कोरियामा कामदार, नेपालमा शिक्षक ! एउटै कोर्षको मनपरी शुल्क

कृष्ण खनाल
बुटवल, १५ जेठ ।

बुटवलको राजमार्ग चौराहामा रहेको न्यु ईपिएस स्टडी सेन्टरका सञ्चालक खीम अर्याल शिक्षक होईन्न । करिव १५ बर्ष  दक्षिण कोरियामा बसेर नेपाल आएका उनी कोरियामा कामदार थिए अहिले नेपालमा उनी शिक्षक भएका छन् ।
उनी मात्र होईन्, बुटवल ११ कालिकानगरमा रहेको युनाईटेड नेपाल एजुकेशन कन्सल्टेन्सीका सञ्चाक आशोक बस्नेतपनि दक्षिण कोरियामा १० बर्ष बसेर नेपाल आएका हुन् । उनीपनि कोरियामा बस्दा कामदार थिए तर नेपालमा आएपछि उनी शिक्षक भएका छन् ।
यि व्यक्तिहरु केवल प्रतिनिधी पात्र मात्र हुन् ।
पछिल्लो समयमा दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस)  अन्र्तगत सन् २०१५ का लागि असोजको १० र ११ गते (सेप्टेम्बर २६ र २७) मा नेपालमा कोरियन भाÈा परीÔा सञ्चालन गर्ने भएपछि कोरियामा पहिला कामदार भएका अधिकांस व्याक्तिहरुले यस क्षेत्रमा कोरियन भाषा परिक्षाको तयारी कक्षा सञ्चालन गरिरहेका छन् ।

 कुनै–कुनै कन्सल्टेन्सीले कोरियाबाट नै शिक्षकहरु  ल्याएर ‘कोरियन भाषा तयारी कक्षा सञ्चालन’ गरेका भएपनि अधिकांश कन्सल्टेन्सीहरुले कोरियामा कामगरि फर्केर आएका ‘कामदार शिक्षक’ बाट कोरियन भाषा परिक्षाको तयारी कक्षा सञ्चालन गरिरहेका छन् ।

कुनै पनि भाषाको अध्यापनको लागि कोरियन भाषा परिक्षामा उत्र्तीण भएको र कोरियन विश्व विद्यालय वा नेपालको कुनै  पनि विश्व विद्यालयबाट स्नातक तह उत्र्तीण गरेको व्याक्तिीले मात्र कोरियन भाषा तयारी कक्षा सञ्चालन गर्न पाउने व्यवस्था भएपनि त्यसलाई लत्याउँदै धेरैजसो ‘मौसमी कन्सल्टेन्सी’ हरुले विना दर्ता नै कोरियन भाषा तयारी कक्षा सञ्चालन गरेका छन् ।
नेपाल कोरियाल विकास परिषद् (अंकुर नेपाल)का अध्यक्ष गम्भिर गुरुङ्गले कुनै पनि भाषाको अध्यापनको लागि कुनै डिप्लोमा गरेको हुनुपर्ने र सम्बन्धीत भाषामा दक्ष हुनुपर्ने मान्यता रहेको भएपनि नेपालमा अनुगमनको अभावको कारण जो कोहीले पनि विभिन्न भाषाका कक्षाहरु  सञ्चालन गरेको बताए ।
बुटवल टुडे संगकको कुराकानीमा उनले भने–‘ यो देशमा  न त कुनै  अनुगमन नत मापदण्ड लागू भएको छ , जसले गर्दा जथाभावि रुपमा कन्सल्टेन्सीहर खुलेर विभिन्न भाषाहरु अध्यापन गराई रहेका छन् । ’
कोरियाले नेपालमा पा“चौपटक भाÈा परीÔा सञ्चालनको  तयारी गरिहरहेको अवस्थामा बुटवल र यस आसपासमा जब दक्षिण कोरियाले नेपालमा कोरियन भाषा परिक्षा सञ्चालन गर्ने घोषणा गर्दछ अनिमात्र स्थापना हुने ‘मौसमी  कोरियन भाषा पढाउने कन्सल्टेन्सी’ ‘बर्खे च्याउ उम्रीए जस्तै’ खुल्ने गरेका छन् ।
कुनै पनि संस्था कम्पनी ऐन अनुसार दर्ता हुनु पर्दछ । अनि सम्बन्धी  क्षेत्रको कार्यालय संग मात्र स्वीकृती लिएर मात्र सञ्चालन गर्नु पर्दछ । तर दर्ता नै नभएका कयौं कन्सल्टेन्सीहरुले एक घरको कोठा भाडामा लिएर कोरियन भाषा प्रशिक्षण कक्षा सञ्चालन समेत गरिरहेका छन् । यस तर्फ  सम्बन्धीत क्षेत्रको ध्यान जानभने सकेको छैन् ।

गत बर्ष विना दर्ता नै कोरियन भाषा कक्षा सञ्चालन गरेको हाका हाकी बताउने न्यु ईपियस स्टडी सेन्टरका सञ्चालक खिम अर्यालले अहिले भने आफुले संस्था दर्ता गरेर कक्षा सञ्चालन गरेको बताए ।
बुटवलको राजमार्ग चौराहामा विगत एक महिना देखि नै कोरियन भाषाको कक्षाहरु सञ्चालन गर्दै आएका अर्यालले बुटवल टुडेसँगको कुराकानीमा १५ बर्ष कोरियामा बसेर आएको र अहिले कोरिया भाषा कक्षा सञ्चालन गरेको बताए । उनले ईपिएसको कोर्ष अप्ठ्यारो हुने भएको कारण आफैं नयाँ ‘सेलेवश’ बनाएर कोरियन भाषा पढाउँदै आएको बताए ।
 उनले भने–‘ईपिएसको एउटा कोर्ष बनाएको छ तर विद्यार्थीहरुले नबुझ्ने भएको कारण आफै कोर्ष तयार गरी पढाउँदै आएको छु ।’

उनले विद्यार्थीहरुले सुरुमा किताब  पढ्न लगाउँदा उनीहरुले नबुझ्ने गरेको कारण बेसिक कुरा –आधारभूत ) अध्यापन पछि मात्र कोर्षको कुरा अध्यापन गराउने समेत बताए ।
४÷५ वटा समूह बनाएर अध्यापन गराउँदै आएका उनले ४ महिनाको कोर्षको ११ हजार रुपैया लिने गरेको समेत बताए ।

त्यस्तै,  बुटवल ट्राफिक चोेकमा रहेको बोस्टेन एब्रोट एजुकेशन कन्सल्टेन्सीले पनि ६÷७ वटा समूहमा विद्यार्थीहरुलाई कोरियन भाषा तयारी कक्षा सञ्चालन गरेको छ ।  कोरियामा १७ बर्ष बसेर आएको कोरियाकै विश्व विद्यालयमा ४ बर्ष अध्ययन गरेको भनिएका प्रकाश श्रेष्ठबाट  अहिले कोरियन भाषा कक्षा सञ्चालन गरेको सञ्चालक नारायण प्रसाद चापागाईको भनाई छ । उक्त कन्सल्टेन्सीले एक जना विद्यार्थीबाट कोर्षको ८ हजार रुपैयाँ लिने गरेको छ ।

उता, युनाईटेट नेपाल एजुकेशन कन्सल्टेन्सी बुटवल–११ कालिकानगरका सञ्चालक अशोक बस्नेतले कोरियामा १० बर्ष बसेर अहिले नेपाल आएर कोरियन भाषा अध्यापन गराउँदै आएको बताए ।
कोर्षको प्रति विद्यार्थी १० हजार रुपैँया लिने गरेका उनले अहिले करिव ३० जना विद्यार्थीहहरुलाई अध्यापन गराउँदै आएका छन् । गत बर्षको परिक्षामा ६० प्रतिशत विद्यार्थी पास गरेको दाबि गर्ने  उनले बुटवल टुडेसँगको कुरानकानीमा भने–‘कोरियामा १० बर्ष बसेर आएर विगत २ बर्ष देखि कोरियन भाषा पढाईरहेको छु ।’ 

यस बर्ष दÔिण कोरीयाको मानव संसाधन विकास संस्था (एचआरडी) ले सार्वजनिक गरेको इपीएस बाट कामदार पठाउने कार्यतालिका र नेपालमा भाÈा परिÔाका लागि फर्म भर्ने मिति आगामी साउन २८ देखि ३१ सम्म उल्लेख गरिएको छ । कोरियाले यसअघि नेपालमा एपीएस अन्र्तगत चारवटा भाÈा परीÔा सञ्चालन गरिसकेको छ ।

सार्वजनिक तालिका अनुसार जुलाई ३१ म आवेदन आह्वान गर्ने र अगस्ट १३ देखि १६ सम्म चार दिन काठमाण्डौं, धरान र बुटवलबाट आवेदन लिइने योजना बनाइएको छ । परिक्षा भने सेप्टेम्बर २६ र २७ मा लिइने छ । पछिल्लो तथ्यांक अनुसार करिव २२ हजार नेपाली दÔिणकोरियामा कार्यरत रहेका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै