ब्रेल लिपी मै ‘लोक सेवाको तयारी’

कृष्ण खनाल
बुटवल, २२ बैशाख ।


रुपन्देहीको  दुधराक्ष गाविस १ पटवा कलौनीका शंकर बन्जाडे केही दिन यता दिनहुँजसो बुटवल–६ मा रहेको कान्ति उच्च माविमा भेटिन््छन् । 

बुटवल बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गरिएका उनी कान्ति उच्च माविमा  दिनहुँ जसो त्यतिकै आएका भने होईन्न । सेतो छडी (ह्वाईट क्यान)को सहायताले हिड्ने उनी पूर्ण रुपमा दृष्ष्टिविहिन विद्यार्थी हुन् ।  

एकाविहानै रामापुर कलौनी देखि उनी बुटवल आउनुको कारण हो लोक सेवा परिक्षाको तयारी । केही महिनामा हुने लोकसेवा आयोगको राजपत्र अनाकिृत तृतिय तहको खरिदारमा  फारम भोरेका उनी जिल्ला विकास समिति रुपन्देहीले अपाङ्गता भएका व्याक्तिहरुलाई लोक सेवाको तयारी कक्षा सञ्चालन  गरेको कारण  नियमित नै तयारी कक्षा लिन उनी आउँदछन् ।

जिल्ला विकास समिति रुपन्देहीको सहयोगमा अपाङ्गता उत्थान जिल्ला संमन्वय समिति रुपन्देहीले अहिले बुटवलमा अपाङ्गता भएका व्याक्तिहरुको लागि लोक सेवा तयारी कक्षा सञ्चालन गरिरहेको छ  ।जसम करिव २ दर्जन भन्दा बढि विद्यार्थीहरु सहभागी भएका छन् । 

‘प्रशिक्षकले भनेको कुरा बे्रल लिपीमा लेखर छामेर पढ्दै लोकसेवाको  तयारी गरिहरहेको छु ।’ आईतबार कान्ति उच्च माविको परिषरमा भेटिएका दृष्टिविहिन विद्यार्थी बन्जाडे भन्दै थिए–‘के गर्ने हाम्रो लागि सरकारले कुनै पनि ब्रेलमा पुस्तक तयार गरेको छैन ।’ सुनकै आधारमा परिक्षाको तयारी गरिहेका उनी एक्ला भने होईन्न । 
उनी जस्तै  पुर्ण दृष्टिविहन रहेका लुम्बिनी दृष्टिविहिन क्रिकेट संघका उपाध्यक्ष  समेत रहेका निर्मल पौडेल पनि दिनहु जसो लोक सेवा तयारी कक्षामा आउने गरेका छन् । ब्रेल लिपीको सहयातमा अध्ययन गर्दै आएका उनले  प्रत्येक बर्ष पाठ्क्रम परिर्वतन हुने भएको कारण र लोक सेवाको पुस्तक सिडी (अडियो)मा नपाईने गरेको कारण समस्या परेको बताए ।

 बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘न पुस्तक पढ्न सकिन्छ न ब्रेलमा पुस्तक पाईन्छ जस्ले गर्दा प्रशिक्षकले भनेको सुनको आधारमा  लोकसेवाको तयारी गर्नुपरेको छ ।’  सरकारी स्तरबाट लोक सेवामा दृष्टिविहिन विद्यार्थीहरुलाई ब्रेलमा पुस्तक तयार गरी निःशुल्क रुपमा दिनुपर्ने उनको माग रहेको छ ।   सहयोगी राखेर उसले पढेको आधारमा त्यसलाई मोवाईलमा रेकर्ड गरी अध्यायन गर्दै आएको उनको भनाई रहेको छ । 

‘के गर्ने लोकसेवाको सिडी (अडियो) पनि पाईदैन सहयोगी पनि राम्रो मान्छे पाईदैन हाम्लाई पढ्न धेरै गह््रो हुने गरेको छ ।– उनले दुखेसो पोखे । 
अर्का दृष्टिविहिन विद्यार्थी तथा लुम्बिनी नेत्रहिन क्रिकेट संघका सचिव दामोदर विसीले पहिलो पटक लोक सेवाको खरिदार पदमा आवेदन(फर्म) भरेको बताउदै  पुस्तक विना सुनेकै आधारमा परिक्षाको तयारी गर्दा अफ्ठारो परेको बताए । अर्घाखाँची जिल्लाको सिमलपानी गाविस वडा नम्बर ७ का वि.सी बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी समेत हुन् । 

बुटवल टुडे संगको कुराकानीमा उनले दृष्टिविहिन विद्यार्थीहरुको साझा समस्या ब्रेलमा पुस्तकहरु नपाईनुको साथै अडियोमा समेत उपलब्ध नहुनु प्रमुख रहेको बताए । उनले भने–‘प्रत्येक बर्ष पाठ्यपुस्तक परिर्वतन  हुन्छ लेटेट्स बुक अडियोमा पनि पाईदैन, त्यहि भएर आफ्ठारो भएको छ ।’  उनले सरकारी स्तरबाट नै दृष्टिविहिन विद्यार्थीहरुको लागि सम्पूर्ण तहका विद्यार्थीहरुको लागि समयमा नै  ब्रेलमा पाठ्यपुस्तक तयार गरि िनिःशुल्क रुपमा दिनुपर्ने माग गरेका छन् । 

उता, अपाङ्गता जिल्ला उत्थान संमन्वय समितिका संयोजक हुमनाथ अधिकारीले लोक सेवाको तयारीमा लागेका अपाङ्गता भएका व्याक्तिहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिएको जानकारी दिए । ब्रेलमा पुस्तकहरु  नहुँदा दृष्टिविहिन विद्यार्थीहरुलाई अफ्ठारो हुने गरेको भन्दै उनले लोक सेवा तयारी कक्षा  लेखाईमा भन्दा पनि बढि व्याख्यात्मक रुपमा मिलाईएको जानकारी दिए । 

उनले भने–‘अपाङ्गता भएका व्याक्तिहरुलाई लोक सेवाको तयारी गर्न थप मद्दत होस् भन्ने हेतुले कक्षा सञ्चालन गरेका हौ ।’ उनले थपे–‘जसको माध्यमबाट केही रुपमा भएपनि अपाङ्गता भएका व्याक्तिहरुलाई सहयोग हुनेछ । ’

जिल्ला विकास समितिको सहयोगमा सञ्चालन भएको लोकसेवा तयारी कक्षामा जिल्ला विकास समिति रुपन्देहीका विभिन्न अधिकृत र माथिल्लो स्तरका प्रशिक्षकहरुले प्रशिक्षण दिदै आएका छन् । 

Popular posts from this blog

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता