गर्मीका कारण रुपन्देहीमा विद्यालयमा ६० जना विद्यार्थी बेहोस


 कृष्ण खनाल 
बुटवल, ८ बैशाख । 
केही दिन यता अत्याधिक मात्रामा बढेको गर्मीको कारण यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । करिव एक हप्तामा बुटवल–१३ देविनगरमा रहेको नविन औद्योगीक कद्दरबहादुर रिता उच्च माविमा ६० भन्दा बढि विद्यार्थीहरु बेहोस भएका छन । विद्यार्थीहरु छिन छिनमै बेहोस हुने गरेको विद्यालयमा पढाई समेत प्रभावित भएको छ । 

एकै दिन करिव ३० जना भन्दा बढि विद्यार्थीहरु बेहोस भएका छन  भने भने एउटा कक्षा ६ को ‘बि’ सेक्सनबाट ११ जना भन्दा बढि विद्यार्थीहरु बेहोस भएको विद्याललयले जनाएको छ । 
 बेहोस भएका विद्यार्थीहरु सम्हाल्नको लागि ‘हम्मे हम्मे’ परेको विद्यालयले जनाएको छ । 

‘विद्यालयमा राख्ने ठाउँ नि अभाव भएको छ कार्यालयमा, कक्षा कोठामा र क्यान्टीमा समेत राखेका विद्यार्थीहरुलाई चिसो पानी र कपडा भिजाएर होस्मा ल्याउने प्रशास गरिरहेका छौ ।’–विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतले भने । 

उक्त विद्यालयमा अहिले करिव १ हजार ३ सय भन्दा बढि विद्यार्थीहरुले अध्यन गरिरहेका छन् । 
गर्मीको कारणले हो की भन्दै विद्यालयले लाईन (विद्युत)जाने वित्तीकै जेनेरेटरबाट विद्युत व्यवस्था गरी फ्यान(पङ्ग्खा) चलाउने गरेको छ । 

तर पनि विद्यार्थीहरु बेहोस हुने क्रम रोकीएको छैन । ‘करिव एक हप्ता हुन लाग्यो पछिल्लो समयमा धेरै मात्रामा विद्यार्थीहरु बेहोस हुन लागेका छन् हाम्लाई अफ्ठारो हुन थालेको छ ।–‘प्राचार्य बस्नेतले भने । 
उनले विद्यार्थीहरु दिनको दिन बेहोस हुने क्रम बढ्दै  जाँदा जिल्ला जनस्वाथ्यसंग सल्लाह गरेर विद्यालय बन्द गर्नु पर्ने अवस्था आउन सक्ने बताए । 
बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘विद्यार्थीहरु बेहोस हुदै जाने क्रम बढ्दै गएमा अभिभावहरुले समेत विद्यालय बन्द गर्नुपर्ने माग गरेका छन् हामिले सल्लाह गर्दै छौ ।’
विद्यालयले जिल्ला जनस्वाथ्य कार्यालय संग सल्लाह गरेर आवश्यक प्रक्रिया अगाडी बढाउने जनाएको छ ।

उता, जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख ऋषिप्रसाद लामिछाने  विद्यालयमा विद्यार्थीहरु बेहोस भएको भन्ने खबर सुनेको र आफु बाहिर भएको कारण त्यहाको अवस्था बुझ्नको लागि  अ¥हाएको बताए ।
 बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘ म  अहिले बाहिर छु, त्यहाको अवस्थाको बारेमा बुझन् भनेको छु ।’  उनले  आफुले अस्पताल र विद्यालयमा बझ्ने र पुर्ण विवरण आएपछि जिल्ला जनस्वाथ्य कार्यालयले आवश्यक प्रक्रिया अगाडी बढाउने बताए । 
विद्यालयमा बेहोस हुने विद्यार्थीहरुमा एक्कसी खुट्टा का“प्ने र हात खुट्टा लुलो हुने अनि बेहोस हुने लक्षण देखाउने गरेका छन् । उनीहरु  बेहोस भएको केही घण्टामा होसमा आउने गर्दछन । भने कुनै कुनैलाई विद्यालयले फोन गरेर अभिभावको जिम्मा लगाउने गरेको छ । 

जल तथा मौसम विज्ञान पुर्वानुमान महासाख काठमाण्डौका अनुसार  भैरहवामा बुधवार  अधिकत् तापक्रम ४२.६ डिग्री सेल्सीयस रहेको छ भने न्युनतम् तापक्रम २४.२ रहेको छ ।  सबै भन्दा बढि तापक्रम हुने भनिएको नेपालगञ्जमा  बुधवार अधिकत् तापक्रम ४१.६ डिग्री सेल्सीयस रहेको छ भने न्युनतम तापक्रम १७.६ रहेको छ । 
यस बर्ष सबैभन्दा बढि तापक्रम हुन भनिएको नेपालगञ्ज भन्दा भैरहवामा बढि तापक्रम रहेको जल तथा मौसम  पुर्वानुमान महाशाखाले जनाएको छ । 

तस्वीर विवरण: नविन औद्योगीक कद्दरबहादुर रिता उच्च माविमा बेहोस भएका विद्यार्थीहरुलाई होस ल्याउन हावा दिदै विद्यार्थीहरु । तस्वीरःकृष्ण खनाल /बुटवल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै