चालकको लापरवाही र तिब्रगतीले बढि दुर्घटना

कृष्ण खनाल
बुटवल, २४ असार । 
कुनै पनि दुर्घटना को कारण सबैभन्दा बढि चालकको लापरवाहीको कारण हुने गरेको पाइएको छ । 
यातायातसंग सम्बन्धीत विभिन्न व्यावसायीक संघ संस्थाहरु तथा प्रहरी प्रशासनबाट पटक–पटक सवारी साधन चालकहरुलाई प्रशिक्षण तथा तालिम प्रदान गर्ने गरेको भएपनि दुर्घटनामा कमी आउन सकेको छैन ।
 पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमाञ्चलमा ३ बर्षमा २ हजार ८ सय ६० दुर्घटना भएका छन् । 

आर्थिक बर्ष  वि.स.२०६८÷०६९, ०६९÷०७० र ०७०÷०७१ को  जेठ महिना सम्म २ हजार ८ सय ६० वटा साना  ठुला दुर्घटना भएका छन् ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरीकार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष ०६८÷६९ मा १ हजार २  सय ७ वटा, ०६९÷०७० मा ८ सय ६९ वटा र आर्थिक बर्ष २०७०÷०७१ मा जेठ सम्म ७ सय ८४ वटा दुर्घटना भएका हुन् । 
ति दुर्घटनाबाट १ हजार ४ सय ३ जना मानिसको ज्यान गएको छ । पश्चिम क्षेत्रीय  ट्राफिक प्रहरी कार्याललय बुटवलका प्रमुख एसपी शुनिल कुमार यादवका अनुसार आर्थिक बर्ष आर्थिक बर्ष २०६८÷६९ मा  ५ सय १ जनाको  दुर्घटनाको कारण मृत्यु भएको छ । त्यस्तै ०६९÷०७०मा ४ सय ६४ जना र आर्थिक बर्ष २०७०÷०७१ को जेठ महिना सम्म ४ सय ३८ जनाले ज्यान गुमाएका छन् । 

 यसरीहुने दुर्घटना चालकको लापरवाहीको कारण सबैभन्दा बढि हुने गरेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी शुनिल कुमार यावदले बताए । उनले भने–‘हाम्रो तथ्यांक अनुसार सबैभन्दा बढि चालकको लापरवाहीको कारण हुने गरेको पाएका छौ ।’  उनले  थपे–‘चालकले मोवाईल गोजीबाट निकाल्यो भने दुर्घटनाको संकेत हो, पानीपर्ने संकेतको रुपमा बादल लाग्नु जस्तै गोजीबाट चालकले मोवाईल झिक्नु  उस्तै हो ।’
 पश्चिमाञ्चलका १६ वटा जिल्लामा विगत ३ बर्षमा चालकको लापरवाहीको कारण कुल १ हजार ६५ वटा दुर्घटना भएका छन् । 
आर्थिक बर्ष २०६८÷०६९ मा कुल ८ सय ५५ वटा दुर्घटना भएकोमा चालकको लापरवाहीको  कारणले ३ सय ७७ वटा दुर्घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यस्तै आर्थिक बर्ष  २०६९÷०७० मा कुल ६ सय ३४ वटा दुर्घटना भएको मा ३ सय ४९ वटा दुर्घटना चालकको लापारवाहीले भएको देखिएको छ  । त्यस्तै चालू आर्थिक बर्षको जेठ महिना सम्म कुल ५ सय ७५ वटा दुर्घटना भएकोमा चालककै कारण ३ सय ४७ वटा दुर्घटना भएका छन् । 

आर्थिक बर्ष ०६८÷६९ मा यात्रुको गल्तीको कारण ९०, ओभर टेकको कारण ६८, तिब्र गतीको कारण २ सय २२, मादक पदार्थ सेवन गरेको कारण ४ वटा, यान्त्रिक गडबढिको कारण ८१ वटा, ओभरलोड को कारण ३ वटा, चौपायाको कारण ६ वटा, सडकको अवस्थाको कारण ३ वटा र मौसमको कारण १ वटा मात्र दुर्घटना भएको छ । त्यस्तै आर्थिक बर्ष ०६९÷७० मा यात्रुको लापरकाहीको कारण ६३ वटा, ओभर टेकको कारण १७ वटा तिब्र गतीको कारण १ सय ६ वटा, मापसेको कारण १२ वटा, यान्त्रिक गडबढिको कारण ६१ वटा, ओभरलोडका कारण ११ वटा, सडकको अवस्थाको कारण १० वटा, मौसम को कारण ५ वटा दुर्घटना भएका छन् । त्यस्तै चालु आर्थिक बर्षको जेठ महिना सम्म पश्चिमाञ्चलका १६ वटा जिल्लाहरुमा चालकको लापरवाहीको कारण ३ सय ४७ वटा दुर्घटना भएका छन् । त्यस्तै यात्रुको गल्तीको कारण ३९ वटा, ओभरटेकको कारण १२ वटा, तिब्र  गतीको कारण १ सय १२ वटा मापसेको कारण २वटा,  यान्त्रिक गढवढीको कारण ४८ वटा चौपायाको कारण ४ वटा , सडकको अवस्थाको कारण ५ वटा र मौस

मको कारण ३ वटा दुर्घटना भएका छन् ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार  २५ देखि ४० बर्ष उमेर समुहका सबैभन्दा बढि मानिसहरु दुर्घटनामा संलग्न हुने गरेको पाइएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यलयका अनुसार ४० बर्ष उमेर भन्दा माथिका मानिसहरुको दुर्घटनामा संलग्नता न्युन रहेको छ । रुपन्देही जिल्लामा १६ देखि २५ बर्ष  उमेर समुहका ४४ जना व्याक्तिहरु संलग्न  भएको पाइएको छ भने २५ देखि ४० बर्ष उमेर समुहका ७५ जना, ४० बर्ष भन्दा माथि ३४  जना व्याक्तिहरुको संलग्ता रहेको देखिएको छ ।  

२५ देखि ४० उमेर समुहका नवलपासीमा ७७ जना, कपिलबस्तुमा ३९ जना, पाल्पामा २९ जना, गुल्मीमा २१ जना, अर्घाखाँचीमा १४ जना, कास्कीमा ७४ जना, तनहुमा २१ जना, स्याङ्जामा १० जना, गोर्खामा २ जना, लमजुङ्गमा १३ जना, बाग्लुङ्गमा १२ जना , पर्वतमा २६ जना, म्याग्दीमा ४ जना, मुस्ताङ्ग २ जना व्याक्तिहरु सहभागी रहेको पाइएको छ ।  अर्को तथ्यांक अनुसार चालु आर्थिक बर्षको जेठ महिना सम्म ७ सय ७८ वटा दुर्घटनामा भएकोमा सबैभन्दा बढि मोटरसाईकल दुर्घटना भएका छन् । 
२ सय ६७ वटा मोटरसाईकल,  ट्रक १ सय २०, बस १ सय  ५३, कार जीप १ सय ६ टेक्टर ७३  अन्य शा.स. चल्ने ५५  वटा अन्य १० वटा गरी कुल ७ सय ८४ वटा  दुर्घटना भएका छन् ।  चालुु आर्थिक बर्षमा ४ सय ३८ जना मानिसहरुको दुर्घटनाको कारण नै मृत्यु भएको छ । 
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यलयले चालु आवको जेठ महिना सम्म ३ लाख ४३ हजार ५ सय ९ जना व्याक्तिहरुबाट ६ करोड ४३ लाख ३१ हजार ४ सय ५० रुपैया राजश्व संकलन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्ष ७ करोड ५४ लाख ५९ हजार २ सय ५० रुपैया संकलन गरेको थियो  । त्यस्तै आर्थिक बर्ष २०६८÷०६९ मा भने कुल ४ करोड ८३ लाख ९२ हजार ७५ रुपँैया संकलन गरेको थियो । 
उता, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले संघ मातहातका चालकहरुलाई पटक– पटक तालिम प्रदान गर्दै आएको  र ‘छाति नापेर कर्मचारी तथा चालक नआउने’ भएको कारणले पनि केही बढि दुर्घटना हुने गरेको स्वीकार गर्दछन् ।

 पछिल्लो समयमा दुर्घटना न्यूनीकरणको लागि पश्चिम नेपाल बस व्यवसायी संघले १० बर्ष पुराना बसहरु विस्तापित गर्ने अभियान सुरु गरेको भन्दै उनले यसको लागि अहिलेसम्म संघले ९ करोड ९२ लाख रुपैँया विस्तापित सवारी साधनका धनीहरुलाई दिइएको जानकारी दिए  । उनले भने–‘हामी सकेसम्म दुर्घटना न्युनीकरणको अभियानमा लागेका छौ, पटक–पटक चलक तथा सह–चालकहरुलाई तालिम प्रदान गर्ने गरेको छौँ तर पनि स्थायी रुपमा तालिम प्राप्त गरेका कर्मचारीहरुले काम नगर्ने गरेको कारणले पनि समस्या सृजना भएको छ । ’ उनले दुर्घटनाकै कारण संस्था पछाडी परेको समेत बताए । ‘सरकारले २० बर्ष पुराना गाडीहरु विस्तापीत गर्ने भनेको छ तर हामीले १० बर्ष पुरा गाडीहरु विस्तापीत गर्ने अभियान सुरु गरेका छौ ।’– उनले भने । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै