रुपन्देहीमा महिला स्वयम्सेविकाको नै बाल विवाह

कृष्ण खनाल 
बुटवल, २३ चैत । 
रुपन्देहीको बुद्धनगर दुधराक्षबाट  मागी विवाह हुँदा पुष्पा चौधरी जम्मा १३ बर्षीकी थिईन् । दुधराक्ष गाविसको बुद्धनगरबाट उनी जस्तै अन्य महिलाहरुको समेत सानैमा विहे भएको थियो । वि.स. २०४८ सालमा दुधराक्ष गाविसबाट चौधरीको विवाह रुपन्देहीको मानपकडी गाविस–६ मा भएको थियो

 मागी विवाह हुदा उनी भर्खरै १३ बर्षमा लागेकी थिईन् भने उनका श्रीमान् १५ बर्षका थिए ।
 तर तिनै पुष्पा चौधरी अहिले करिव ३५ बर्षमा लागेकी छिन् । उनी सानो छँदा जसरी  सानैमा(बाल अवस्थामा) विवाह भएको थियो त्यसैगरी उनका संघीहरुको पनि त्यसरीनै विवाह भएको छ । 

तर त्यसको करिव २० बर्ष पछि भने चौधरी अर्थात थारु समुदायमा वाल विवाहमा कमी आएको छ । अहिले महिला स्वयम् सेविकोको रुपमा कार्यारत रहेकी पुष्पाा चौधरीले आफ्नो सानैमा विवाह भएपपिछ पछिल्लो समयमा भने बाल बिवाह भएको  नदेखेको बताउदछिन ।

 ‘कन्य(रजस्वला नहुदै) विवाह गरिदियो भने देउता खुसी हुन्छ र धर्म कमाईन्छ  भन्ने मान्यताले गाँजेको समुदायमा विस्तार परिर्वतन आउँदै गएको छ ।’– महिला स्वय सेविकास  पुष्पाा चौधरीले भनिन्  –‘पछिल्लो समयमा विस्तारै जनचेतना आउदै गएको छ जसको कारण सानैमा विवाह गरिदिने चलनमा परिर्वतन आउदै गएको छ ।’

पहिला सानैमा विवाह गरिदियो भने  धर्ममाईन्छ भन्ने चौधरी समुदायमा पछिल्लो समयमा छोरीको स्वाथ्य विग्रन्छ भन्ने चेतना आएको  स्थानिय महिला स्वयम् सेविकाहरुको भनाई रहेको छ । आफ्नो भाईको विवाह ७ बर्षमा भएको स्मरण गर्दै  महिला स्वय सेविका चौधरीले भन्नि–‘पछिल्लो समयम न्यूनतम एसएलसी पास नगराईकन र उमेर २० बर्ष भन्दा बढि नभएसम्म विवाह नै नगराईदिने समुदायको संख्या बढ्दै गएको छ ।’ चौधरीको अहिले ३ वटा सन्तान छन् ।

 एउटा छोरा र २ वटा छोरी रहेकोमा उनका श्रीमान् स्थानिय खेती किसानी गरी जिविको पार्जन गर्दै आएका छन ।  सनैमा विवाह भएकी अर्का साक्षि हुन् मिना कुमारी चौधरी ।  रुपन्देहीको मानपकडी गाविस–१ कुरैठी घर भएकी चौधरीको पनि १३ बर्षमा नै विवाह भएको थियो ।

 विवाह हुँदा महिनावारी –मिन्स) समेत नभएको बताउने उनले विवाह भएर पराईको घरमा आएपछि मात्र महिनावारी भएको जानकारी गराईन् । शनिवार रुपन्देहीको मानपकडी गाविसमा भएको एक कार्यक्रममा सहभागी भएकी मिनाकुमारी चौधरीले भन्नि–‘हाम्रा पालामा त सानैमा विवाह हुन्थ्यो , तर अहिले भने  यस क्षेत्रमा सानोमा विवाह भएको सुनेको र देखेको छैन् ।’

 बुटवल टुडे संगकको कुराकानीमा उनले भनिन्–‘पहिलाको तुलनामा धेरै नै परिवर्तन आएको छ ।’ आफ्नी १९ बर्षीय छोरीलाई देखाउदै उनले भनिन्–‘हेर्नुस् मेरी छोरी अहिले १९ बर्षीकी भई कक्षा १२ मा पढ्छे अहिले सम्म विवाह गराईदिएको छैन् । स्थानिय महिला स्वयम् सेविका समेत रहेकी  चौधरीले भनिन्–‘विगतका बर्षहरुमा बाल बिवाह बहुतै हुन्थो तर अहिले भने हुदैन ।’ 

उनले अहिले पनि यादब र देशी समुदायमा  अहिले पनि बाल विवाह कायम रहेको जानकारी दिईन्  । रुपन्देहीको दक्षिण पश्चिम क्षेत्रमा अहिले विस्तारै वाल विवाहमा कमी आउदै गएको छ भने दक्षिण क्षेत्र  मर्चवार क्षेत्रमा भने अहिले पनि वाल विवाह कायमै रहेको विभिन्न तथ्यांका पाईन्छ । 

रुपन्देहीको मानपकडी गाविस वडा नम्बर–३ रजाड की ४८ बर्षीय  महिला स्वयसेविका रमाकुमारी चौधरीले भन्नि–‘पहिला सानैमा विवाह हुने गर्दथ्यो तर अहिले भने हामीहरुले सम्झाई बुझाइ गरेर सानोमा विवाह गर्न दिने गर्दनौं ।’ 
उनले निरन्तर समुदायसंग रहेर काम गरिरहँदा स्थानिय आफ्नो समुदायका मानिसहरुलाई बाल बिवाहबाट हुने असरको बारेमा जानकारी दिने गरेको समेत बताईन् ।
 ‘सके सम्म बढिभन्द बढि मानिसहरुलाई बाल विबाहको  असर र प्रभावको  बारेमा सम्झाउछौ बुझाउछौ ।’ उनले थपिन्–‘सबैको सहयोग भएमा हाम्रो समुदायमा मात्र होईन् अन्य समुदायमा हुने बाल बिबाह रोक्न सक्छौ  ।’

तस्वीरःरुपन्देहीका मानमटेरिया गाविसका महिला स्वयम्सेविकाहरु(बायाबाट क्रमस) मीना कुमारी चौधरी,रमाकुमारी चौधरी र पुष्पा चौधरी । तस्वीरुःकृष्ण खनाल÷बुटवल टुडे । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती