पर्यटनको हब बन्न सक्छ रुपन्देही

कृष्ण खनाल 
बुटवल, ५  जेठ ।
शाक्यमुनी गौतम बुद्धको जन्म स्थान लुम्बिनी, १ करोड १० लाख बर्ष पुरानो मानवजातीको पुर्खा रामापिथेकसको अवसेस पत्ता लगाएको स्थान सिद्धबाबा क्षेत्र ।
यति मात्र होईन गौतम बुद्धको मावली क्षेत्र दवदह र अग्रेजहरुलाई हराएको नेपालको एक मात्र किल्ला जितगढी । यि सबै ऐतिहासिक सम्पदा रुपन्देहीको मुटुमा नै छन् । 
पर्यटकिय संभावना बोकेका यि स्थानहरुको सर्मधन र विकास हुन नसकेको कारण अहिले सम्म पनि यथेष्ट मात्रमा पर्यटकिको लागि रुपन्देही आर्कषक गन्तव्य स्थान बन्न सकेको छैन ।
कुनै स्थानमा भौतिक पुर्वाधारको अभाव त कुनै कुनै स्थानमा प्रचार प्रसारको अभावको कारण आझेलामा परेक पर्यटकिय गन्तव्य हरुको पहिचान गरी त्यसको देश र विदेशमा समेत प्रचार प्रसार गरी रुपन्देहीलाई पर्यटकिय हब बनाउने उदेश्यमा लागेको छ रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही । जसलाई बुटवल नगरपालिकाले समेत साथ दिएको छ ।
होल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोदनाथ बेल्बासेले पर्यटन व्यवसाय संगै होटल व्यवसाय समेत जोडिएको कारण आफुहरु पर्यटकिय स्थानको महत्व र प्रचार प्रसारमा लागेको बताउदछन ।
सँस्कृती विद् प्रध्यापक डा. गीतु गिरीका अनुसार रुपन्देही जिल्लामा शाक्यमुनि गौतम बुद्धको जन्म स्थान लुम्बिनी, मावली स्थान देवदह, शाक्य राज्यकोहरुको सामगमा(सैनामैना) , एक करोड दश लाख पुरानो रामपिथेकस, बुद्ध मावलीबाट बनेको बुटवल, कैयन शिव शक्तिपिठहरु, जितेश्वरी गढीको सुरुङ्ग स्थानिय देवमाई लगायतका अथाह मात्रमा ऐतिहासिक धुवाँ सहित पर्यटकिय स्थानहरु रहेका छन ।
यस क्षेत्रमा रहेका अनगिन्ती र अथाह रुपमा रहेका सास्कृतीक, ऐतिहासिक तथा पर्यटकिय स्थानहरुको सम्वद्र्धन तथा विकासमा सरकारी तथा निजी क्षेत्रकाट सहयोग भएका साच्चै नै रुपन्देही पर्यटकिय हब बन्न सक्ने उनको तर्क रहेको छ । सस्कृती विद् प्रा.डा. गरी भन्छन्–‘साच्चै यो क्षेत्रको मुहास फेर्नेहो भने ऐतिहासीक, सास्कृतीक तथा प्राकृतिक पर्यटकिय क्षेत्रको विकास आजको प्रमुख आवश्यकता हो ।’
रुपन्देही जिल्लामा रहेका सास्कृतीक सम्पदाहरु, रामापिथेशसको अबशेस भेटिएको क्षेत्र, सेनकालिन धरोहरहरु, सैना मैना, सिद्धबाबा धाम, कृष्णश्वेर महादेव, जलविनायक, बुटवल, नारायण मन्दिर, राधाकृष्ण अमर कृतन मन्दिर तथा प्राकृतिक सम्पदाहरु, मनोरञ्जन पार्कहरुः मणिमुकुन्दसेन उद्यान, हिलपार्क र कृर्षि पर्यटन लाई प्रथामिकता दिई कार्य शुभारम्भ गरेमा साच्चै नै रुपन्देहीले मात्र नभई मध्य नेपालको नै मुहार फेरीने सस्कृती विद गिरीको तर्क रहेको छ ।
यता, बुटवल नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतमले यो क्षेत्रको ऐतिहासिक, सास्कृतीक तथा पर्यटकिय क्षेत्रको विकासको लागि अफ्नो स्थानबाट सक्दो सहयोग गर्ने भन्दै ऐतिहासिक जितगढी किल्लाको संरक्षणमा नगरपालिकाले नयाँ कार्यको सुभारम्भ गर्न लागेको बताए । उनले भने–‘अहिले ऐतिहासिक जितगढी किल्लाको महत्वको र ऐतिहासिकताको विषयमा समेटेको ब्रोसर(जानकारी पत्र) तयार गर्न लागेको छौ ।’ उनले ‘नजिकैको तिर्थ हेला ’ भने जस्तै भएको जीतगढी किल्लाको संरक्षणमा सबै एकजुट भएर लाग्नु पर्ने उनको तर्क रहेको छ ।

उनले जितगढी किल्ला संगै रामापिथेकस को बंगरा भेटिएको स्थानमा ऐतिहासिक पार्क निर्माणको लागि समेत आफ्नो स्थानबाट पहल जारी रहने बताएका छन् । बृहत्तर लुम्बिनीको अवधाराण अनुसार तिलौराकोट, देवलह, लुम्बिनी सर्किटको मध्य क्षेत्रमा बुटवल क्षेत्र पर्ने भएको कारणले बुटवल बासिहरुलाई पर्यटकिय हिसाबले फाईदा पुग्ने विभिन्न होटल तथा पर्यटन व्यवसायीहरुको भनाई रहेको छ ।
नुवाकोट विकास समितिका अध्यÔ माधव नेपालले पर्यटकीय Ôेत्रको स्थलको विकास गर्नका लागि राज्यले वातावरण नवनाएको गुनासो गरेका छन ् । लुम्बिनी विकास कोÈका मुकुन्द गौतमले बुटवलदेखि लुम्बिनीसम्म स्तरीय यातायात सेवा हुनुपर्ने र त्यसका लागि अहिलेको सडक ठिक नभएकाले छुट्टै सडक निर्माण गर्नु पर्ने बताएका छन ।
 =========
पर्यटन विकासमा होटल व्यासायीको अन्र्तक्रिया
बुटवलसंवाददाता
बुटवल, ८ जेठ ।
होटल तथा रेष्टुरेन्ट व्यसायी संघ रुपन्देही र लुम्बिनी विकास कोष नागरिक सरोकार मञ्चको आयोजना ‘रुपन्देही जिल्लाका पर्यटकिय क्षेत्र र पर्यटन उद्योगको विकासका लागि सम्बन्भीत सरोकार वाला निकायको भुमिका’ विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल नगरपालिकाका कार्यकारी अधिकृत बाबुरामा गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्कृतीविद् प्रध्यापक डा. गितु गिरीले ‘पर्यटन उद्योगको सञ्जालनमा बुटवल विषयक’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र माथि बरिष्ठ पत्रकार तथा लुम्बिनी विश्व विद्यालयका प्राध्यापक तिलक आचार्यले टिप्पणी गरेका थिए ।

होटल तथा रेष्टुरेन्ट व्यसायी संघ रुपन्देहीका अध्यक्ष मोद्नाथ बेल्बासेको अध्यक्षतामा रहेको कार्यक्रममा जिल्ला विकास समित रुपन्देहीका सामाजिक साखा अधिकृत उपेन्द्र ज्ञवाली, रुपन्देही उद्योग संघका अध्यक्ष बानिन पिया, रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल, घरबाहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष शंकर कोईराला, बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल, लुम्बिनी विकास कोÈका मुकुन्द गौतम, नुवाकोट विकास समितिका अध्यÔ माधव नेपाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्र होटल तथा रेष्टुरेन्ट व्यसायी संघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष समुन्द्र पौडेलको संयोजकत्व तथा लुम्बिनी विकास कोष नागरिक सरोकार मञ्चकी कविता आर्यलले स्वागत मन्तव्य राखेकी थिईन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै