धुलो उडाउदै ‘फुटबल खेल्दै’

कृष्ण खनाल
बुटवल, ९ जेठ ।
युवा संघ नेपालको आयोजनामा बुटवलमा १२ औं मनमोहन स्मृती अन्र्तर वडा  फुटवल प्रतियोगीता विहिवार सकिएको छ ।  फाईनलमा प्रवेश गरेका वडा नम्बर १३ र वडा नम्बर १० को विचमा  प्रतिष्पार्धा भैरहेको समयमा खेल मैदानमा कुकुर प्रवेश ग¥यो ।
स्टेजबाट उद्घोषण भयो–‘कृपया दर्शकहरु त्यो कुकुरलाई वाहिर जाने बाटो मिलाईदिनुस्’ । कुकुर प्रवेश गर्नु कुनै नौलो कुरा होईन । 
एक साता भन्दा लामो चलेको  फुटवल प्रतियोगीतामा खेलाडीहरुले  उपयुक्त मैदानको अभावको कारण ‘धुलो उडाउदै’ बललाई नेट चुमाउन सफल भए ।
 फुटवल खेलाडीहरु मात्र होईन, दर्शकहरुले  पनि धुलोको सामान गर्दै  प्रतिस्पर्धा को अवलोकन गरिरहे ।
जुन अवस्था  उपयुक्त खेल मैदानको अभावको कारण आएको हो ।
खेलाडीहरु  नेपालमा धुलो र हिलोको सामाना गर्नु एउटा बाध्यत्मक अवस्था हो भन्छन्’– फुटवल खेलाडी पुकार गहतराज  ।
केही समय अगाडी बुटवल टुडे संग कुराकानी गर्दै उनले सरकारले  खेल र खेलाडीहरुलाई उपयुक्त स्थान नदिएको कारणले गर्दा जहिले पनि खेलाडीहरुले राम्रो प्रर्दशन  गर्न नसकेको उनी बताउदछन ।
विहिवार भएको खेलमा सम्पूर्ण खेलाडिहरुले बुटवल–९ दिपनगरमा रहेको सिद्देश्वरी लाल कुमार उच्च माविको मैदानमा ‘बुङ्ग बुङ्गति उड्ने धुलो को सामान गरिरहे ।’ यो उनीहरुको बाध्यता हो । 
रुपन्देही जिल्लाका उपयुक्त खेलकुद मैदानको अभावको कारण यस्तो अवस्था सामना गर्नु रुपन्देहीका खेलाडीहरुलाई कुनै नौलो कुरा होईन ।
बुटवलको अधिकांस मैदानहरुको अवस्था यस्तै रहेको छ । बुटवल–१३ देविनगरमा रहेको एन्फा एकेडमीको खेल मैदान  अन्य खेल मैदानहरु भन्दा केही राम्रो भएपनि अन्य मैदानहरुः दिपनगरको सिद्धेश्वरी मैदान, बुटवल बहुुमखीको मैदान, लुम्बिनी बाणिज्य क्याम्पसको मैदान, जवई खेल मैदान, चारपाला खेल मैदान आदि सबैको अवस्था  बर्खाको समयमा हिलाम्ये र हिउँदमा धुलाम्मे हुने गरेका छन ।
 कुनै पनि खेलको अध्यासको (प्राटिक्स) गर्नको लागि राम्रो खेल मैदानको अभावको कारण  फुटवल, क्रिकेट तथा अन्य खेलहरु  प्रभावित हुने गरेको छ ।
बुटवलमा स्तरिय मैदानको अभाव र भएका मैदानहरुमा पनि क्याम्पस र विद्यालयहरुले कब्जा गरेको कारण पछिल्लो पुस्ता खेलकुदका विभिन्न अभ्यासको लागि विभिन्न मैदानहरु ऋभाव भएको  खेलाडीहरु ब्ताउदछन् ।
 रुपन्देहीमा ठोस खेलकुद मैदानको कारण अहिले पनि थुप्रै खेलाडीहरुले राम्रो पर्दशन गर्न नसकेको राष्ट्रिय खेलाडी पुकार गहताज भनाई रहेको छ ।
बुटवल क्रिकेट विकास समितिका सचिव दिपक भुर्तेलले बुटवलमा क्रिकेट खेलको लागि मैदान अभाव भएको बताएका छन ।
बुटवलमा अन्य स–साना खेल मैदानहरु भएको भएपनि क्रिकेट खेलको लागि भने कुनैपनि स्तरिय खेल मैदान नभएकोमा खेलाडीहरुले क्रिकेट खेलको लागि अभ्यास गर्न नपाएको समेत बताए ।
बुटवल र यस आस पासमा रहेका क्रिकेट खेलाडी त था क्रिकेटको विकास लागि भनेर स्थापना  गरिएको बुटवल क्रिकेट विकास समितिले भविश्यमा एकडेमीक समे स्थापना गर्ने उदेश्य रहेको उनले बताए ।
बुटवल टुडे संगको कुराकानीमा सचिव भुर्तेलले भने–‘ खेल मैदानको अभाव हुनु दुःखको कुरा हो, जसको लागि ठाउ समेत अभाव देखिएको छ । ’
उनले क्रिकेटको विकासको लागि जवई खेल मैदानलाई यस क्षेत्रकै क्रिकेट मैदानको रुपमा विकास गर्न सकिने समेत बताएका छन ।
;;;;;;;;;;;;;;;;;;;;;;;;;;;
मनमोहन स्मृति फुटवलको उपाधि वडा नंं १३ लाई
बुटवल संवाददाता
बुटवल, जेठ ८ ।
युवा संघ बुटवल नगर कमिटीको आयोजनामा सञ्चालित १२ औं मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधि वडा नं. १३ ले हात पारेको छ ।
सिद्देश्वरी उच्च माविको खेल मैदानमा विहिबार भएको फाईनल प्रतिस्पर्धा वडा नं. १० लाई २–० ले हराउदै वडा नं. १३ ले नगद ३० हजार सहित रनिङ मेडल प्राप्त ग¥यो । उपविजेता बनेको वडा नं. १० ले नगद १५ हजार सहित रनिङ शिल्ड र मेडल प्राप्त ग¥यो । वडा नं. १३ का लागि खेलको २८ औं मिनेटमा केशव वि.क.ले गोल गरे । त्यस्तै दोस्रो गोल खेलको ३६ औं मिनेटमा कन्या गुरुङले गर्दै टिमलाई जित दिलाए । कार्यक्रम समापनको अवसरमा युवा संघ नेपालका केन्द्रीय सदस्य धुव्र आचार्य, अञ्चल कमिटि अध्यक्ष तुल बहादुर अधिकारी, जिल्ला अध्यक्ष सरिता श्रीस लगाएतले बोलेका थिए । कार्यक्रम नगर कमिटि अध्यक्ष मनोज गौचनको अध्यक्ष ता तथा अञ्चल कमिटि सचिव खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । गत बैशाख २५ गतेबाट सुरु भएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।
((((((((((((((



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै