पत्रकारिता गर्न अपाङ्गताले छेक्दैन : पत्रकार खनाल

पत्रकारको व्यथा 

अर्घाखाची जिल्लाको ढाकावाङ्ग गाविस–३ हरेनडाँडामा जन्मीएका कृष्ण खनाल पछिल्लो समयमा बुटवलमा क्रियाशिल युवा पत्रकार हुनुहुन्छ। जन्मदा खेरी नै गर्भमै पोलियो रोगको सिकार भएका खनाल शररिक रुपमा अशक्त हुनुहुन्छ । दायाँ खुट्ट्मा पोलियो रोग लागेको कारण अपाङ्गता बनेका खनाल विगत ६ बर्ष यता बुटवलमा रहेका क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका आएका आउनु भएको छ । बुटवलको नयाँ भावना दैनिक, दैनिक पत्र दैनिक, जनसंर्घष दैनिक , स्वाधीन दैनिकमा समेत काम गरिसक्नु भएका खनाल अहिले बुटवलको रंगिन कलेवर पत्रिका बुटवल टुडे दैनिका काम गर्दै आएका छन् ।

 जिवन संघर्षमा बुटवल सौगातले  गरेको कुराकानी । 

तपार्इंको बाल्यकाल कसरी वित्यो?
–म  ७ बर्षको हुँदा सम्म विद्यालयको मुख देख्न पाएन । घरका बुबा आमाले यो अपाङ्ग छ स्कुल जान सक्दैन भनेर विद्यालय पठाउनु भएन् । म घरमा दिदीहरु र दाईले पढेको  देखेर सिक्न थाले । दाई दिदीहरुले मलाई स्कुल नजाँदै कखरा र एविसीडी सबै सिकउनु भएको थियो । सात बर्षहुदा सम्म म ठाडोभएर(उभिएर )हिड्न सक्ने थिएन्  । विस्तारै विस्तारै हिड्न थालेपछि म विद्यालय  गएको हुँ । कक्षा १ मा भर्ना भएको साल म प्रथम भए । किनकी मैले घरमा नै धेरै कुरा  सिकेको थिए । शिक्षकहरुले पनि माँया गर्नु हुन्थ्यो । विद्यालयबाट कहिल्यै भागेर घर गईन् । विद्यालय नियमित आउने र जान थाले । ४ बजे विद्यायमा छुट्टी भएपपिछ सबै घर तिर लाग्थे , मपनि विस्तारै विस्तारै हिड्थे ।अरु जस्तो तिब्र गतीमा ड्नि सक्ने थिएन । म विद्यालयबाट घर जाँदा कुनै पनि मान्छे नदेख्दा म एक्लो हुँदा पिठ्युमा झोला बोकेर चार पाउ(हात , खुट्टा ले टेकेर बाबे सर्दै) हिड्थे कोही मान्छे देखे भनी विस्तारै उठेर खुट्टाले मात्र हिड्ने गर्दथे । कहिले काही पानि पर्दा बर्खाको समयमा कक्षा ३ मा पढ्दा सम्म मलाई  मेरी ठुली दिदी र कान्छी दिदीले बोकेर घर लैजानु हुन्थो । कहिलेकाही अन्य गाउका दाई दिदीहरुले पनि बोकेर लैजान्थे ।  म विद्यालयमा कहिल्यै तेस्रो भएन । कक्षा १ देखि ६ कक्षा सम्म जहिले पनि प्रथम भए । त्स पछि कक्षा १० सम्म दोस्रो भए । 

पत्रकरितामा यहाको प्रवेश कसरी भयो ?
–म सानै देखि पत्रकारितामा रुची भएको मान्छे , म सानो छदा रेडीयो धेरै मात्रामा सुन्ने गर्दथे । मेरो घर देखि विद्यालय जान करिव १ घण्टा समय लाग्दथ्यो, म विद्यालय जाँदा र आउदा बाटोमा कसैले  पत्रिकामा केही खाएर फालेको टुक्रा भेटाए भने म पढ्थे । कुनै कुनै कुरा राम्रो लागेमा त्यसलाई पट्यार झोलामा राख्ने । अनि घरमा गएर पढ्थे , र म पनि त्यस्तै लेख्नु भन्ने  सोच्द थे । जव मैले एसएलसी परिक्षा दिए , तब सन्धीखर्कमा रेडियो अर्घाखाचीले‘आधारभुत रेडियो उद्घोषण र पत्रकारिता तालिम अयोजना गरेको थियो । एक हप्ता सम्म म होटलमा बसेर तालिम लिए  । मेरो पहिलो पत्रकारिताको गुरु भरत भुषाल सर हो वहाको प्रेरेणबाट म अहिले यो स्थानमा आएको हुँ ।

बुटवलमा पत्रकारिता कसरी सुरु भयो ?
–जव मैले एसएलसी प्रथम श्रेणीमा उत्र्तीण गरे अनि अध्ययनको लागि पारिवारको सल्लाहमा बुटवल आए । गाउका अंकल खेमराज खनालले मलाई बुटवल ल्याउनु भएको हो । बुटवल आएपछि बुटवलको नयाँ भावना पत्रिकामा संवाददाता चाहिएको विज्ञापन देखे । अनि गएर निवेदन दिए, र सेलेक्ट भएपछि काम गरे । वि.स.२०६५ सालमा हो  । मैले  करिव ६ महिना भन्दा बढि काम गरे । तर तलब एक रुपैष पनि पाएन । एक दिन नया भावनका प्रकाशक तथा सम्पादक अर्जन श्रेष्ठलाई ‘सर तलब पाईदैन ?’  भन्दा उनले ‘तैले के प्रगती गरेको छस विवरण लिएर आ ’ भने । त्यस पछि म अपाङ्गता भएकै कारण उनल मलाई एक रुपैया पनि तलब दिएन्न । म दिसको टन्टलापुर घाममा पसिना चुहाउदै बुटवलको गोल पार्क देखि  कार्यालय रहेको पश्चिमाञ्चल फाईनान्स सम्म जान्थे । तर मैले एक रुपैया पनि तलब पाएन । पछि बुटवल टुडे(पुरानो)मा स्ट्रीन्जर चाहिएको छ भन्ने सूचना दाईले मलाई  दिनु भयो  । अनि निवेदन दिए  । सेलेक्ट भएपछि काम गर्न थाले ।  

बुटवलमा कुन कुन मिडियामा काम गर्नुभयो ?
–म बुटवलको नयाभावना छोडेपनि करिव ३ बर्ष बुटवल टुडे दैनिक(हाल दैनिक पत्र)मा काम गरे । त्यसपछि अध्यनको लागि मैले त्यहाबाट छोडे । पछि करिव ६ महिना मैले बुटवलको  जनसंघर्ष दैनिकमा काम गरे । त्यसमा  पनि तलब कम भएको कारण छोडेर स्वाधीन दैनिक(हाल मासिक)मा काम गरे । जसंघर्ष, स्वाधीन र दैनिक पत्र मर्ज भएपछि म अहिलेको नयाँ बुटवल टुडेमा काम गर्न थालेको छु । काम गरेको पनि करिव डेढ बर्ष भएको छ । यो समयमा मा करिव ६ महिना  क्षेत्रीय रिपोर्टरको रुपमा भैरहवाबाट बुटवल टुडेमा काम गरेको  थिए । अहिले करिव ४ महिना भो बुटवल टुडेको डेक्समा काम गरिहेको छु । 

साररिक रुपमा अपाङ्गता भएका व्याक्तिरुलाई मिडियामा कत्तिको ग्राहेf छ ?
–अन्य सपाङ्ग व्याक्तिहरु भन्दा मिडियाका अपाङ्गता भएका व्याक्तिहरुलाई काम गर्न अत्यान्तै चुनौती छ । ‘यस्तो मान्छेले के काम गर्ला, काम गर्न सक्छ ?’ भनेर मिडिया सञ्चालक सम्पादकहरुले सोध्ने गर्दछन् । तर हिम्मत भएपछि काम गर्न नसकिने भने केही छैन् । सुरु सुरुमा  कुनै पनि समाचार स्रोतको लागि फिल्डमा जाँदा, सरकारी कार्यालयमा जाँदा पत्रकार भन्दा पत्याउदैन्न । कयौ पटक मलाई नै जिल्ला विकास समिति रुपन्देहीमा ‘पत्रकार जस्तो त लाग्दैनकार्ड देखाउनुस् ’ भन्दै कार्ड मागेका छनन् । अपाङ्गता भएका व्याक्तिहरु पत्रकार हुदैनन् जस्तो गर्दछन् यहाका सरहकारी कार्यालयका  प्रमुख हरुले पत्याउदैनन् । एक पटक जिविसबाट मलाई के पत्रकार होला र भन्दै एक जना  कर्मचारीले फाईलै दिए मैले त्यहा आफुलाई आवश्यक भन्दा बढि कुरा टिपोट गरे । अनि आएर समाचार बनाए , फष्ट पेजमा प्रकाशित समाचारले  राम्रै चर्चा पाएको  थियो । ’अपाङ्ग विकास कोषको रकम झ्वाम’ शिर्षको समाचार मैले प्रकाशन गरेको थियो । 

समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
–म अपाङ्गता भएका व्याक्ति भएको कारण अन्य पत्रकारहरु भन्दा छिटो हिड्न सक्दीन, त्यही भएर म अरु भन्दा अलि छिटो नै हिड्छु , अनि समयमै पत्रकार सम्मेलन वा कार्यक्रममा पुग्छु । मेरो बानी भनेको औपचारिक समाचार भन्दा  पनि खोजमुलक समाचार लेख्न अलि बढि रुची लाग्दछ । त्यही भएर  अन्य पत्रकारहरु  सहभागी भएको कुनै पनि कार्यक्रममा मैले लेख्ने समाचारको ‘एंगल’ फरक हुन्छ । जसको मैले कयौ पटक स्यावासी समेत पाएको छु । 

अपाङ्गता भएका व्याक्तिरुलाई के भन्नु हुन्छु?
–हामी अपाङ्गता भएका व्याक्तिहरु पनि अन्य साङ्ग व्याक्तिहरु भन्दा कमी छैनौ, साहित्य कार झमक घिमिरे, परिजात बैज्ञानिक स्टफन हकिङ्ग यि सबै अपाङ्गता भएका व्याक्तिरु ह्ुन । उनीहरुले विश्वभरमा आफ्नो नाम चम्काएका छन् । हामी पनि उनीहरुलाई प्रेरेणाको स्रोत मान्दै अगाडी बढ्नु  पर्दछ । एक दिन  सफलता अवश्यक आउदछ । हरेश खानु हुदैन । सबैभन्दा ठुलो मिहिनेत गर्न छोड्नु हुदैन । अध्यायन संघ संगै  आफुलाई रुची भएको विषयमा तालिम, सिप सिक्नु आवश्यक हुन्छ ।  अपाङ्गता भएका व्याक्तिहरु सबै सक्षम छौ , कोही अशक्षम छैनौ भन्ने कुरा  मनमा राखेर अगाडी बढ्न पर्दछ ।
मिति २०७१ साल बैशाख ५ गते  बुटवल बाट प्रकाशित बुटवल शौगात मासिक प्रतिकामा प्रकाशित मेरो अन्र्तवार्ता


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै