लुम्बिनी शिक्षालयद्वारा शिक्षकहरुमाथि बह्मलुट

बुटवल, 6  बैशाख । 
बुटवलको कालिकानगरमा रहेको एक विद्यालयले अध्यायपन गराईरहेका शिक्षक–शिक्षिका र पुर्व शिक्षक शिक्षिकाहरुको तलबमा बह्मलुट गर्दै आएको रहस्य  खुलेको छ ।  अहिले बुटवल–१३ कालिकानगरमा रहेको ‘लुम्बिनी शिक्षालय’ ले  विद्यालयमा लामो समय देखि अध्ययपन गराईरहेका शिक्षक–शिक्षिकाहरुलाई विना कारण  निकाला गरी ४ देखि ७ महिना सम्मको तलव नै नदिएको  कुरा वाहिर आएको छ ।

 जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा करुणा मेमोरियल एकेडमी नाममा दर्ता भएपनि अहिले आफुखुसी ‘लुम्बिनी शिक्षालय‘नामाकरण गरेको उक्त विद्यालयले यस अघि कालिकानगरकै एक ठाउँमा ‘ह्वाई हल’ नामबाट विद्यालय संञ्चालन गरेको थियो । 
उक्त विद्यालयले विनाकारण ‘राम्रो नपढाएको’ अहिले सम्म करिव २० जना भन्दा शिक्षक–शिक्षिकाहरुलाई निकाला गरेकोसमेत बुझ्न आएको छ । 

नाम उल्लेख नगर्ने सर्तमा विद्यालयमा लामो समयसम्म अध्ययपन गराई निकाला गराइएकी एक जना शिक्षिकाले विद्यालयबाट ७ महिनाको तलब लिन बाँकी रहेको बताई्न । उनले आफुले विद्यालयबाट पाउनुपर्ने रकम अघिल्लो बर्ष २०६८ सालको ५ महिनाको तलब बाँकी रहेको र गत बर्ष २०६९ को  ३ महिनाको तलब बाँकी रहेको बुटवल टुडेलाई जानकारी दिईन् । कुनैगल्ती विना आफुलाई निस्कासन गरेको भन्दै उनले बाँकी रहेको तलब पनि अहिलेसम्म नदिएको  जानकारी गराईन्् । उनले भनिन्–‘कुनै गल्ती विना नै मलाई निकाल्यो अहिले तबल माग्दा पनि आनाकानी गरेको छ ।’ 

उनी जस्तै अर्का शिक्षिकाको पनि ४० देखि ४५ हजार तलब लिन बाँकी रहेको छ ।  उनलाई पनि विना कारण निकालेकोक थियो । पिडीत शिक्षीकाले तलब माग्दा उल्टै मुद्धा हालिदिन्छु भन्दै विद्यालयका प्रशासनिक प्रमुख (म्यानिजिङ्ग डाईरेक्टर) राजुदेवी खनालले पटक÷पटक धम्काउने गरेको समेत पिडीतले बताएकी छिन् । बुटवल टुडेसंगको कुराकानीमा उनले भनिन्–‘म मात्र होईन हामी १५÷२० जना छौ जसलाई तलब नदिई  धम्काएर निकाल्यो ।’

विद्यालयबाट भर्खर ‘राम्रो पढाईनस्’ भन्दै निकाल गरेका एक जना शिक्षकको तबल करिव ५० हजार बाँकी छ ।  उनलाई पनि तलब लिनको लागि जाँदा पटक÷पटक भाका सार्ने गरेको दुखेसो बुटवल टुडे संगपोखेका छन् । आफुहरुलाई नराम्रो गर्ने धम्की आएको कारण पिडीतहरुले आफ्नो नाम सार्वजनिक गर्न मानेका  छैन्न । 
 विद्यालयमा अध्ययपन गराई  विनाकारण नै निकालीदिएको एक शिक्षीकाको भने ५ महिनाको तलब बाँकी रहेको छ । तलब माग्न जाँदा पटक÷पटक भाका सार्ने गरेको गुनासो  उनको रहेको छ । 
उक्त विद्यालयमा एसी जोडीएको विद्यालय भनेर प्रचार गरिएपनि लोड सेडिङ्गको समयमा नचलाउने गरेको  गुनासो विद्यार्थीहरुले गुनासो गरेका छन् । ‘लाईन आएको बेला पनि  एसी  चलाउदैन्न’–त्यहा अध्ययनरत एक विद्यार्थीले भने । 

उक्त विद्यालयले यस अघि ह्वाई हलको नामबाट बुटवलकै कालिकानगरमा सञ्चालन गरेको स्कुलमा एउटै कोठामा २ वटा सम्म कक्षा सञ्चालन  गरेको त्यहा अध्यापन गराएका एक शिक्षकले बुटवल टुडेलाई बताएका छन् । गत बर्ष सम्मपन्न भएको प्रवेशिका परिक्षा एसएल्सीमा करुणा मेमोरियल एकेडमीको नामबाट उक्त विद्यालयबाट ४ जना विद्यार्थीहरुले एसएसली दिएका छन् । 

उता, विद्यायका प्रीन्सीपल कमल ज्ञवालीले  ४÷५ महिनाको तलब नदिएको भन्ने कुरा सत्य नभएको बताएका छन् । बुटवल टुडे संगको कुराकानीमा उनले पहिला २०६८ साल चैत महिना अर्को व्यवस्थापन ले विद्यालय चलाएको र आफुहरु आएपछि तलब नपाएको भन्ने अवस्था नभएको बताए । 
बुटवल टुडेसंग उनले भने–‘हामीले विद्यालय लिएपछि १ दुई महिनाको तलब बाँकी होला तर ४÷५ महिनाको तलब नदिएको भन्ने कुरा होईन् ।’  उनले आफ्नो विद्यालय निजी भएको कारण आफुहरुले बताएको विनियम् अनुसार नमान्ने शिक्षकहरुको एक महिनाको तलब नदिने गरेको बताए । उनले भने–‘हाम्रो नियम नमानी छोड्ने शिक्षक÷शिक्षीका वा कर्मचारीहरुको एक महिनाको तलब  दिन्नौ ।’ 

 उनलाई करुणा मेमोरियल एकेडमीको नामबाट  विद्यार्थीहरुले  प्रवेशिका परिक्षा दिएको बारे प्रश्न गर्दा ‘पहिला त्यहि नाम भएपनि अहिले भने नाम परिर्वतन गरेर लुम्बिनी शिक्षालय’ बनाइएको बताए । ‘जिल्ला शिक्षा कार्यालयमा त नाम परिर्वतन भएको छैन नी ?’ भन्ने प्रश्नमा उनले भने–‘ क्षे.सि.नीबाट हाम्लाई पत्र आएको १०÷१५ दिन भो नाम परिर्वतन भएको छ ।’
उता,  अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले लुम्बिनी शिक्षालय बर्गीकरणमा नै नपरेको विद्यालय भएपनि ‘क’ बर्गको विद्यालय जस्तै गरी अभिभावकहरुबाट  शुल्क असुल्ने गरेको बताउदै अहिले पुर्व शिक्षक शिक्षीकाको तलब रोक्का गर्नु उचित नभएको बताए । बुटवल टुडे संगकको कुराकानीमा अध्यक्ष ज्ञवालील्े भने–‘कुनै पनि विद्यालयले  शिक्षक शिक्षिकाको तलब रोक्नु र निकाला गर्नु नियम सम्मत कुरा होईन् । ’

त्यस्तै नीजी तथा संस्थागत विद्यालय शिक्षक–कर्मचारी युनियन(प्याब्सु) रुपन्देहीका अध्यक्ष हरी पौडेलले  विद्यालय दर्ता गर्दा   सञ्चालले  नेपाल सरकारले तोको तलब तथा सुविधा प्रदान गर्नेछु भनेर प्रमाण पत्र लिएका विद्यालयहरुले अहिले आएर तलब नदिने भन्ने कुरा अस्विकार्य रहेको बताए । उनले यदि कुनै पनि विद्यालयले विना कारण शिक्षक तथा कर्मचारी निकाला  गरेमा वा तलब सेवा सुविधा नदिएमा कानुन बमोजिम मुद्धा दायर गरेर कारवाही गर्न सकिने बताए ।

 उनले निकाला गरिएका शिक्षक–शिक्षीकाहरु त्था कर्मचारीहरुले प्याब्सुमा निवेदन दिएमा आफुहरुले  आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउने समेत बताए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘सुरुमा नियुक्ती गर्दा कर्मचारी र शिक्षक को मापदण्ड निर्माण गरेर नियुक्ति गरिन्छ , पछि आएर पढाउन जानेनौ भनेर निकाला गर्न पाईदैन ।’  यदी यसरी आरोप लगाएर कर्मचारी तथा शिक्षक  निकाला गरेको प्रमाणीत भएका प्याब्सुले नितीगत आन्दोलन चलाउने र यसले सञ्चालक तथा विद्याललाई घाटा पुग्ने अध्यक्ष पौडेलको भनाई रहेको छ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती