जागरुक बन्दै ग्रामिण भेगका महिला

कृष्ण खनाल
बुटवल, ८ साउन
आजभन्दा करिव २० बर्ष पहिला केरवानी गाविस–९ की निर्माला चौधरी(३८) लाई घर बाहिर निस्कने घरमा अनुमती लिन पर्दथ्यो ।
 १२ बर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाधिँएकी  तिनै चौधरी अहिले  ग्रामिण भेगमा काम गर्ने महिलाहरु मध्ये एशियाका उत्कृष्ट ग्रामिण १ सय जना महिला मध्ये एकमा पर्दछिन् ।  केही समय पहिला एसियन् रुलर वुमन कलेक्सन नाम अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले एशियाका १०० जना उत्कृष्ट महिलाको रुपमा सम्मान समेत गरेको छ ।

 निर्मला चौधरी अहिले परिर्वतनका लागि कार्यरत महिला समुह(वाच)को अध्यक्ष, तलाऊ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष, आदिवासी जनजाती महासंघ गाउ संमन्वय समितिकी अध्यक्ष, थारु कल्याणकारी परिषद् लगायत करिव एक दर्जन संस्थाहरुमा आवद्ध रहेकी छिन् ।

एशियामा टप १०० ग्रमिण महिलामा पर्ने निर्मला चौधरी 
उनी एउटा प्रतिनिधि पात्र हुन ।  उनी जस्तै पछिल्लो समयमा रुपन्देहीको केरवानी, सिक्टहन, छोटकीरामनगर, मक्रहर, देवदह गाविसका महिलाहरुमा विस्तारै जागरण पैदा हुदै गएको छ । १०÷१२ बर्ष पहिला कुनै नौलो मानिस गाउँ वा टोलमा देखा प¥यो की घर भित्र लुक्ने  महिलाहरु अहिले समाजका सयौ मानिसहरुको माझ औला ठाडो बनाएर आफ्नो हक अधिकारको रुपमा बोल्न सक्ने भएका छन् । यो परिर्वतन एकै पटकमा आएको भने होईन ।

ग्रामिण भेगका महिलाहरुको जिवनशैलिमा नै परिर्वतन आएको छ । खासगरी चौधरी (थारु) समुदायका माहिलाहरुलाई घरबाहिर निस्कने अधिकार समेत थिएन्  । त्यतिबेलाको अवस्था सम्झीदै स्थानिय  महिला  जनागरण समुहकी अध्यक्ष निर्मला चौधरी भन्छीन्–‘वि.स.२०५२ सालमा गाउँमा समुह र एकता भनेको के थियो कसैलाई थाहा थिएन् ।’ परिर्वतनको लागि कार्यरत महिला समुह  वाचले गरिवी निवरण तथा स्थानिय महिलाहरुको जिविको पार्जनको लागि केरवानी गाविसमा जाँदा सुरुका दिनहरुमा चौधरी समुदायका पुरुष हरुलेनै असहयोग गर्ने गरेको चौधरीको स्मरण रहेको छ । ‘पुरुषहरुको असहयोगको कारण महिलाहरु घरबाहिर निस्कने समेत डराउथे’–उनीले सम्झीन् । ‘त्यतिबेलाको समजमा  मुकविला गर्दै समुदायमा महिलाहरु भेला पार्ने काम गरिकी थिए ।’

गाउँमा पौढ शिक्षाको कक्षा सञ्चालन गर्दा साँझको समयमा कायौ पुरुषहरुले–‘यि महिलाहरु बिग्रीन लागे यिनलाई ठेगान लगाउनुपर्छ ।’ भन्न सम्म भ्याएका थिए । घरबाट महिलाहरु नपढाएर पुरुषहरुले असहयोग गरेको कुरा पनि उनको मानसपटलमा ताजै रहेको छ ।  
त्यसको ठिक १५ बर्ष पछि अहिले रुपन्देहीका ति गाविसहरुका महिलाहरुको दैनिकी नै परिर्वतन भएका छन् ।
थारु समुदायका महिलाहरुमा पछिल्लो समयमा धेरै नै जागरण आएको छ ।  १२ बर्ष मा नै विवाह गरेकी निर्मला चौधरीले अहिले उक्त समुदायका महिलाहरु २० बर्ष पुरा नभई विवाह भएको देख्न परेको छैन । समुदायमा आवद्ध भएर बचत गर्ने, सहुलियत दरमा ऋण लगी लगानी गरेर दैनिक जिविको  पार्जनको पाटो समेत सुरु गरिसकेका छन् ।

पहिला  स्थानिय कसैले ऋण लिनुपर्दा सयकडा ५ देखि २० रुपैया सम्म व्याज लिल्थे साहुहरुले । तर अहिले महिला बचत समुह गठन गरेपछि १ रुपैया व्याजदरमा सस्तोमा ऋण लगेर महिलाहरुले बंगुरपाल, खेती पातीमा लगानी गर्दै आएका छन् ।
 अहिलेको  अवस्थामा आउनको लागि त्यहाका चौधरी समुदायका महिलाहरुले मानो बचत(अर्थात अन्न बचत) योजना पनि चलाएका थिए ।

प्रत्येक  महिना एक माना, गहुँ, धान, दाल , तोरी बचत गर्ने र त्यसलाई विउको रुपमा पछि किसानहरुलाई दिने गर्दथे जुन किसानले विउ लगेको छ त्यसको उत्पादन भएपछि थप एक माना थपी दिनुपर्नेगरी माना वचत योजना पनि सुरु गरेका थिए । तर पछिल्लो समयमा भने उक्त प्रचलन हटिसकेको छ ।
 ज्यालामा विभेद भएको भन्दै  केरवानी गाविसका  चौधरी समुदायका महिलाहरुले २०५६÷६७ साल तिर एक जना साहँुको २०÷३० विगाहा क्षेत्रफलमा भएको गहु काटेनन् । पछि पुरुषलाई दिने जती नै ज्याला दिने सहमती भएपछि गहँु काट्ने काम गरेका थिए । अहिले महिला र पुरुषलाई दिने ज्यालामा कुनै पनि भेदभाव छैन । अहिले महिलाहरुको मात्रै सहभागी रहेको महिला उक्त समुहले ८४ जना महिलाहरु रहेको महिला उप  समुह समेत गठन गरेको छ । जसको कार्यक्षेत्र केरवानी, देवदह, करहिया, सिक्टहन, छोटकी रामनगर र मक्रहरमा रहेका छ ।
हालै महिलाहरुमात्रै सदस्य र पदाधिकारी भएको ‘तलाउ महिला बचत तथा ऋण सहकारी संस्था’ समेत गठन  गरेका छन् त्यहाका महिलाहरुले । समुहमा आवद्ध भएर उनीहरुले बंगुरपालन कार्यक्रम, महिलाहरुको  प्रजनन् स्वाथ्य सम्बन्धी पाठेघरको स्वाथ्य शिविर, च्याउ खेती, मैनबत्ती बनाउने तालिम, महिला हिंसा न्यूनीकरणका तालिम लगायतका तालिमहरुपनि सञ्चालन गर्दै आएका छन् ।

उता, वि.स.२०६७  साल देखि सामाजिक क्षेत्रमा कार्यरत महिला जागरण सहयोग समुहकी कोषाध्यक्ष फुलकुमारी चौधरी पनि समुहमा आवद्ध भएपछि धेरै परिर्वतन आएको बताउँछिन् ।
गाउँमा महिलाहरुलाई समुहमा आवद्ध गर्नको लागि नै अफ्ठारो परेको विगत सम्झीदै उनी भन्छीन्–‘घरबाहिर निस्कन डराउने हाम्रो समुदायका महिलाहरु अहिले आफ्नो नाम आफै लेख्ने  सक्ने भएका छन् ।’ उनले  अहिले पनि महिलाहरुमा अझै विभेद कायमै रहेको भन्दै खासगरी चौधरी समुदायका महिलाहरुलाई  समाजमा हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी रहेको उनले बताईन् ।

स्थानिय शान्ती निमावि सिक्टहन–३ की शिक्षीका समेत रहेकी फुलकुमारीले पछिल्लो समयमा पुरुषहरुलेपनि महिलाहरुलाई सहयोग गर्दै आएको बताउँदै स्थानिय निकाय, जिल्ला विकास समिति, नगरपालिका तथा गाविसले पनि महिलाहरुको संस्थालाई प्रथमिकतामा राखेर  सहयोग गरिदिनको लागि आग्रह गरिन् ।
उता, जिल्ला विकास समिति रुपन्देहीका लेखा अधिकृत राजेन्द्र प्रसाद आचार्यले पछिल्लो समयमा महिलाहरुमा पनि विस्तारै जागरण पैदा हुदै गएको भन्दै यसको लागि जिविस तथ अन्य स्तरबाट पनि सहयोग जारी रहने प्रतिवद्धता जानाए । उनले विगतका   बर्षहरुमा महिलाहरु अशक्षम भएको आरोप लगाउने उनीहरुलाई अवसरबाट बञ्चित गरिदै आएकोमा अवको दिन त्यस्तो नभएको र समान  अवसर र अधिकार जरुरी रहेको  बताए । उनले भने–‘मैले गर्न सक्ने सहयोगको लागि म तयार छु, महिलाहरुले जिविसको परिषद् हुँदा र   योजना तथा कार्यक्रमहरु आउँदा सक्रिय रुपमा सभागी भएर कार्यक्रमको प्रपोजल तयार गरि गाउ गाउमा कार्यक्रम गर्नको लागि म आग्रह गर्दछु ।’



त्यस्तै,देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्राइले केही बर्ष पहिलाको तुलनामा अहिले देवदह, मक्रहर, केरवानी गाविसका महिलाहरुमा चेतनाको स्तर विस्तारै माथि उठ्दै गएको बताए । उनले भने–‘पछिल्लो समयमा महिलाहरु जागरुक हुदै जानुभएको छ, अझ बढि सक्रिय हुनुपर्ने आवश्यकता रहेको  छ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै