‘एक लाख बढि विरुवा बाढ्ने अभियानमा–सितलनगर सेक्टर’

कृष्ण खनाल 
बुटवल, १४ बैशाख । 

एक बर्ष भित्र एक लाख भन्दा बढि विरुवा  उत्पादन गरी सितलनगर सेक्टर बनले ‘निःशुल्क विरुवा वितरण’ अभियान सुरु गरेको छ । 
विगतका बर्षहरुमा सेक्टर वन अन्र्तगतका बुद्ध सामुदायिक वन, सितलनगर साुमदायिक वन, प्रगती समुदायिक वन, बुद्ध मावली सामुदायिक वन र मिलन सामुदायिक वन र अन्य उपभोक्ताहरुलाई समेत निःशुल्क रुपमा विभिन्न जातमा विरुवाहरु वितरण  गर्दै आएकोमा यस बर्ष १ लाख १० हजार विरुवा वितरण गर्ने लक्ष्य लिएको सितलनगर सेक्टर वन सहायक वन अधिकृत सत्यनारायण सिंहले जानकारी दिए । 

उनका अनुसार सितलनगर सेक्टर वनको नर्सरीमा अहिले १० हजार बाँसको विरुवा र अन्य प्रजातीहरुमा निम, बडहर, बकाईनो, आसिया, ईमली, जेलवी, सिरिस, ववुल, टिक, जामुन, मसला, सियौ र क्यारिस सिमिया जातका विरुवाहरु हुर्किरहेका छन । 

उक्त नर्सरीले रुपन्देहीमै दोस्रो पटक नमुनाको रुपमा खासगरी चुरे क्षेत्रको संरक्षण र खोलानालाबाट हुने कटान रोक्नमा प्रभावकारी मानिएको बाँसको विरुवा ‘कलमी’ उत्पादन गरेको छ । रुपन्देहीमा नै पहिलो पटक गतबर्ष धेरै संख्यामा बाँसको विरुवा उत्पादन गरी निःशुल्क रुपमा वितरण गरेको सेक्टर वनले अहिले दोस्रो पटक पनि १० हजार  बाँसको ‘कलमी’ विरुवा वितरण गर्ने लक्ष्य लिएको छ । 
सहायक वन अधिकृत सिंहका अनुसार सितलनगर सेक्टरको नर्सरीबाट उत्पादन गरिएका सम्पूर्ण विरुवाहरु निःशुल्क रुपमा सामुदायिक वनहरु र स्थानिय जो सुकै उपभोक्ताहरुले समेत लैलेर रोप्न सक्छन् । विरुवा लिनको लागि छिमेकी गाविसहरु गंगोलिया, सिक्टहन, केरवानी र मर्चवार क्षेत्रबाट समेत मानिसहरु आउने गरेको सहायक वन अधिकृत सिंह बताउँदछन् । 

माघ महिनाको पहिलो हप्ता रोपेको बाँसको विरुवा र अन्य जातका विरुवाहरु अहिले  वनको परिसरमा हुर्किरहेका छन् । सहायक वन प्रमुख सिंले पहिलो पटक बाँसको कलमीगरी विरुवा उत्पादन गरिरहेका छन् । पहिला विउबाट उत्पादन गरेको बाँसको विरुवा वितरण गरेकोमा यस बर्ष छोटो समयमा नै अग्लो र ठुलो हुने कलमी बाँसको विरुवा उत्पादन गरिएको उनी बताउदछन । ‘एउटा बाँसको बोटबाट १५÷१८ वटा विरुवा बनाउन सकिन्छ ।’ बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘चुरे क्षेत्रको बिनास रोक्नको लागि र नदि कटान रोक्नको लागि उपयोगी हुन्छ ।’ बाँसमा ३ सय प्रतिशत भन्दा बढि पानि हुने भएको कारण पनि पर्यवरण जोगाएर राख्नको लागि उपयोगी हुने अपेक्षा उनको रहेको छ ।

 जिल्ला वन कार्यालय रुपन्देहीबाट ८ लाख रुपँैया सहयोग पाएको सेक्टर वनले त्यही सहयोगबाट विरुवाहरु उत्पादन गर्दै निःशुल्क रुपमा वितरण गर्दै आएको छ । तर उक्त रकम न्यून रहेको र अझ बढाउनु पर्ने माग  समेत सेक्टर वनको रहेको छ । 
गत बर्ष विभिन्न सामुदायिक वनको १५ हेक्टर क्षेत्रफलमा सेक्टरबाट नै विरुवाहरु लगेर वृक्षरोपण गरिएको  थियो । गत बर्ष मात्रै २ सय बाँसको विरुवा र ७५ हजार अन्य प्रजातीको विरुवाहरु उत्पादन गरिएको थियो । 
उता, प्रगती सामुदायिक वन उपभोक्ता समितिका सचिव पवन पौडेलले  सेक्टर  वनले उपलब्ध गराएको  विरुवाहरु रोपेर आफुहरुले संरक्षण गर्दै आएको वन हराभरा भनेको बताए । 
वनको २.५ हेक्टर  क्षेत्रफलमा बैज्ञनिक वन व्यवस्थापन समेत गर्दै आएको सामुदायिक वनले  ४ हेक्टर क्षेत्रफलमा महिलाहरुलाई कवुलियती वनको रुपमा समेत विकास गरेको छ । उक्त स्थानमा पनि गत बर्ष वृक्षरोपण गरिएको सचिव पौडेल बताउदछन् । 

१ सय भन्दा बढि अमलाको विरुवा रोपिएको उक्त वनमा अवको १० बर्ष पछि बार्षिक १ लाख रुपैया भन्दा बढि आम्दानी अमलाबाट नै हुने वन प्राविधिकहरु बताउँदछन् ।  प्रगती सामुदायिक वनले  उदाहरणीय  कामको रुपमा ‘प्रगती बोटानिकल गार्डेन’ अर्थात प्रगती बगैचा समेत निर्माण गरेको छ ।

 जसमा विभिन्न बनस्पती सम्बन्धी अध्यायन गर्न आउने मानिसहरुलाई यस क्षेत्रमा  हुर्कन सक्ने सम्पूर्ण बोट विरुवाहरु रोपेर अध्यायन स्थलको रुपमा विकास गर्न लागिएको सचिव  पौडेल बताउदछन । 
उनका अनुसार उक्त वगैचामा रोप्नको लागि विरुवाहरु पनि सेक्टर वन सितलनगरले उपलब्ध गराएको हो । ‘अहिले बगैचा स्थापना गरेको करिव ३ बर्ष मात्र भएको छ, यसलाई बनस्पती अध्ययन स्थलको रुपमा विकस गर्ने लक्ष्य रहेको छ ।’–सचिव पौडेलले भने । 

सामुदायिक वन व्यवस्थापन बाट सितलनगर वन सेक्टरका उपभोक्ताहरुले समेत राम्रो आम्दानी गर्दै  आएका छन् । 
स्थानिय निकाय समेत नभएको अवस्थामा समुदायिक वनबाट २५ प्रतिशत  आम्दानीको रकम वन विकासमा, ३५ प्रतिशत गरिवी निवारणमा र १५ प्रतिशत अन्य कामको लागि खर्च गदै आएको पाईन्छ । स्थानिय मानिसहरुलाई विभिन्न उन्नत जातका, फलफुल र अन्य काठका विरुवाहरु वितरण गरेर गरीवी निवारणमा समेत सहयोग पु¥याउने लक्ष्य  वनले लिएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती