रुपन्देही घोषणा पत्र–२०७१ जारी विद्यालय समयमा चर्पीमा ताला नलगाउने प्रतिवद्धता

कृष्ण खनाल
बुटवल, ८ साउन । 
के तपाईको विद्यालयमा सौचालय छैन्न या निर्माण गरिएका शौचालयहरुमा विद्यालय समयमा ताला लाई राख्ने गर्नुभएको छ भने ख्याल गर्नुहोला तपाईको विद्यालय कारवाहीमा पर्न सक्ने छ । 
अव रुपन्देही जिल्लामा शौचालय निर्माण नभएका विद्यालयहरुमा वि.स.२०७२ असार मसान्त् सम्म अनिवार्यरुमा शौचालय निर्माण गरिनेछ भने प्रयोग नआएका शौचालयहरु पनि पनि सञ्चालनमा ल्याइने भएको छ । यसको साथै विद्यालय समयमा सबै सौचालयहरु ताला नलगाई अनिवार्य रुपमा राख्नु पर्ने पनि व्यवस्था लागू गरिएको छ । 
 ‘सफाई स्वच्छ र सुन्दर विद्यालय रुपन्देहीको सान, सभ्य र क्षमतावान शिक्षक, विद्यर्थी हाम्रो पहिचान ’ भन्ने मुल नाराका साथ अवको एक बर्षमा  सम्पूर्ण  शौचालय नभएका विद्यालयहरुमा शौचालय निर्माण गरी सरसफाई अभियानमा शिक्षा क्षेत्रको योगदान दिने उदेश्यका साथ रुपन्देही घोषणा पत्र २०७१ जारी गरि उक्त कुरा ल्याएको हो ।

 जुन घोषण पत्रमा जिल्ला शिक्षा कार्यालयका प्रमुख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, विद्यालय निरिक्षकहरु, विद्यालयका शिक्षक  तथा प्रध्यानाध्यापकहरु, बाल क्लवका प्रतिनिधीहरु, शिक्षक तथा निजी विद्यालय एशोसियनका अध्यक्षले हस्ताक्षर गरेका छन् । 

दुई दिन सम्म चलेको  जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाई स्वच्छता संमन्वय समिति र शिक्षा संग सम्बद्ध व्याक्तिहरुको सहभागीता अवधारणा पत्र  निर्माण गरी रुपन्देही घोषणा पत्र–२०७१  जारी गरिएको हो । घोषणा पत्रमा वि.स.२०७२ सालको असार मसान्तभित्र शौचालय निर्माण नभएका विद्यालयमा खानेपानी  सेवा सहितको शौचालय निर्माण गर्ने र व्यवस्थापन हुन नसक्ने  शौचालयलाई २०७२ असार भित्र प्रयोगमा ल्याउने कुरा उल्लेख गरिएको छ । १० वटा बुँदा रहेको घोषणा पत्रमा विद्यालयका सबै शिक्षक  र कर्मचारीहरुले आफ्नो घरमा चर्पी नभएको भए २०७१ पौष मसान्त सम्म निर्माण गर्न लगाई प्रयोग गर्ने र  गराउने कुरा पनि उल्लेख गरिएको छ ।

त्यस्तै घोषणा पत्रमा बिद्यालयका सबै शिक्षक र कर्मचारीहरुले आफ्नो घरमा चर्पी नभएको भए २०७१ पौष मसान्त भित्र निर्माण गरी प्रयोग गर्ने र गराउने कुरा पनि उल्लेख गरिएको छ । त्यस्तै बिद्यालय समयमा सबै चर्पीमा ताला नलगाइकन खुल्ला राख्ने । माघ महिना देखी चर्पी नबनाएका शिक्षक र कर्मचारीहरुको तलब रोक्का गर्ने , वि.स. २०७१ आश्विन भित्र सबै बिद्यालयमा सरसफाई आचारसहिंता बनाउने र त्यसलाई सार्वजनिक गरी पालना गर्ने ।
बिद्यालय सरसफाई योजना र प्रगतिलाई श्रोत केन्द्रको नियमित बैठकमा पेस गर्ने, श्रोतकेन्द्रको बैठकमा यसको नियमित समिक्षाको बिषय वस्तु बनाउने र उक्त समिक्षाको निश्कर्षको प्रतिवेदन जिल्ला शिक्षा कार्यालयमा पेस गर्ने ।

सरसफाईमा बिशेष योगदानदिने बिद्यालय, शिक्षक, बिद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन नसमिति र शिक्षक अभिभावक संघलाई सम्मान तथा कदर गर्ने । सरसफाईका व्यवहारलाई बिद्यार्थीहरुको निरन्तर मुल्याङ्कन तथा प्रयोगात्मक परिक्षासंग समेत आवद्ध गर्ने । यसका लागी श्रोत केन्द्र स्तरिय बैठकवाट मापनका बस्तुगत सुचकाङ्कहरु तयार गरी कार्यान्वयन गर्ने ।

  बिद्यालयको अनुगमनमा जाने कर्मचारीबाट सरसफाईको बिषयलाई अनिवार्य रुपमा अनुगमनको बिषयमा समावेस गर्ने र प्रतिवेदनमा राख्ने । 

रुपन्देही जिल्लाले संचालन गरेको सरसफाइ अभियानलाई सफल बनाउन सहयोगी हातहरुलाई समाहित गर्दै शिक्षा क्षेत्रले सकृय भूमिका निर्वाह गर्ने । लगायतका कुराहरु उल्लेख गरिएको छ ।

उता, रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले उत्कृष्ठ सरसफाई गर्ने विद्यालयहरुलाई पुरस्कृत गर्ने योजना रहेको बताए । उनले विद्यालय  सरसफाई तथा स्वच्छ राख्ने अभियान सबैको साझा अभियान रहेको भन्दै यसमा सहयोग गर्नको लागि सबैको सहयोग अपरिहार्य रहेको बताए  । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै