मजदुर दिवस पनि भएन विश्राम

कृष्ण खनाल
बुटवल, १८ बैशाख
 विहिवार बुटवल–१३ देविनगरको  न्यू होराईजन चोक नजिकै घर निर्माण गर्ने स्थानमा खटिएकी ५० बर्षिय विष्णु मायाँ थापा दिउँसको टन्टलापुर घाममा पसिनाले निथुक्क भिजेर ईँट्टा ओर्साने काम गर्दै थिईन् ।

ईंटाको भारी विसाउँदै गर्दा उनले भनिन् ।–‘के गर्ने कामनगरी त हाम्लाई कहा पुग्यो र?  ५० बर्षको उमेरमा पनि मजदुरी नगरि घरमा चुलो नबोल्ने बताउने थापाले दिनको ३ सय रुपैँया  पाएको ज्यालले आफ्नो घर खर्च चलाउदै आएको बताईन् ।

यति मात्र होईन् विष्णु मायाँको पिडा  अर्कौ छ । करिव १५ बर्ष  अगाडी श्रीमान् वेपत्ता भएपछि बुटवलको ट्राफिक चोककमा सेकुवा बेच्दै आएकी थिईन् ।  तर बुटवलको ट्राफिक चोकका प्रहरीले ठेला राख्न नदिएपछि उनी निर्माण मजदुरको रुपमा काम गर्दै आएकी थिईन् ।  जिविको पार्जनको बाटो नभएको कारण विकल्पको रुपमा निर्माण मजदुरको  काम गर्न लागेको उनले बताईन । ‘करिव एक बर्ष यता  निर्माण मजदुरको रुपमा काम गर्दैै आएकी छु ’ उनले भनिन् ।

छोरा, छोरी बुहारी समेत घरमा रहेको बताउनेउनले विहिवार परेको मजदुर दिवसको बारेमा कुनै पनि  जानकारी थिएन ।  उनी संगै काम गरिरहेकी अर्की ४० बर्षिय निर्माण मजदुर सरिता नेपालीले भनिन्–‘ठेकेदारले काममा आईजाओ भनेर आएका हौं हाम्लाई मजदुर दिवसको बारेमा केही थाहा छैन ।’
 विहान करिव  ७ बजे नै नास्ता बोकेर घर निर्मााणको लागि आएका उनी नवलपरासीको परासी बजार घर भएका निर्माण मजदुर विजय मासीले पनि मजदुर दिवसको बारेमा कुनै पनि जानकारी नभएको बताए ।
उनले भने–‘हामी काम गरेर खाने मान्छे हजुर हाम्लाई के को दिवस चाहियो र ?’ उनलाई बर्ष भरीमा एक दिन पनि मजदुरहरुको विदा नभएको उनले दुखोसो पोखे ।

आफ्नो ठेकेदारको पुरा नाम समेत जानकारी नभएको बताउँदै उनले भने–‘ ठेकेदारको नाम कुन्ने के हो  रमेश भन्छन् करे ।’  मजदुर दिवसको दिन विहान देखि नै काममा आउनु परेको भन्दै उनले भने–‘यो दिवसमा त तलब काम गरेको दोब्बर दिन्छन् भन्छन् तर हाम्लाई त के हुनु सधैको त्यहि हो ।’  उनले अहिले दैनिक  ५ सय रुपैँया ज्यालाबापत पाउने गरेका छन् ।  प्रत्येक बर्ष मजदुर दिवसको दिन सम्पूर्ण मजदुरहरुले विदा पाउने  गर्दछन् ।   सरकारी कार्यालय र ठुला व्ययवसायीक प्रतिष्ठानहरुले मजदुरहरुलाई विदा दिने गरेको भएपनि कतिपय निर्माण ठेकेदारहरुले भने विदा नै दिने गर्दैनन् ।

ज्यालामा पनि विभेद
विश्वभर १२५ औं अन्तराष्ट्रिय श्रमिक दिबस (मेइ १) मनाउदै गर्दा महिला पुरुष निर्माण महजदुर हरुले समान ज्याला नपाउने गरेको पाइएको छ । विहिवार बुटवल १३ देविनगरमा एक घर निर्माणको क्रममा भेटिएका दुई महिलाश्रमिक र पुरुष श्रमिकलाई  ठेकेदारले फरक फरक ज्याला दिने गरेको मजदुरले बताएकाम छन् ।
त्यहि पुुरुष सरह काम गर्र्दै आएकी महिला मजदुर श्रमिक विष्णुमाँया थापाले ३ सय रुपैया पाउने गर्दछिन् भने पुरुष कामदार विजय मासी उनको तुलनामा ठ्याक्कै दोब्बर ज्याला  अर्थात ६ सय रुपैया पाउने गरेको बताए ।

८ घण्टा काम र ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग सम्बोधन भएको स्मरण  गर्दै मजदुर दिवस मनाइने गरिन्छ । विहिवार पनि विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइएको छ ।

तस्वीर विवरण
बुटवलको देविनगरमा मजदुर दिवसको दिन घर निर्माणको लागि खटिएका निर्माण श्रमिक । उनीहरुलाई विहिवार मजदुर दिवसको बारेमा थाहा नै थिएन । तस्वीरः कृष्ण खनाल ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै