‘होमस्टे’ले बदल्यो अमलटारीको मुहार

कृष्ण खनाल
अमलटार नवलपरासी 1बैशाख । 


करिव ५ बर्ष पहिला नवलपरासीको अग्यौली गाविस–५ बघखोरका स्थानिय बासिन्दाहरुको दिनचर्या बन्य जन्तु धपाउँदैमा वित्ने गर्दथ्यो । नजिकै रहेको चितवन बन्य जन्तु आरक्षबाट आउने विभिन्न जंगली जनाबारहरुबाट  जहिले पनि हैरानी व्यहोर्ने गर्दथे । 
बुटवल टुडेमा प्रकाशित समाचार 

दिनमा बाँदरको र रातमा हात्ती, चितुवा र बाघ बस्तीमा बसेर कतिखेर हानी नोक्सानी गर्ने हुन् भन्ने चिन्ता थियो उनीहरुलाई । कयौ पटक स्थानिय पालेको घरपालुवा जनावार र बालिनाली जंगली जनावारको सिकार हुन पुगेको अतिती उनहरुलाको  दिमागमा ताजै छ । 

यसरी पटक पटक जंगली  जनावारहरुको आक्रमण हुन थालेपछि स्थानियहरुले एउटा जुक्ति निकाले नजिकैको सामुदायिक वन संरक्षण गर्ने र गाउमा आउने जंगली जनावारहरुलाई रोक्न करेन्ट सहितको तारबार  लगाउने । 

परिकारको विवरण ..
विस्तारै उनीहरुले घु्रद्रुक छाप सामुदायिक बनमा वृक्षरोपण गरे । हरियाली बनाउनै गए । विगतका बर्षहरुमा तिनै जंगली जनावारहरुबाट हैरानी व्यहोर्ने गरेका स्थानियहरु  अहिले तिनै जंगली जनावारहरु देखाएर राम्रो आम्दानी गर्ने गरेका छन् । 
पछिल्लो समयमा आएर भने उनीहरुको दिनचर्यामा परिर्वतन आएको छ । अमलटारीका स्थानिय बासिन्दाहरुको दिनचर्या आफ्नो गाँउमा आउने  विभिन्न पाहुनाहरुलाई स्वागत सत्कार र सेवामा नै वित्ने गरेको छ ।
एउटा सामान्य समुहको रुपमा रहेको गाउँमा विभिन्न पुर्वाधारहरुको विकास गरी ‘होम स्टे’ सञ्चालन गरेर अमलटारीका स्थानिय मानिसहरुले अहिले आर्थिक उपार्जनको साथै आफ्नो संस्कृती, कला र परम्पराको समेत प्रचार– प्रसार गरी रहेका छन् । 

 थारु, मुसहर, बोटे समुदाय रहेको उक्त गाँउमा अधिकांस थारु समुदायको बाहुल्यता रहेको छ ।  २०६९ जेठ ५ गतेबाट  ‘होम स्टे’ सुरु गरिएको हो ।  २२ वटा घरमा  अहिले होम स्टे सञ्चालन गरिएको छ ।
मेरो फोटो 
 ‘अमलटारी मध्यवर्ती होम स्टे’ समितिका अध्यक्ष पे्रमशंकर मौदनिया थारुले विगतका बर्षहरुमा गाउँका मानिसहरुले दिन रात बन्यजन्तु धपाउदैमा  बस्नु पर्ने बाध्यता पछिल्लो समयमा होम स्टे सञ्चाल संग संगै  ननिकै रहेको घुन्द्रुक छाप सामुदायिक  वन संरक्षण गरी तार बार गरिएको कारण अहिले त्यस्तो समस्या नभएको बताए । 

उनका अनुसार पहिला पहिला हात्ती बस्तीमा पसेर अन्नबाली खाईदिने र बाघ, चितुवाले घरपालुवा जनवार खाईदिने गरेको कारण गाउलेहरु हैरान थिए । तर बनमा वृक्षरोपण गरी हराभरा बनाइएको कारण गाउमा जंगली जनावारहरु आउन छाडेका छन् । सामुदायिक बनको वरीपरि अहिले ईलेक्ट्रक झड्का लाग्ने तारबार गरिएको छ । 
जसको कारण पनि  गाउमा बन्य जन्तु आउने नगरेको अमलटारी मध्यवर्ती होम स्टेका अध्यक्ष थारुले जानकारी दिए । 

उनले भने–‘पहिला  यस  गाउका महिलाहरु जहिले पनि फुर्सदिला हुन्थे तर अहिले आएर अतिथीहरुको स्वागत सत्कारमा नै  व्यस्त हुने गरेका छन्  ।’ होम स्टे सञ्चालनको लागि डब्लु डब्लु एफ्को तराई भु–परिधी कार्यक्रमले २२ वटा होम स्टे निर्माणको लागि प्रतिघर करिव ६० हजार रुपैया बराबार जिन्सी सहयोग गरेको छ ।  होम स्टेका सचिव छुन्नुराम महतोले  अहिले सम्म होम स्टेमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या ७ हजार ७ सय ३०  आएको जानकारी दिए ।

जस मध्ये विदेशी पर्यटकहरुमात्र १ सय ५० भन्दा बढि रहेका छन् । अहिले सम्म उक्त होम स्टेले करिव २४ लाख भन्दा बढि आम्दानी गरेको छ ।  आन्दानीको १० प्रतिशत रकम होम स्टे व्यवस्थापन समितिले राख्ने र अन्य रकम समान रुपमा सबैले  लिने गर्दछन् । एउटा होम स्टेमा ४ जना मात्र बस्न मिल्छ । २ जना व्याक्तिको ५ सय रुपैया र १ जना व्याक्तिको ४ सय रुपैया समितिले लिने  गर्दछ । खाना  सादाको १ सय रुपैया र मासु संगको १ सय ८० रुपैया समितिले लिने गर्दछ । 

होम स्टेमा पुर्व जानकारी दिएर होम स्टेमा जाने पाहुनाहरुलाई थारु महिलाहरुले मौलिक पहिरनमा सजिएर   पाहुनाहरुको स्वागत तथा सत्कार गर्ने गर्दछन । यसरी स्वागत सत्कारपछि   कुन कुन होम स्टेमा कुन कुन व्याक्ति जाने निर्णय समितिले गर्दछ  र पाहुनाहरुलाई प्रत्येक घरका परिवाहरुले लैजाने गर्दछन् ।

साँझको समयमा १ घण्टा सास्कृतीक कार्यक्रम हुने समेत हुने गर्दछ । सास्कृतीक कार्यक्रममा  थारु समुदायको चर्चित लठ्ठी नाच, बोटे समुदायको झर्मुना नाच, जोगरा नाच र थारु रिमिक्समा समेत पाहुनाहरुलाई भरपुर मनोरञ्जान  दिने गर्दछन ।  उक्त गाउमा ४ वटा माछा पोखरी समेत रहेको छ । जसमा स्थानिय बोटे समुदायका मानिसहरुले माछा पालन गरी त्यहि समुदायमा नै विक्रि गरी आम्दानी गर्दै आएका छन् । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती