‘सोमबारको सामान आईतबारै किन्नुस्’


कृष्ण खनाल
बुटवल, १२ जेठ ।

तपार्इं आईतबार बजारमा किनमेल गर्न जाँदै हुनुहुन्छ भने किनमेलको बजेट अलि बढाएर जानुहोला । त्यस दिनको लागि मात्र होईन सोमबारको दिनको लागि पनि अब  तपाईंले सामान किन्नु  पर्नेछ ।
किन भने अव सोमबारको दिन खुद्रा तथा किराना पसलहरु सम्पूर्ण रुपमा पसल बन्द हुनेछन् ।  होईन भने सोमबारतपाई भोकै बस्नु पर्ने पनि अवस्था नआउला भन्न सकिन्छ ।
 खुद्रा, किराना व्यवसायी संघ रुपन्देहीले अब देखि प्रत्येक सोमबार अनिबार्य रुपमा किराना तथा गल्ला बसलहरु बन्द गर्ने उर्दि जारी गरेको  छ । जसको कारण अव सोमबार सबै पसलहरु बन्द हुनेछन् ।

सोमबार पनि बुटवलमा करिव २०÷२२ वटा मोटरसाईकलमा ‘सूचना अबदेखि सोमबार अनिवार्य रुपमा पसल गर्नुहोला’ लेखिएको प्ले कार्ड सहित दुईवटा झुण्डले पसल बन्द  गराउँदै हिडेको थियो ।
सधंै भरी पसल खुला राख्ने गरेको कारण ‘एक दिन विश्राम गर्नै’ भन्दै खुद्र व्यवासी संघ रुपन्देहीको आव्हानमा  व्यपारीहरुले अव देखि बुटवलको मैनाबगर क्षेत्रमा शनिबारको दिन र अन्य  क्षेत्रहरुमा सोमबार अनिवार्य रुपमा पसल बन्द गर्नेछन् ।
खुद्रा किराना व्यसायी संघ रुपन्देहीका अध्यक्ष लक्ष्मण न्यौपानेले व्यवसायीहरु जहिले पनि व्यस्त हुने भएको कारण चौथों अधिवेसन तथा सातौं साधारण सभाबाट कुरा आएपछि सोमबारको दिन पसल बन्द गर्ने निर्णय भएको बताए ।

 बुटवल टुडेसंगको कुराकानीमा उनले  भने–‘विश्राम गर्ने दिनको  रुपमा शनिवार बुटवलको मैनावगर क्षेत्र र अन्य क्षेत्रमा  सोमबार पसल बन्द गर्ने निर्णय गरिएको हो ।’ 

उनका अनुसार फलफुल तथा अन्य छिटो सड्ने प्रकारको खाद्यान्नको व्यापार गर्ने व्यसायीहरुले आफ्नो सटर बन्द गरेर सटर अगाडी राखेर बेच्न भने पाउनेछन् ।  मैनाबगर क्षेत्रमा शनिवार र अन्य क्षेत्रमा सोमबार विहान देखिनै सो दिन पुरै र रातीमा पनि पसल खोल्न नपाउने उनको भनाई रहेको छ ।
कुनै पनि व्यापारीहरुले विश्राम गर्नकालागि त जुन सुकै अवस्थामा पनि पसल बन्द गर्न सक्यो नि भन्ने संवादाताको प्रश्नमा अध्यक्ष न्यौपानेले भने –‘सो साधारण सभाबाट आएको निर्णय हो त्यसलाई कार्यान्वयन मात्र गरेका हौ ।’
सोमबार मोटरसाईकलमा ‘सोमबार पसल बन्द गरौ’ लेखिएको प्लोकार्ड सहित दुई टोलीले  पसलहरु बन्द गराउदै हिडेको थियो । ठाँउ÷ठाँउमा  जवर जस्ती समेत पसल बन्द गराईएको स्थानिय व्यापारीहरुको भनाई आएको छ  । तर यसलाई अध्यक्ष न्यौपानेले जवजस्ती नगरिएको र स्वईच्छाले पसल बन्द गराएको बताएका छन् ।

रुपन्देही खुद्रा व्यवसायी संघमा अहिले १२ सय जना व्यापारीहरु आवद्ध भएका छन् । खासगरी दैनिक जिविको पार्जन गरेर  दिनभर काम गरेर साँझमा एक छाक किनेर खाने मजदुरहरुलाई खुद्रा व्यपारीहरुको बन्दले प्रभाव पार्ने कतिपयको भनाई रहेको छ ।

‘दिनभर काम गरेर साझको समयमा चामल, तरकारी किनेर खाने हामी जस्ता दैनिक ज्यालादारी गर्ने व्याक्तिहरुले खे खाने के हामी भोकै बस्ने?’–एक मजदुरले बुटवल टुडेसंग भने ।
२२ वटा मोटरसाईकलमा चढेका खुद्रा किराना व्यसायी संघमा आवद्ध व्याक्तिहरुले सोमबार ११÷११ वटा मोटरसाईकलमा दुई समुहमा बा“डिएर पसल बन्द गराउदै हिँडेका थिए ।
एउटा टोली बुटवलको पुष्पला पार्कबाट बेलबास, नयाँगाउँ, तामनगर र मुर्गिया हुदै पुन बुटवलको गोलपार्कमाबाट पुन फर्किर  पुष्पलाल पार्कमा आएर समापन भएको  थियो भने अर्को  टोली बुटवलको पुष्पलाल पार्कबाट सुख्खानगर, दिपनगर शिवनगर  , रामनगर   योगीकुटी हुदै पुनः पुष्पलाल पार्कमा आएर टुंगिएको  थियो ।

उता,  रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले अहिले सम्म संले कुनै  पसलहरु बन्द गर्नुपर्दछ र बन्द गर्नुपर्दैन भन्ने विषयमा कुनै आधिकारीक निर्णय नगरेको भन्दै खुद्रा किराना व्यसायीहरुले गरेको बन्दलाई ठिक वा बेठिक भन्न नमिल्ने बताएका छन् । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘उपभोक्ताहरुको दृष्टिकोणबाट पसलहरु बन्द गर्नु ठिक होईन र व्यपारीहरुको दृष्टिकोणबाट एक दिन विदा गर्नु ठिकै हो जस्तो मलाई लाग्छ ।’

उनले यसरी क्षेत्रगत रुपमा  सोमबार र शनिवार  पसलहरु बन्द गर्दा ठुलै असर पर्ने  अवस्था नभएको भन्दै  यो पसलहरु बन्द गर्ने कुरालाई  फेसनको संघा दिए । उनले भने–‘यो बन्द गर्ने कुरा पनि पछिल्लो समयम ाफेसन जस्तो भएको छ तर केही समय पछि आफै सामान्य हुदै जान्छ जुन ठुलो विषय हो जस्ता मलाई लाग्दैन ।’




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै