स्याउले विद्यालयको आधा शतक यात्रा...

कृष्ण खनाल       
बुटवल, १० साउन ।
शुकुम्बासी बस्तीमाबाट सुरु भएको रुपन्देहीको तिलोत्तमा नगरपलिका–२ मा रहेको शंकरनगर दुर्गादत्त उच्च मावि ५० बर्षमा प्रवेश गरेको छ ।

वि.स.२०२१ सालमा शुकुम्बासी बस्तीमा स्व.चेतकान्त अधिकारीले स्याउलाले बारेर छाप्रोमा विद्यालय सुरु गरेका थिए । सुकुम्बासी बस्ती रहेको कारण पटक÷पटक तत्कालिन सरकारले हटाउने प्रयास  समेत गरेको थियो ।

तर स्थानियको सक्रियताको कारण सरकारले हटाउन सकेको थिएन् । सोही  विद्यालय अहिले शुविधासम्पन्न भौतिक संरचना निर्माण गरी स्नातक तह को हालै प्रकाशित व्यवस्थापन संकायको परिक्षामा सामुदायिक विद्यालय तर्फ प्रथम भएको छ ।

वि.स.२०२१ सालमा ‘सारदा प्रथमिक विद्यालय’को रुपमा स्थापना भएको विद्यालय वि.स. २०३० सालमा शंकरनगर निमाविको रुपमा नाम परिर्वतन भएको थियो ।



त्यपछि वि.स.२०४१ सालमा माध्यमिक तह को पढाई सञ्चालन भएको थियो । त्यस्तै वि.स.२०६३  मंसिर महिनामा भएको महायज्ञबाट स्व. दुर्गा दत्त पाण्डेले २० लाख रुपँैया सहयोग गरी विद्यालयको नाममा आफ्नो नाम जोडेको विद्यालयका सहायक क्याम्पस प्रमुख तथा उच्च मावि संयोजक चन्डी प्रसाद पाण्डेले जानकारी  दिए । अहिले उक्त विद्यालयको नाम ‘शंकरनगर दुर्गा दत्त उच्च मावि ’ रहेको छ ।

अहिले स्वर्ण महोत्सवको तयारीको रुपमा रहेको विद्यालयले कात्र्तिक महिनामा  स्वणमहोत्सव मनाउदै छ । कक्षा १ देखि १० सम्म सामुदायिक विद्यालय रहेको उक्त उच्च माविमा नर्सरी देखि कक्षा ७ सम्म अंग्रेजी माध्यममा समेत अध्यापन हुँदै आएको छ ।

त्रिभुवन विश्व विद्यालयबाट विविएसको कक्षा समेत सञ्चालन गरेको  उच्च माविमा  उच्च मावितर्फ शिक्षा र व्यवस्थापन अध्यपन हुदै आएको छ ।

अहिले विद्यालयमा अग्रेजी माध्यम तर्फ २ सय जना र नेपाली माध्यममा ४ सय जना विद्यार्थीहरु अध्यायन गर्दै आएका छन् भने उच्च मावि तर्फ १ सय ५० जना र स्नातक तहको विविएसमा ९५ जना विद्यार्थीहरु अध्यायन गर्दै आएका छन् ।

न्युन शुल्कम अंग्रेजी माध्यममा समेत अध्यापन हुदै आएको उक्त विद्यालयले न्युनतम् १ सय ५० देखि २ सय ५० रुपैया मासिक शुल्क लिएर विद्यार्थीहरु अध्यपन गराउदै आएको विद्यालयका सहायक क्याम्पस प्रमुख पाण्डे बताउँदछन् । ‘हामीले अत्यान्तै न्युन शुल्क लिएर अंग्रेजी माध्यममा पनि अध्यपन गराउँदै आएका छौ, जसको कारण विद्यार्थीहरु धेरै मेधावि बन्दै गएका छन् ।’– उनले भने ।

उता, विद्यालयका प्राचार्य कृष्ण प्रसाद पन्थीले  विद्यालय शंकरनगरकै जेठो विद्यालय भएको र कार्तीक महिनामा मनाउन लागिएको स्वर्णमहोत्सव संगै विद्यालयलाई थप परिस्कृत र शिक्षा प्राणालीमा परिमार्जित बनाउदै लैजाने बताउँदछन् ।

उनले अहिले पनि विद्यालय सामुदायिक विद्यालय तर्फ रुपन्देहीमा टप १० मा पर्ने भन्दै यसको नतिजालाई अझ सुर्धादै उच्च सुचीमा पु¥याउनको लािग कुनै कसुर बाँकी नराख्ने बताए । उनले भने–‘सबैको सहयोग र सद्भावबाट विद्यालय यस अवस्था सम्म आएको छ, अझ आगामी दिनमा उच्च श्रेणीको विद्यालय बनाउनको लागि पनि सहयोग हुनेछ भन्ने आशा लिएका छौं ।’

उता,  नेकपा एमालेका केन्द्रीय सदस्य तथा शंकरनगर दुर्गादत्त उच्च माविका संरक्षण लिला गिरीले स्याउलाले बारेर अध्यापन हुने विद्यालय अहिले शुविधासम्पन्न आधुनिक भवनमा अध्यायपन हुदै आएको भन्दै अझ नतिजा सुधारको लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

उनले सरकाले उचित शिक्षा निती नल्याउदा सामुदायिक विद्यालय पछाडी परेको भन्दै अवको १० बर्षमा जिल्लाकै ट सर्वोत्कृष्ठ विद्यालय बनाउने प्रतिवद्धता सबैले जाहेर गर्नुपर्ने बताए ।

उता, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले  आफु पनि शंकरनगरबासी भएको कारण विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाए । उनले भने–‘म पनि यसै स्थानको स्थानिय हुँ, यो विद्यालयको लागि मैले गर्न सक्ने सहयोग गर्ने छु ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज न्यौपाने ले सामुदायिक विद्यालय भएको कारण सहयोग गर्नको लागि स्थानिय अभिभावकहरुलाई आग्रह गरे ।

((((((((((((((((((((((((((((((((

 स्वर्ण महोत्सवको लागि पहिलो बैठक
बुटवल, १० साउन । तिलोत्तमा नगरपलिका–२ शंकरनगरमा रहेको शंकरनगर दुर्गादत्त उच्च माविले कार्तिक महिनामा स्वर्णमहोत्सव मनाउने भएको छ । शनिवार विद्यालयमा स्वर्ण महोत्सवको लागि पहिलो बैठक सम्पन्न भएको छ । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीको प्रमुख आतिथ्यतमा भएको भेलाले विभिन्न १७ वटा उपसमिति र मुल आयोजक समिति समेत गठन गरेको छ । विद्यालयका प्राचार्य कृष्ण पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन  उच्च मावि संयोजक चण्डी प्रसाद पाण्डेले गरेका थिए ।

कार्यक्रममा  नेकपा एमालेका केन्द्रीय सदस्य सदस्य लिला गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज न्यौपाने, तिलोत्तमा नगरपालिकाका लेखा संयोजक धनेश्वर पोखरेल, शिक्षा पत्रकार समुह लुम्बिनीका  सचिव कृष्ण मल्ल, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम खरेल, विद्यालयका प्रमुख सल्लाहकार उमानाथ कण्डेल, जनज्वोती उमाविसका प्राचार्य रघुनाथ पोखरेल , सहकाय क्याम्पस प्रमुख यमलाल भण्डारी लगायते मन्तव्य राखेका थिए ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै