विद्युत महशुल नतिर्नेमा सरकारी कार्यालय अगाडी

बुटवल नगरपालिकाले ६ करोड तिरेन
कृष्ण खनाल
बुटवल, १२ साउन । 


सर्वसाधारण उपभोक्ताले समयमै विद्युत महशुल नतिर्दा जरिमाना लिने र तुरुन्त विद्युतको लाईन काट्ने नेपाल विद्युत प्राधिकरणले बर्षौ देखि विद्युत महशुल नतिर्ने सरकारी कार्यालयमा कुनै सिक्को भाँच्न सकेको छैन । 
बर्र्षाै देखि लाखौ रुपैयाँ विद्युत बक्यौता नतिर्ने सरकारी कार्यालहरुलाई कारवाहीको कुरा त परै जाओस् लाईन पनि कटिएको छैन । यस्तो प्रवित्तीलाई कतिपय विश्लेकहरुले ‘मुसो मार्न’ नसकेको उपमा समेत दिने गरेका छन् । 
नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखा अन्र्तगतका ३ दर्जन भन्दा बढि सरकारी कार्यालयहरुले बर्षौ देखि विद्युतको महशुल बुझाएका छैन्न तर ति कार्यालयहरुले ढुक्कले विद्युत उपभोग गरिरहेका छन् ।
 प्राधिकरण बुटवल शाखा प्रमुख मुगिन्द्र ठाकुरले महशुल नतिर्ने ग्राहकको ६० दिन भित्र लाईन काट्ने गरेको बताउँछन् ।  उनको यो कुरा सर्वसाधारण विद्युत उपभोक्ताहरुमा लागू भएपनि सरकारी कार्यालयमा भने लागू हुुन सकेको छैन  । विद्युत महशुल नतिर्ने  जो सुकै उपभोक्ताको ६० दिनभित्र लाईट काटिने उनको कुरा पत्याउने कुनै पनि आधार देखिदैन । 
बुटवल नगरपालिकाले सडक बत्ती बापत र आफ्नो कार्यालयमा उपभोग हुने विद्युतको महशुल नतिरेको ५९ महिना अर्थात ४ बर्ष ११ महिनाको भईसकेको छ । अहिले सम्म नगरपालिकालाई कुनै निकायले  कारवाही गर्न सकेको छैन ।
आर्थिक बर्ष २०७०÷०७१ को असार मसान्तसम्म  बुुटवल नगरपालिकाले आफ्नो कार्यालयमा उपभोग हुने ५ करोड ३६ लाख ६ सय ७ सय ७५ रुपैयाँ ७० पैसा  र सडक बत्ती बापतको ६ करोड ३१ हजार ५ सय ६२ रुपैयाँ ५९ पैसा विद्युत बक्यौता बुझाउन बाँकीरहेको छ । 
नगरपालिकाले ग्राहक नम्बर००५.०२.८५१ रहेको ४५७.४५ केभीए विद्युत उपभोग गरेको छ । उसले ५९ महिना अर्थात ४ बर्ष ११ महिनाको महिनाको रु ५ करोड ३६ लाख ६ सय ७ सय ७५ रुपैयाँ ७० पैसा  विद्युत बक्यौता बुझाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बुटवल शाखाका लेखापाल किशोर घिमिरले जानकारी दिए । उनका अनुसार नगरपालिकाले सबैभन्दा बढि सडक वत्ती बापतको विद्युत बक्यौता बुझाएको छैन ।  नगरपालिकाले सडक बत्ती अन्र्तगत ग्राहक नंः ००२.०१.८५१ अन्र्तगत ३० एमपिएस  विद्युत उपभोग गरेको ५७ महिना अर्थात ४ बर्ष ८ महिनाको १ लाख ११ हजार ८ सय ४१ रुपैयाँ ९० पैसा, त्यस्तै ग्राहक नंः ०३३.२३.२०५ अन्र्तगत २० केभिए को ६४ महिना अर्थात ५ बर्ष ४ महिनाको कुल १ लाख ९९ हजार १ सय ४१ रुपैया, ग्राहक नम्बर ००५.०५.८५१ नम्बरको ३० एमपिएस ५० महिना अर्थात ४ बर्ष २ महिनाको कुल १ लाख ९ हजार ९ सय ९५ रुपैयाँ ४० पैसा रकम बुझाएको छैन । 
त्यस्तै ग्राहक नंः००५.१२.८५१ अन्र्तगत ३० एएमपिएस विद्युत उपभोग गरेको ५७ महिना अर्थात ४ बर्ष  ९ महिनाको कुल १ लाख ३१ हजार ८सय ९४ रुपैयाँ, ग्राहक नंः ००५.१३.८५२ अन्र्तगत ३० एमएपिएस विद्युत उपभोग गरेको ५० महिना अर्थात ४ बर्ष २ महिनाको कुल १ लाख ४५ हजार ३ सय ८७ रुपैया महशुल बुझाएको छैन । 
नगरपालिकाले नै  ग्राहक नंः००५.२३.८५१ अन्र्तगत ३० एमपिएस  विद्युत उपभोग  गरेको ५५ महिना अर्थाथ ४ बर्ष ७ महिनाको कुल १ लाख १ हजार ९ सय २८ रुपैया ७० पैसा बुझाएको छैन, त्यस्तै ग्राहक नम्बर ००५.२४.८५१ अन्र्तगत सडक बत्तीबापतको ३० ए एमपिएस विद्युत उपभोग गरेको  ४३ महिना अर्थात ३ बर्ष ७ महिनाको  कुल १ लाख ५३ हजार ३ सय ३९ रुपैया , ग्राहक नंः००१.१०.८५१ अन्र्तगत १ केभिए  सडक बत्ती अन्र्तगतको  ३८ महिना ३ बर्ष २ महिनाको २ लाख ४० हजार ९ सय १ रुपैयाँ ३० पैसा र ग्राहक नंः ००१.००३.८५१  अन्र्तगत १ केभिए विद्युत उपभोग गरेबापत ३८ महिना अर्थात ३ बर्ष २ महिनाको कुल १ लाख ४७ हजार ६१ रुपैयाँ ६० पैसा रकम  नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाकी रहेको छ । 
बुटवल नगरपालिका मात्र होईन, रुपन्देहीको पर्रोहा गाविस कार्यालयले पनि ग्राहक नंः ०१९.११.२०८ अन्र्तगत ४.८ केभिए विद्युत उपभोग गरेको ७६ महिना अर्थात ६ बर्ष ४ महिनाको कुल ६ लाख ४४ हजार १ सय ६४ रुपैयाँ ४० पैसा बुझाउन बाँकी रहेको छ । 
त्यस्तै ग्राहक नम्बर ००६.०६.८५१  रहेको अर्को केरवानी गाविस कार्यालयले पनि ५.५ केभिए विद्युत उपभोग गरेको ७५ महिना अर्थात ६ बर्ष ३ महिनाको ७ लाख २८ हजार २ सय ८४ रुपैया तिर्न बाँकी रहेको छ । 
त्यस्तै ग्राहक नम्बर ००२.२७.८५१ रहेको  पाल्पाको दोभान गाविसले पनि ३७ केभिए विद्युत उपभोग गरेको ७५ महिना अर्थात ६ बर्ष ३ महिनाको  १ लाख ५ हजार ८ सय ६२ रुपैयाँ ५८ पैसा  विद्युत बक्यौता बुझाउन बाँकी रहेको छ । 
त्यस्तै ग्राहक नंः ००३.२३.२०१ रहेको पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलले पनि ६.६ केभिए विद्युत उपभोग गर्दै आएको १० महिनाको ५ लाख ४२ हजार २ सय ४६ रुपैयाँ २८ पैसा बुझाउन बाँकी रहेको छ । 
अर्को ग्राह  नम्बर ००३.२४.०३१  रहेका ५ एएमपिएस विद्युत उपभोग गर्दै आएका रुपसिंह थापाले पनि ८१ महिना अर्थात ६ बर्ष ९ महिनाको १ लाख ३७ हजार ६ सय २३ रुपैयाँ ३५ पैसा बुझाएका छैनन् ।
 ग्रहाक नंः ००५.०१.२०७ रहेको नेपाल बार एशोसियसन ले १.२५ केभिए विद्युत उपभोग गर्दै आएको ६ बर्ष १० महिना  १  लाख २९ हजार ६ सय ९०९ रुपैयां १९ पैसा रकम बुझाएको छैन् ।
त्यस्तै ००६.०६.८५१ ग्राहक नम्बर रहेको केरवानी गाविस कार्यालयले पनि ५.५ केभिए विद्युत उपभोग गर्दै आएको ७५ महिना अर्थात ६ बर्ष ३० महिनाको कुल ७ लाख २८ हजार २ सय ८४ रुपैया   विद्युत महशुल बुझाएको छैन् ।
त्यस्तै ग्राहक नंः ०१०.२९.५९३ रहेको बुटवल धागो कारखानाले ६.२५ केभिए विद्युुत उपभोग गर्दै आएकोमा ४३ महिना अर्थात ३ बर्ष ७ महिनाको कुल ३ लाख १२ हजार ३ सय ३३ रुपैयाँ ७४ पैसा  विद्युत महशुल बुझाउन बाँकी रहेको छ । 
 अर्को रुपन्देहीको गाविस ००१.०१.८५१ ग्राहक नम्बर रहेको देवदह गाविसले पनि १६.२५ केभिए  विद्युत उपभोग गर्दै आएको ७४ महिना अर्थात ६ बर्ष २ महिनाको कुल २१ लाख २२ हजार ४ सय २० रुपैयाँ बुझाउन बाँकी रहेको छ । 
 त्यस्तै सालझण्डी गाविसले २.५ केभिए विद्युत उपभोग गर्दैै आएको ७४ महिना अर्थात ६ बर्ष २ महिनाको कुल २ लाख ७४ हजार ३ सय ६ रुपैयाँ ८० पैसा बुझाएको छैन । अर्को गाविस दुधराक्ष गाविसले पनि २.५ केभिए विद्युत उपभोग गर्दै आएकोमा ६ बर्ष २ महिना अर्थात ७४ महिनाको कुल ३ लाख २६ हजार ५ सय ६० रुपैयाँ विद्युत महशुल बुझाएको छैन । 
अर्को गजेडी  गाविसले १.५ केभिए विद्युत उपभोग गर्दै आएकोमा ७५ महिना अर्थात ६ बर्ष ३ महिनाको कुल १ लाख ९८ हजार ६ सय ४२ रुपैयाँ बुझाएको छैन । 
उता, नेपाल विद्युत प्राधिकरण बुटवल शाखा प्रमुख मुगिन्द्र ठाकुरले विद्युत महशुल नबुझाउने उपभोक्ता(ग्राहक)को ६० दिनमा विद्युतको लाईन काटिदिने बताउँछन् । संवाददाता संगको कुराकानीमा उनले भने–‘कारवाही हुन्छ, ६० दिनमा हामीले लाईन काट्छौ ।’  केही समय अगाडी विद्युत ट्रिपङ्गको कारण  विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काट्ने काम केही समय देखि रोकीएको र भोली देखि नै सुरु हुने बताए ।  उनले यसो बताई रहदा ६÷७ बर्ष देखि विद्युतको महशुल नतिर्ने सरकारी कार्यालहरु मस्तले चलिरहेका छन् । नत ति कार्यालयको लाईन नै काटिन्छ नत विद्युत बक्यौता तिर्नको लागि आग्रह नै गरिन्छ । 

तस्वीर विवरण
नेपाल विद्युत प्राधिकरण बुटवल शाखामा विद्युत मशुल बुझाउनको लागि प्रतिक्षारत ग्राहकहरु । पछिश्ल्लोसमयमा टोकन सिस्टम लागू गरेपछि  विद्युत महशुल बुझाउन केही सहज भएको छ । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै