लुम्बिनी शान्तीको शहर बनाउने आश्वासन

कृष्ण खनाल 
 लुम्बिनी(रुपन्देही) ३१ बैशाख ।
 शाक्यमुनी गौतम बुद्धको जन्मस्थल लुम्निीलाई पटक पटक‘विश्व शान्तीको शहर’(पिस सिटी अफ वल्र्डःलुम्बिनी) बनाउने कुरा उठ्ने गरेको छ । 
विभिन्न राजनीतिक दलका धेरैजसो भाषणामा लुम्बिनी र  भगवान गौतम बुद्धको नामा जोडिएको हुन्छ । खासगरी चुनावी एजेण्डाको रुपमा केही समय पहिला सम्पन्न भएको संविधान सभा निर्वाचन–२ मा पनि यस क्षेत्रका सयौ नेताहरुले लुम्बिनीको विकास गरी देशको मुहार फेर्ने चुनावी भाषण गरेका थिए । 

पटक÷पटक लुम्बिनीको गुरुयोजना समयमै पुरा गरी लुम्बिनी क्षेत्रको वृहत्तर विकास गरी लुम्बिनीलाई विश्वको सामु शान्तीको सहर बनाउने कुरा उठेको भएपनि अहिले सम्म यसले मुर्त रुप पाउन सकेको छैन । 

बर्षको एक पटक लुम्बिनीमा आई गौतम बुद्धको दर्शनको बारेमा चर्चा गर्ने सरकारले यस पटक पनि आफ्नो निरन्तरता पुरा गरेको छ  । यति मात्र होईन लुम्बिनीलाई शान्तीको सहर बनाउने समेत पुरानो प्रतिवद्धताको पुरारावृत्ति  समेत गरिएको छ । 

२५५८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा बुधवार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सरकारले औपचारीक कार्यक्रम समेत सम्पन्न गरेको छ । सोही कार्यक्रममा नेपालका प्रधामन्त्री शिशिल कोईराला, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल लगायतका सरकारी उच्च पदस्त व्याक्तिहरुले लुम्बिनीलाई शान्ती सहरको रुपमा विकास गर्न सकेमा देशको मुहार फेरीने भन्दै यसको लागि सरकारी क्षेत्रबाट गरिने सहयोग जारी रहने बताएका थिए ।

 उनीहरुले अहिले लुम्बिनी विकास कोष अन्र्तगत जारी रहेको लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको भन्दै अवको केही बर्षमा नै अन्य बाँकी २० प्रतिशत काम पुरा गर्नको लागि सरकारी तवरबाट कुनै पनि साधन स्रोतको कमी हुन नदिने बताएका थिए । 

नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले भने–‘स्रोतको विन्यान नभएरनै काम  कम गतीमा अगाडी बढेको होला, यसलाई पुरा गर्नको लागि पहल जरुरी रहेको छ । ’ उनले लुम्बिनीको मात्र विकास नगरी वृहत्तर लुम्बिनी विकास को योजनामा कपिलवस्तुको तिलौराकोट, नवपरासीको रामग्रम, देववह, निग्लीहवा लगायतका क्षेत्रहरुलाई समेटेर विकास गर्नु आजको आवश्यकता रहेको बताएका थिए । 

लुम्बिनी आउने व्याक्तिहरुलाई शान्तीको सन्देश बोकेर फर्केने वातावरण निर्माण गर्न सकेमा मात्र नेपाली हुनुमा गौरव हुने उनको धारणा थियो । 
पुर्व मन्त्री दिपकुमार उपाध्यायले लुम्बिनीलाई अन्र्तराष्ट्रिय शान्तीको सहर बनाउने आफ्नो पहिला देखिको नै योजना रहेको भन्दै  पुर्व जनप्रतिनीको हैसियतले पनि यसलाई पुरा गरेर छाड्ने प्रतिवद्धता जनाएका छन् । उनले भने–‘लुम्बिनी एउटा हिरा खानी हो जसलाई हामीले फलाम खानी जत्तीकै पनि बुझेका छैनौ ।’ 

प्रधानमन्त्री शुशिल कोईरालाले  अहिले ८० प्र्रतिशत पुरा भएको लुम्बिनी गुरुयोजना पुरा गर्नको लागि आफले सहयोग गर्ने बताएका थिए । उनले भने–‘गुरुयोजनाको २० प्रतिशत पुरा हुने कामलाई ५ बर्षभित्रमा नभई १÷२ बर्ष भित्र पुरा गर्नका लागि लाग्नुस् ।’

((((((((((((((((((((((((

नेपाल बुद्धको बाटोमाः प्रधामन्त्री कोईराला
बुटवल, ३१ बैशाख । प्रधामन्त्री शुशिल कोईरालाले  नेपालमा विस्तार शान्ती, स्थाईत्व र अमनचयन कायम हुदै गएकोले देश विस्तारै बुद्धको बाटोमा हिडेको बताएका छन् ।  
२५५८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा आयोजना गरिएको विशेष समारोहमा बोल्दै प्रमुख अतिथी समेत रहेका प्रधानमन्त्री कोईरालाले बुद्धले देखाएको अहिंसाको बाटोमा लाग्नको लागि सबैलाई आग्रह  समेत गरेका थिए । उनले भने–‘ एक बर्Èभित्र संविधानको साथै शान्ती, स्थायीत्व र बिकासले फडको मार्ने छ, जसले देशलाई  विस्तारै बुद्धको बाटोमा लैजाने छ  ।’
उनले गौतम बुद्धको देशले द्वन्द्व सहन नसक्ने भन्दै बर्मामा हालै भएको बिमेस्टेक बैठकमा सहभागी राष्ट्रका राष्ट्राध्यÔहरुले नेपालमा सहयोग गर्न तयार रहेको र दाता राष्ट्रहरुको समेत पहिलो शर्त मुलुकमा शान्ती र स्थायित्व हुनु पर्ने रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका अधयक्ष तथा सास्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री महेश आचार्यले बुद्ध धर्मले शान्ती र अहिंसाको बाटोमा लाग्न प्रेरित गरेकोले अहिले अन्य धर्मका अनुयायीहरु समेत बौद्ध धर्मममा आकर्सीत भएको बताएका थिए । कार्यक्रममा पुर्व मन्त्री दिपकुमार उपाध्यय, लुम्बिनी विकास कोषाका उपाध्यक्ष कर्मा स्वाङ्ग्वो शेर्पा, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल, पुर्व मन्त्री दिप कुमार उपाध्यय, चिनिया राजदुत बु चुङ्ग वाङ्ग, कोरियन राजदुत चो योङ्ग जी लगायतले बोलेका थिए । 

कार्यक्रममा २५ बर्ष सम्म लुम्बिनी विकास कोषमा सेवारत रहेका कर्मचारीहरुलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको थियो । भने उत्कृष्ट कर्मचारीको रुपमा माधव आचार्य, कपिलवस्तुका पत्रकार मनोज पौडेल, रुपन्देही प्रहरी प्रमुख विक्रम सिंह थापा, अञ्चल प्रहरी प्रमुख मिंमार लामा, शसस्त्र प्रहरी प्रमुख भेष बहादुर कार्की लगायतलाई ताम्र पत्रले सम्मान गरिएको थियो ।  कार्यक्रमको सञ्चालन लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ्गले गरेका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै