स्वच्छ पानीको चाहनाः अलपत्र झुम्सा परियोजना

एडिविको अनुदानमा फेरि अर्को खानेपानी योजना 
कृष्ण खनाल
बुटवल, २५ बैशाख ।
बुटवल नगरपालिकाले आधुनिक पशुबधशालाको लागि ०६५ फागुनमा भवन निर्माण र ०६६ बैशाखमा बधशालाको भित्री भौतिक संरचना निर्माणको लागि सम्झौता गरेको थियो । बुटवल–१२ रामनगरमा नेपाल सरकार र गोरखा कन्ट्रक्सनको विचमा सम्झौता भएको पनि  ६ बर्ष पुरा भएको छ । तर पशु बधशालाको पुर्वाधार अहिले सम्म पुरा भएको छैन । 

बुटवल नगरपालिका भित्रको  ‘असफल योजना’ यो एउटा उदाहरण मात्र हो । यी यस्ता केही महत्वकांक्षी योजनाहरु निर्माणकै क्रममा अलपत्र भएका छन् भने  बुटवल नगरपालिकाले सुरु गरेका दर्जनौ योजनाहरु  कागजमा नै सिमित रहेर अलपत्र परेका छन् । प्रत्येक बर्ष नयाँ÷नयाँ योजना ल्याएपनि समयमा नै  पुरा नहुने र अलपत्र हुने नगरपालिकाको लागि कुनै नौलो कुरा होईन । 

यसै विच बुटवल नगरपालिकाले फेरी अर्को योजनाको सुरुवात गरेको छ । आज भन्दा करिव ५ बर्ष पहिला सन् २०१०(०६६÷०६७) मा सुरु हुनु पर्ने योजना कागजमा मात्रै सिमित राखेर बुटवल नगरापलिकाले बल्ल खानेपानी योजना सुरु गर्न लागेको हो । 

नेपाल सरकार र  खानेपानी संस्थानको आन्तरिक स्रोतबाट १९ करोड ५६ लाखको लागतममा सुरु गरिएको बु्हुप्रतिक्षीत ‘झुम्सा खोला खानेपानी  परियोजना’ अहिले अलपत्र अवस्था छ । ........जनाएपछि ‘बुटवल खानेपानी तथा सुदृढीकरण’ नाम दिएर सुरु गरिएको सो आयोजना अलपत्र भएको बताइएको छ । 
बुटवलमा दैनिक ८० लाखदेखि १ करोड लिटर पानी ल्याउन सकिने भनेर सुरु गरिएको आयोजना अलपत्र परिरहेको वर्तमान परिपेक्ष्यमा बुटवल नगरपालिका वडा नम्बर ९ र १० मा खानेपानीको सहज आपूर्तीको व्यवस्था मिलाउने भन्दै एसीयाली डेभलपमेन्ट बैंक(एडिबी)को ५० प्रतिशत  सहयोगमा भुमिगत खानेपानी योजना सुरु गर्न लागेको छ ।

 नगरपालिका भित्र खानेपानीको चरम समस्या हुने वडा नम्बर ९ र १० मा  विगतका बर्षहरुमा नगपालिकाको लागतमा ४÷५ स्थानहरुमा  भुमिगत खानेपानी योजना अन्र्तगत नै बोरिङ्ग गाडिएको थियो ।  तर उक्त स्थानबाट पानी नआएपछि  उक्त ‘लगानी बालुवामा पानि जस्तै बनेको छ ।’

फेरी सोही स्थानको आसपासमा बुटवल नगरपालिकाले एसीयाली डेभलपमेन्ट बैंकको ५० प्रतिशत अनुदानमा २२ करोड ३७ लाख ७० हजार ९ सय ७१ रुपैया ९६ पैसा कुल लागतको खानेपानी योजना  गर्न लागेको छ । उक्त परियोजनाबाट ४ हजार ६५ परिवार लाभांवित हुने नगरपालिकाको भनाई रहेको छ । 
पहिला बोरिङ्ग गाडेर पनि पानी नआएको स्थानहरुमा फेरी बोर्डिङ्ग गाडेर पानी निकाल्छौ भन्ने कुरालाई कतिपयले ‘एडीविको पैसा सक्ने खेलो र असफल परियोजना’को संज्ञा दिएका छन् ।  

करिव ५ बर्ष पहिला नै सुरु गर्नुपर्ने योजना अहिले सन् २०१४ को  मध्येमा  सुरु गर्न लाग्दा स्थानिय उपभोक्ताहरुले समेत यसको विरोध गरेका छन् । 
बुटवल नगरापालिका कार्यकारी अधिकृत  बाबुराम गौतमले ५० प्रतिशत एसियाली डेभलपमेन्ट बैंकको अनुदान, १५ प्रतिशत उपभोक्ताहरुबाट संकलित रकम, बुटवल नगरपालिकाले ३५ प्रतिशत नगर विकास कोषबाट र ५ प्रतिशत ऋणमा रकम लिई अयोजना सुरु गर्न लागिएको जानकारी दिए । 
विहिवार परियोजनाको बारेमा जानकारी  दिने उद्देश्यले बुटवल नगरपालिको आयोजना गरेको कार्यक्रममा कार्यकारी अधिकृत गौतमले टेण्डर प्रक्रिया समेत पुरा भैसकेको भन्दै एक बर्षमा बुटवल नगरपालिका वडा नम्बर ९ र १० नम्बर वडामा ६ वटा बोरिङ्ग गाडेर करिव ४ हजार धारामा पानी पु¥याउने योजना रहेको जानकारी दिए । 

उनले भने–‘खानेपानी परियोजनाको लागि वि.स.२०७० अशोज २४ गते बोलपत्र(टेण्डर)  समेत गरिएसकिएको छ ।’उक्त परियोजनाबाट करिव २० बर्ष बोर्डिङ्गबाट निकालिएको  पानीले ४ हजार घरधुरीमा खनोपानी पु¥याउने  नगरपालिकाको लक्ष्य रहेको छ । 
बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत विष्णु प्रसाद खनालले सन् २०१० मा  नै सुरु हुनु पर्ने उक्त खानेपानीको योजना अहिले मात्र सुरु गर्न लागेको प्रति ‘धेरै ढिला नभएको  र कागजी प्रक्रियामा रहेको ’ प्रतिक्रिया दिएका छन् । 

उता, उक्त खानेपानी परियोजनाका  प्राविधिक द्ववारीका प्रसाद फुयालले ४ लाख ५० हजार लिटर  पानी ६ वटा बोरिङ्गबाट निकालिने र बोरिङ्गको लागि  १ सय २५ मिटर गहिराई सम्म पाईप गाड्ने योजना रहेको जानकारी दिए । उनले ९० र २ सय ५० एमएम् को पाईप विच्छाएर सर्वसाधारणहरुलाई खानेपानीको वितरणगर्न लागिएको समेत बताए । काम समयमै सुरु भएमा अवको एक बर्षमा उक्त परियोजना पुरा हुने उनको तर्क रहेको छ । उक्त परियोजनाको लागि ४ लाख लिटर Ôमताका दुई वटा टंयाकी हिलपार्क र मनकामना पार्कमा निर्माण गरिने छ । 
स्थानिय उपभोक्ताहरुले अहिले नेपाल खानेपानी संस्थानबाट खाईरहेको खानेपानीको पाईप काटिने र पुन खानेपानीको  लागि पैसा उठाउनुपर्ने भएको कारण विरोध गर्दै आएको कतिपयको भनाई रहेको छ । 


यसै विच
बुटवल नगरपालिकाले फोहर प्रसोधन केन्द्र निर्माण,  अटोभिलेल निर्माण र  साुमदायिक विकास कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । बुटवल नगरपालिका भित्र दैनिक ४५ टन फोहोर उत्पादन हुने गरेकोमा  बुटवल नगरापलिका ९ शिवनगर सामुदायिक वन को खोचमा ४ दशमलभ ८४ हेक्टर क्षेत्रफलमा फोहर प्रसोधन केन्द्र निर्माण गर्ने भएको हो । जसको क्षमता करिव १२ बर्ष सम्म हुने नगरपालिकाले जनाएको छ । जसको लागि कुल अनुमानित लागत ३६ करोड १२ लाख १ हजार ९ सय ९४ रुपैया ६४ पैसाको लागतम निर्माण गर्ने योजना रहेको छ । त्यस्तै अटो भिलेजको लािग १० बर्षका लागि जग्गा लिज सम्झौता भएको भन्दै  २७ करोड ७१ लख ५६ हजार ७ सय ३७ रुपैया ६१ पैसाको लागतमा  अटो भिलेज निर्माण गर्ने लक्ष्य नगरपालिकाको रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै