किसानलाई धानको ब्याड राख्न भ्याईनभ्यई




कृष्ण खनाल
बुटवल, १३  जेठ ।

आईतबर मात्र यस क्षेत्रमा पानी परेपछि रुपन्देहीका कृषकहरुलाई धानको(बिउ) व्याड राख्ने चटारो सुरु भएको छ ।
लामो समयसम्म पानी नपरेको कारण  धानको ब्याड राख्न नपाएका  किसानहरुले पानी परेसंगै राहतको महसुस समेत गरेका छन ।
अहिले  दिनकमा करिव ५० जना भन्दा बढि किसानहरु कुन जातको धान रोप्दा धेरै फलाउन सकिन्छ भनेर कृषि कार्यालय धाएका छन् त कोही खेत जोताइमा लागेका छन भने कोही व्याडका लागि मल जुटाउन व्यस्त  छन ।
सोमबार  मात्रै  कृर्षि विकास कार्यालय रुपन्देहीमा आउने कृषकहरुको संख्या उल्लेखनिय रहेको जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला कृर्षि विकास कार्यालयमा अनुदानको धानको विउ बितरण गर्न, किसानहरुलाई परामर्श दिन कर्मचारीहरुलाई भ्याई नभ्याई छ । 
खडेरी पर्ने महिना भनेर चिनिने जेठमा यो बर्ष भने आईतबार मात्र पानी परेको हो । कतिखेर पानी पर्ला र धानको  ब्याड राख्न पाईयला भनेर प्रतिक्षामा बसेका कृषकहरुले  सोमबार देखि धमाधाम धानको ब्याड राख्न सुरु गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय भैरहवाका प्रमुख अधिकारीका अनुसार अहिले ३० देखि ३५ प्रतिशत अनुदानमा कृषि विकास कार्यालय वितरण गरेको धानको विउ लिनको लागि कृषकहरुले कार्यालय धाउने गरेका छन् । 
रुपन्देही जिल्लामा मात्र १ सय ८६ टन अनुदानको धानको बिउ आएको छ । जस मध्ये सोमबार सम्म १ सय १३ टन विउ किसानहरुले लगिसकेका छन्  भने अव जम्म ७२ टन मात्र बाँकीरहेको छ । 
‘साँवा मसिनो धानको विउ  रुपन्देहीमा किसानहरुले बढि माग गरेका छन् ।’ –जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले भने । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘बल्ल पानी परेको छ किसानहरुलाई चाहिने  अनुदानको धानको विउ हामी संग यथेष्ठ मात्रामा छ ।’ उनले यस क्षेत्रमा माग कम भएको राधा–४ धानको विउलाई कपिलबस्तुमा साटेर यस क्षेत्रमा माग बढि भएको सावा“ मसिन धानको विउ किसानहरुलाई उपलब्ध गराइइएको समेत जानकारी दिए ।
विगतका बर्षहरुमा जेठको अन्तीम साता तथा असारको पहिलो हप्ताबाट  धानको बिउ  राख्ने गरेकोमा यस बर्ष पनि सोही समयमा किसानहरुले धानको विउ राख्ने गरेका हुन ।
जेठको अन्तिम सातासम्ममा  धानको ब्याड  राख्दा उपयुक्त हुने कार्यालयले जनाएको छ ।
 सिँचाइ सुविधा भएका स्थानहरुमा धानको व्याड राख्ने काम सुरु भएको छ भने  सिंचाही सुबिधा नभएको र आकासे पानीको भर पर्नुपर्ने स्थानहरुमा पनि किसानहरुले अझै धानको विउ राख्न पाएका छैन्न । 
 हिजोआज किसानहरु कुन जातको धान लगाउ“दा खेती राम्रो हुन्छ र धान  धेरै फल्छ भनेर परामर्स लिन कृषि कार्यालय आउन बाली विकास अधिकृतले बताए ।
 बिउ राखेकोे करिव २२ दिनमा धान रोप्नको लागी तयार हुने भएकाले सीचाइ सुविधा नभएका स्थानहरुमा पनि अब लगत्तै राखिएको ब्याड रोप्नका लागि उपयुक्तनै हुने कृषी कार्यालयले जनाएको छ ।
कृषि तथा वालि विज्ञान अनुसन्धान केन्द्रबाट  सिफारिस गरिएका  राधा –४ , सा“वा मनसुनी, साबित्री, राधा –१७, सर्जु –५२, सर्जु–३९, लगाएतका धान जिल्लाको हावापानी तथा माटो सुहाउदो भएको  कृषी कार्यालयले  जनाएको छ ।

यसका साथै अन्य हाईब्रेड जातका धानको उत्पादन पनि राम्रो हुने भएकाले कृषकहरुको रोजाइमा पर्ने गरेको कार्यालयले जनाएको छ । हाईब्रेड जातमा  गोरखनाथ र मयुर तथा भारतसंग सिमाना जोडीएका गाविसहरुमा भारतीय विभिन्न  हाइब्रेड जातका धानका विउ समेत रोप्ने गरेको पाइएको छ ।
हरेक बर्ष मौसम परिर्वन भइरहने भएकाले अघिल्ला बर्षहरुमा राम्रो फलेकै आधारमा पुराना र एकै जातका धान लगातार रोप्न उपयुक्त नह“ुने भन्दै कृषि कार्यालय रुपन्देहीका बाली विकास अधिकृतले वाह्य अवरोध तथा रोग प्रतिरोधात्मक क्षमता भएको नया“ र उन्नत जातका अर्थात कृषि कार्यालयले सिफारिस गरेका धानको बिउ लगाउन किसानहरुलाइ सुझाब दिएका छन ।

कृषि विकास कार्यालय रुपन्देहीको तथ्याङ अनुसार कुल  खेति योग्य जमिनको   ७२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती  हुने गरेको छ । परम्परागत तरिकाले पहिलेदेखि रोप्दै आएका धानको तुलनमा कृषि कार्यालयले  सिफारीस गरेको नया“ र उन्नत जातका धानहरु रोप्ने हो भने उत्पादनमा बृद्धि हुने जिल्ला कृर्षि कार्यालय रुपन्देहीले जनाएको छ ।

उन्नत जातका धानको बिउ  रोप्ने हो भने  धानमा  रोग कम लाग्ने  तथा बातावरण अुनुकुल भएन अर्थात धेरै खडेरी पर्ने हो भने पनि  उत्पादनमा  धेरै हा्रस नआउने  कार्यालयको भनाई छ । 

अघिल्ला बर्षहरुको तुलनामा गत बर्ष पनि धान उत्पादनमा बृद्धि भएको  र   जिल्लामा  यसबर्ष पनी मनसुन बेलैमा सुरु हुने र पानी परिरहने हो भने धान उत्पादनमा बृद्धि हुनेछ ।  मौसमबिदहरुले भने जस्तै मनसुन बेलैमा सुरु हुने हो र पानी परिरहने हो भने धान उत्पादन बढन सक्छ
रुपन्देही जिल्लामा कुल कृषि क्षेत्रको  ४७ हजार  हेक्टर क्षेत्रफलमा सिंचाहीको व्यवस्था राम्रो व्यवस्था छ भने बा“कीमा आकाशे पानीको भरमा खेती गर्नु पर्छ ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै