४ बर्षमा पनि नटुङ्गने सडक

कृष्ण खनाल
पाल्पा, ३० चैत । 
पसिनाले निथुक्क भिजेकी पाल्पाको कोलडाँडा गाविस ६ घङ्गन्रछापकी कुमारी घर्तिमगरले ढाडमा ५ बर्षको छोरा बोकेकी थिईन् ।  छोराका लागि चाहिने आवश्यक कपडा तथा खानेकुरा पनि उनले साथैमा बोकेकी थिइन् । सुईँयया् सुस्केरा हाल्दै  ठाडो उकालेमा हिड्दै गरेकी उनले नजिकैको आफ्नो साथीलाई भनिन्—‘पैसा उठाएर बाटो बनाइयो तर हाम्लाई भने दुःखको दुःखै ।’ 

घरबाट दुई घण्टाको ओरालो र उकालो बाटो हुदै शुक्रबार दिउँसो करिव १ बजे  पाल्पाको मस्याम गाविस नजिकैको चरचरेको उकालोमा भेटिएकी घर्तिमगरले मिहिनेतले तरकारी बेचेर कमाएको ७ हजार रुपैँया बाटोको लागि खर्च दिएको थिईन् । तर आज भन्दा करिव ४ बर्ष पहिला नै उनी जस्ता गाउका सबैले न्युनतम् ७ हजार देखि ५० हजार रुपैया सम्म बाटोको बनाउनको लागि रकम उठाएर खर्च गरेका थिए ।

तर उनीहरुले उठाएको पैसाले बाटो तर बन्यो तर गाडी चलेन । गाडी नचल्दा गाउका स्थानियले उत्पादन गरेको तरकारी, खसी बोका समेत बेच्नको लागि समस्या परेको स्थानिय विष्णु बहादुर थापा बताउँदछन् । 
पाल्पाको मस्याम गाविसको चरचरे देखि कोलडाँडा गाविस भवन सम्म पुग्नेको लागि ९ किलोमिटर बाटोे खनिएको भएपनि अहिले सम्म गाडी गुडेको छैन  । सिद्धार्थ राजमार्ग संग जोड्नको लागि खनिएको भएपनि बाटो चितुंगधारा नजिकै एक भिरमा आएर टुंगीएको छ । 

ग्रेड विना निर्माण गरिएको बाटो सिद्धार्थ राजमार्ग सम्म जोड्नको लागि  खर्च बढि लाग्ने भएको कारण भिरमा ल्याएर टुंगीएको छ । विच बाटोमा खोला परेको कारण हिउदामा मात्र गाडी चल्ने बनाउनको लाग समेत निकास नहुदा समस्या भएको स्थानियको भनाई रहेको छ । स्थानिय विष्णु बहादुर थापा भन्दछन् —‘केही महिना मात्र चल्ने बाटोको लागि धेरै खर्च गर्न उचित लागेन र त्यतिकै बाँकी रहेको छ । उक्त बाटोमा बर्षभरी नै सडक पुर्याउनको लागि खोलामा पुल निर्माण गर्नु आवश्यक  छ । जसको  लागि खर्च बढि लाग्ने देखिन्छ । 
 ९  किलोमिटर बाटो गाविस कार्यालय जानको लाग सहज होस भन्ने हेतुले खनिएको थियो ।

 आर्थिक बर्ष २०६६÷०६७ मा करिव ७० लाखको लागतमा निर्माण गरिएको भएपनि अहिले सम्म पुरा हुन सकेको छैन । 
त्यस्तै पाल्पाको मस्याम गाविस ४ को जोरधार देखि पाताल गाउ जोड्ने बाटोको पनि अवस्था यस्तै छ । करिव ४ किलोमिटर बाटो विचारी दमार सामुदायिक बनकोको विचमा गएर यतीके टुंगीएको छ । स्थानिय पातालका मानिसहरु, गाउ विकास समिति र त्यहा संञ्चालनमा रहेको चुनढुंगा खानी बाट प्राप्त भएको अनुदानबाट केही किलोमिटर बाटो खनिएको भएपनि सडक मापदण्ड भन्दा भिन्दै तरिकाले निर्माण गरिएको कारण अहिलेसम्म पुरा भएको छैन । अहिले उक्त बाटोमा मानिस त हिड्न अफ्ठारो हुन्छ  भने पसु चौपाया समेत हिड्नै नसक्ने गरी भत्कीएको छ । 

पताल गाविस स्थानिय विष्णु बहादुर सारुले आफुहरुको निकासको लागि बाटो निर्माण गर्न सुरु गरिएको भएपनि केही मानिसहरुको विरोधको कारण बाटो विचैमा अलपत्र  परेको बताए । उक्त सडक मापदण्ड विपरित, सडकको ग्रेड विना नै निर्माण गरिएको कारण रोक्का गरिएको जिल्ला प्रविधिक कर्यालय पाल्पाका ईन्जिनियर प्रेम नारायण बस्याल बताउदछन । उनले उक्त स्थानमा बाटो लैजाँदा  प्रमुख राजमार्ग नै असर पर्ने भएको कारण बैकल्पीक स्थान खोज्नुपर्ने समेत बताए । पाल्प जिल्लामा रहेको  २ हजार २ किलोमिटर सडक मध्ये बर्षभरी नै  गाडी  गुड्ने सडक जम्मा ७१ किलोमिटर रहेको छ । 

जिल्ला प्राविधिक कार्यालय पाल्पाका अनुरा जिल्लामा आर्थिक बर्ष ०६५÷०६६ मा १ सय ३० वटा सडक खनिएको थियो जसमा १६ करोड ३७ लाख ६६ हजार रुपैया खर्च भएको थियो । त्यस्तै ह आर्थिक बर्ष ०६६ ÷०६७ मा १ सय १९ वटा सडक खनिएको थियो जसमा ४ करोड ३१ लख १९ हजार रुपैया खर्च गरिएको । आर्थिक बर्ष ०६७ ÷०६८ मा १ सय ४२ वटा सडक खन्नको लागि ५ करोड ९३ लाख २८ हजार रुपैया र आर्थिक बर्ष २०६८ ०६९ मा १ सय ९ वटा सडक खन्नको लागि १९ करोड ७४ लाख रुपैया खर्च गरिएको छ । त्यस्तै आर्थिक बर्ष ०६९ ÷ ०७० मा गरिव २६ करोड रुपैया सडकमा खर्च भएको छ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती