्य सवलाङ्ग व्याक्ति सरह जिवन यापन गर्न सक्छौ ।’ 


आफ्नो संस्था मार्फत कास्की र तनहँु जिल्लाका विभिन्न अपाङ्गता भएकाका लागि हक अधिकारको बारेमा करिब १५  बर्ष सम्म काम  गरेका छन्  । कास्कीको रेडियो बारहीमा १ बर्षकाम गरेका उनले अहिले रेडियो गोर्खाली १०६ मेगाहर्जमा ‘अपाङ्गता सरोकार’ कार्यक्रम  पनि सञ्चाल गर्दै आएका छन् । 

अहिले श्री सिजृना बहिरा उच्च मा विमा अग्रेजी शिक्षकको रुपमा रहेका उनी कुशल मौरी पालक कृषक पनि हुन् । उनले ४० घार मौरी पालेका छन् । मौरी पालेरै बार्षिक करिव १  लाख ५० हजार रुपैयाँ सम्म आम्दानी गर्ने अधिकारीको तर्क रहेको छ ।  

राज्यले अपाङ्गता भएका व्याक्तिहरुलाई हेयको दृष्टिकोणबाट नहेरी उनीहरुलाई महत्वपूर्ण अंगको रुपमा लिनु पर्ने भन्दै अधिकारी भन्छन्–‘अपाङ्गता भएका व्याक्तिहरुलाई दया मायाँ होईन अवसरको खाँचो रहेको छ ।’ 
 समाजले अपाङ्गता भएका व्याक्तिहरुलाई उचित न्यय र अपाङ्गमैत्री व्यवहार गर्नुपर्नेमा उनको धारणा रहेको छ । 

अधिकारीको परिवारमा अहिले एक छोरा नविन अधिकारी  र १ छोरी नम्रता अधिकारी, बाबु कृष्ण प्रसाद अधिकारी, आमा राधा देवी अधिकारी र श्रीमती दुर्गा देवी अधिकारी रहेका छन् । 


उनीले काउन्सीलरको रुपमा ३ महिना तालिम लिएका छन्, त्यस्तै पिआरुटि ३ महिने र बिईसीको राष्ट्रिय  प्रशिक्षको रुपमा रहेका छन । 
 विए, विएडमा स्नातकोत्तर(एमएड) गरेका उनी  प्रध्यापन तर्फ ३ बर्षको अनुभव समेत संगालेका छन् । 


अपाङ्गता भएका व्याक्तिहरुले पनि मिहिनेतका साथ संघर्ष गरेमा सफल हुन सकिने उनको तर्क रहेको छ । 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै