ब्रेलमा पत्रकारिता

कृष्ण खनाल
बुटवल, ३१ असार । 
कपिलवस्तु जिल्लाको दोहनी गाविस  वडा नम्बर–४ मैनिहवाका ओरिराम चौरासीया घर देखि करिव पौने २ घण्टाको पैदल हिडेर  रेडियो कपिलबस्तुमा  आउने गर्दथे ।

 पुर्ण रुपमा दृष्टिविहिन उनी कपिलबस्तु जिल्लाका क्रियशिल पत्रकार हुन् । ब्रेलमा नै समाचार बनाएर पढ्ने र विभिन्न कार्यक्रमको ढाँचा(स्कृप्ट) पनि ब्रेलमा नै बनाउने चौरासिया विगत ३÷४ महिना देखि कपिलवस्तुकै रेडियो तिलौराकोटमा कार्यक्रम संयोजक को रुपमा कार्यरत रहेका छन् ।  

उनी आफ्नो घर मैनहियाबाट करिव १ घण्टा पैदल हिडेर रेडियो तिलौराकोटमा आउँछन् । बर्सातको समयमा उनी आउने बाटोको विचमा नदी रहेको छ, जुन उनको लागि कायौ पटक बाधक पनि बन्ने गरेको छ । ह्वाईट क्यान अर्थात सेतो छडीको साहराले हिड डुल गर्ने चौरासीयले यसरी नै कलिवस्तुमा  रेडियो पत्रकारिता गरेको करिव ५ बर्ष भन्दा बढि भईसक्यो । एका विहानै ७ बजेको कार्यक्रमका लागि उनी घरबाट पैदली हिडेर रेडियोमा आउदछन्, जुन उनको नियमति दैनिक कार्यक्रम पनि हो । 

बुटवल टुडे संगको कुराकानीमा उनले  भने –‘‘कुनै कुनै समाचार बे्रलमा बनाएर पढ्दा कहिले काहीँ ढिलो पनि हुन्छ, मैले कार्यक्रमको लागि पुरै तयारी ब्रेलमा नै गर्दछु  तर पहिला नै पुर्व तयारी गरेको कारण कुनै पनि अफ्ठारो प्रर्दैन ।’’
पत्रकारिताको ईतिहासमा अहिलेसम्म तलब नपाएको बताउने चौरासीया भन्दछन्–‘रेडियोबाट तलब भनेर दिदैन्, तर  विहानको खाना खर्च रेडियोले नै व्यहोर्ने गरेको छ ।’  विहानको बहस कार्यक्रम ‘हमन् वार्ता’, अपाङ्गतता सम्बन्धी ‘अपाङ्गता सहयात्रा’ र शैक्षिक चौतारी नामको कार्यक्रम उनी नियमित रुपमा चलाउने गर्दछन् । 

उनले यसरी ब्रेलमा तयार गरिएको समाचार अन्य विभिन्न मिडियामा पढाउन नसकिने र कुनै पनि कार्यालय वा सम्बन्धीत क्षेत्रमा पत्राचार गर्दा ब्रेलमा लेखिएको नबुझिने भएको कारण पटक –पटक समस्या झेल्नु परेको उनको तर्क रहेको छ । उनी सेतो छडी प्रयोग गर्दै विभिन्न कार्यक्रमहरु रेकर्डको लागि गाउँ– गाँउ जाने गर्दछन् । ‘सवारी साधान चल्ने स्थानमा गाडी चढेर जान्छु तर अन्य गाउ  गाउमा सेतो छडी नै मेरो साथीको रुपमा रहेको  हुन्छ ।’ –उनले भने । 

चौरासीया मात्र होईन  अर्घाखाँची जिल्लाको सिद्धारा गाविसमा वडा नम्बर –५ ढुङ्गेगारका टिकाराम भुषाल पनि ‘ब्रेल सञ्चार कर्मी’ हुन् । 
 वि.स.२०३५ सालमा जन्मीएका उनी अहिले ‘रेडियो लुम्बिनीमा’ स्यम्सेवक सञ्चार कर्मीको रुपमा कार्यक्रम ‘अपाङ्गता सरोकार’ सञ्चालन गर्दै आएका छन् । 

 करिव ४ बर्ष रुपन्देही एफ् एम् भैरहवामा त्यस्तै स्वयमसेवकको रुपमा अपाङ्गता सम्बन्धी कार्यक्रम सञ्चालन गरेका उनी अहिले  ढेड बर्ष  यता रेडियो लुम्बिनीमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।  

पुर्णरुपमा दृष्टिविहिन रहेका भुषाल शान्ती नमुना उच्च माविका नेपाली विषयका शिक्षक समेत हुन् । उनी भन्छन्–‘रेडियोमा ब्रेलमा लेखेर सामग्री तयार गर्दा कहिले काँही खरर पढ्न सकिदैन, जस्ले अफ्ठारो पारेको छ ।’  तर उनले  आफुले कार्यक्रममा प्रस्तुत गर्ने विषयबस्तुलाई पहिला नै पटक पटक पढेर अध्यायन् गरी जाने भएको कारण कुनै अफ्ठारो नभएको बताउदछन् । 
उता, राष्ट्रिय अपाङ्ग पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष तथा  काठमाण्डौबाट प्रकाशन हुने ‘सार्थक स्वर’  मासिक पत्रिकाका  सम्पादक समेत रहेका लोकेन्द्र  प्रसाद भट्ट पनि पुर्ण रुपमा दृष्टिविहिन हुन् । 
आम सञ्चार तथा पत्रकारिता विषयमा स्नाकोत्तर तह दोस्रो बर्ष (डिग्री) मा अध्ययनरत  भट्ट ले  पत्रकारितामा करिव ८ बर्षको अनुभव संगालीसकेका छन् । 

काठमाण्डौमा  रहेको क्लासिकल एफ् एम् १०१.२ मेगाहर्जबाट पत्रकारिता सुरु गरेका  उनले करिव डेढ बर्ष पछि स्टार एफ् एममा ११ महिना, रेडियो मिमिर्रेमा साढे ४ बर्ष काम  गरिसकेका छन् ।  रेडियोमा काम गर्दा  खासगरी रिर्पोटहरु बनाउने गरेको बताउने उनले ब्रेल ल्यापटप(दृष्टिविहिनले चलाउने ल्यापटप) नभएको कारण पटक पटक समाचार बनाउने क्रममा अफ्ठारो पर्ने गरेको बर्ता । 

गोर्खा जिल्लाको ताल्पा–९ स्थायि घर भएका भट्ट भन्छन्–‘रेडियो पत्रकारिता भन्दा दृष्टिविहिनहरुलाई छापा पत्रकारितामा धेरै अफ्ठारो रहेको छ ।’उनले कार्यक्रम चलाउनको लगि कुनै अफ्ठारो नभएको भएपनि समाचार बनाउको लागि, ईडिट गर्नको लागि अफ्ठारो हुने गरेको बताए । उनले भने–‘ब्रेल ल्यापटप किन्नको लागि हाम्रो क्षमता नै हुदैन, कम्तीमा २÷३ लाख पर्दछ ।’ उनले अहिले दृष्टिविहिनहरुले चलाउने सफ्टवेयर जर्ज प्रयोग गरेर काम गर्दै आएको बताए ।  

उनले अपाङ्गता भएका व्याक्तिहरुले मिडियाका काम गर्न नसक्ने कुरा नै नभएको भन्दै उनीहरुलाई उचित स्थान दिनु पर्ने बताउदछन् । स्थान पाएमा अपाङ्गता भएका व्याक्तिहरुले पनि सञ्चार क्षेत्रमा राम्रो गर्न सक्ने उनको धारणा रहेको छ । यसको लागि विभिन्न सञ्चार माध्यम चलाउने सञ्चालक तथा प्रमुखहरुले अपाङ्गता भएका  व्याक्तिहरुलाई  पनि उचित स्थान दिनुपर्ने  बताए । 

तस्वीर  विवरण बायाँबाटः ओरिराम चौरासिया, टिकाराम भुषाल, लोकेन्द्र भट्ट 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै