बुटवलको ‘ठमेल’–ईंटा भट्टीमा खुलेयाम ‘यौन रेट’ को बार्गेनिङ्ग

कृष्ण खनाल 
बुटवल, ५  जेठ । 

‘जाबो १ हजार जान्न जा“दै जान्न’
‘होईन के अलिकती थप्दीन्छु जाउँ न ल ।’
‘उसो भए २ हजार दिनुस् जान्छु ।’ 
‘ल ल हिड् छिटो जाँउ फेरी कप्स (पुलिस) आउँछ जाँउ’

यति संवाद पछि मोटरसाईकल स्टार्ट हुन्छ, अनि २ वटा बाईकमा दुई जना  युवती बस्छन् अनि मिलनचोक तर्फ हुईकिन्छन् । माथिको संवाद र दृश्य बुटवल–११ ईट्टा भट्टीको हो । केही दिन अगाडी रातको समयमा स्थलगत रिर्पोटिङ्गको लागि गएको संवाददाताले यस्तो संवादको प्रत्यक्ष रुपम  सुन्ने अवसर पाएको थियो ।  
रातको करिव सवा १० बजे बुटवलको नयाँबस पार्क पछाडी बाट  ईट्टा भट्टी हुदै  देविनगर तर्फ जाँदै गर्दा बाटोमा दुई जना युवतीहरु कसैलाई कुरेका थिए । कुरेको केही मिनेटमा फोनमा घण्टी बज्यो..... यता बाट युवतीले भनिन्–‘कुरेको एक घण्टा हुन लाग्यो आउने होईन?’  यति भन्न नपाउँदै दुई जना युवक बाईकमा आए । अनि माथि उल्लेख गरेको संवाद स्पष्ट सुरु भएको हो । 

 बुटवलमा पछिल्लो समयमा फस्टाउदै गरेको यौन विकृतीको यो नमुना मात्र हो । बुटवल र यस आसपासमा यौन विकृती यति फस्टाउदै छ कि, जसलाई कतिपय अभिभावकहरुले‘डरलाग्दो सामाजिक समस्या’को रुपमा समेत लिने गरेका छन् । 
केही महिना अगाडी प्रहरीले दुधे बालक छोडेर होटलमा यौन क्रियाकलपा गर्दै गर्दाको अवस्थामा १६ जोडीलाई पक्राउ गरेको थियो  । आपत्ती जनक अवस्था पक्राउ गरेका उनीहरुलाई आफन्तको रोहवरमा आगामी दिनमा उक्त क्रियाकलपा नदोहो¥याउने सर्तमा ईलाका प्रहरी कार्यालय बुटवलले छोडेको थियो । 

प्रहरीले पटक पटक होटलहरुमा छापा मार्न थालेपछि यौन क्रियाकलप गर्नेहरुले नया नयाँ तरिका अपनाउन थालेका छन् ।  बुटवलका केही होटलहरुमा खुलेयाम यौन क्रियाकलाप हुने गरेको समाचार प्रकाशन भएपछि केही महिना अगाडी केही होटलहरुले आफ्नो नाम समेत परिर्वतन गरेका थिए । 
पछिल्लो समयमा खासगरी बुटवल नयाँ बर्ष पार्क पछाडीको क्षेत्र विस्तारै काठमाण्डौंको ठमेल बन्न थालेको केही विश्लेषकहरु बताउँदछन् । सडकमानै यौनक्रियाकलपाको ‘रेट’ बार्गेनिङ्ग गर्ने युवायुवतीहरुको संख्या विस्तारै बढ्दै गएका पाईन्छ । 

 यसरी सडकमा बार्गेनिङ्ग गरेर युवाहरुले कुनै कुनैले अभिभावक नभएको घरमा लैजाने गर्दछन् भने कोही कोहीले घरवटी नभएको भाडामा बस्दै आएको घरमा लैजाने गर्दछन् ।
 होल नाईट (पुरा रात) को र  एक पटक मात्र यौन क्रियाकलप गरेपछि पुन जहाबाट लगेको हो त्यहि स्थानमा छोडिदिने सर्तमा दुईवटा (रेट) मूल्य हुने गरेको एक यौनकर्मी युवतीले बुटवल टुडेलाई जानकारी दिईन् । 
उनले कहिले काही एक रात(होल नाईट)को रेट ५ देखि १० हजार रुपैया सम्म आफुले लिने गरेको बताईन् ।  
केही रेस्टुरेन्टहरुमा पनि यस्ता यौन कर्मी महिलाहरुलाई (वेटर) को रुपम राख्ने गरेको पाईन्छ ।  यसरी वेटरको रुपमा बसेका युवतीहरुलाई पनि रेस्टुरेन्टमा जाँने ग्रहकले आफ्नो ईच्छा अनुसार लैजाने र पुनः त्यहि रेष्टुरेन्टमा ल्याएर छोड्ने गरेको पाईन्छ । 

केही समय अगाडी बुटवलको केही होटलहरुमा होटल सञ्चालकहरुले रातको समय भन्दा पनि दोब्बर भाडा लिदै बुटवलका केही होटलहरुमा दिउसै खुलेयाम यौन धन्दा गराउने गरेको पाइएको थियो । होटलमा एक घण्टा बसेबापत केही होटलहरुमा ५ सय रुपैया देखि ३ हजार सम्म लिने गरेको समेत समाचार सर्वजनिक भएको थियो । 

होटलमा छापा मारे पटक पटक जोडीहरुलाई प्रक्राउ गर्न थालेपछि पछिल्लो समयमा यौन कर्महरुले  होटल छोडेर नजिकैको जंगललाई  यौन प्यास मेटाउने स्थालको रुपमा प्रयोग गर्ने गरेका थिए । तर प्रहरी प्रशासनले समेत पछिल्लो समयमा जंगल खोलाका किनार किनारमा समेत निगरानी गर्न  थालेको छ । 
यसै विच , 
पाल्पाको दोभान गाविस ५ सिद्धबाबा, दोभान झुम्सा, लगायतका स्थानहरुमा विभिन्न स्थानबाट आउने युवा  युवतीहरुले अनैतिक  क्रियाकलाप गर्नुर्ने थलोको रुपमा पहिचान बनाएको छ । अनैतिक क्रियालकपा संगै लागू औषध सेवनमा गर्ने स्थानको रुपमा  प्रयोग गर्न थालेपछि प्रहरी र स्थानिय ले सक्रियता अपनाएका छन् । 
पाल्पाको दोभान गाविसमा रहेको दोभान  युवा सञ्जाल र प्रहरी चौकी दोभानले अनैतीक क्रियाकलाप रोक्नको लागि विभिन्न स्थानमा चेतावनी मुलक होर्डिङ्ग बोर्ड रोखको छ । 
‘होर्डिङ्ग बोर्डमा तपाईंहरु अनैतिक क्रियाकल तथा  लागू औषध सेवन गर्न आउनुभएको हो भने तपाईलाई प्रहरी र सामुदायिक सञ्चालले कडा निगरानी र कारवाही गरिरहेको छ ।’ भनेर उल्लेख गरिएको छ ।  केही समय यता दोभान  प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै  एक महिनामा करिव आधा दर्जन जोडी पक्राउ गरेर आफन्तलाई जिम्मा  लागेको थियो । 

यस्तो क्रियाकलाप बढ्दै गएपछि प्रहरी र स्थानिय  युवा सञ्चालले  त्यस  क्षेत्रमा आउने विशेषगरी युवा युवतीहरुलाई कडा निगरानी गर्ने गरेको छ ।
दोभान  युवा सञ्जालका संयोजक विष्णु पाण्डेले बुटवलबाट दोभान र आसपासमा आएर घण्टौ सम्म खेला  किनार तथा जंगलमा बस्ने  र अनैतिक क्रियाकलपा गर्ने  गरेको पाइएपछि  त्यस्तो  विकृती रोक्नको लागि होर्डिङ्ग बोड राखिएको बताए । 

उनले बुटवलको नजिक शिद्धबाबा देखि पाल्पाको  झुम्सा सम्म करिव आधा दर्ज बढि  चेतावनी स्वरुपका  होर्डिङ्ग बोर्ड राखिएको जानकारी गराए । 
उता, प्रहरी चौकी दोभानका  ईन्चार्ज धिरेन्द्र श्रेष्ठले  विशेष गरी विहान र बेलुकाका समयमा आउने  युवा युवतीहरुलाई कडा निगरानी गरिने र खासगरी स्कुल तथा कलेज पोसाकमा आउने युवा युवतीलाई पाल्पा प्रवेशमा रोक लागाउने गरेको बताए । 





Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै