दुर्घटनाको खानी पाल्पा

३ बर्षमा १ सय ६८ वटा दुर्घटना, २ सय ६७ जनाको मृत्यु 
कृष्ण  खनाल
पाल्पा २८ चैत । 
यहि चैत १४ गते तानसेन नगरपालिका १४ वृन्दावनमा लु १ ख ४९३५ नम्बरको ट्रकले लु ४ प ९९०४ नम्बरको मोटरसाईकल लाई ठक्कर दियो । घुमाउरो बाटोमा मोड परेको कारण मोटरसाईकल चालक रुपन्देहीका मणिग्राम स्थायी घर भएका ४५ बर्षका मेहर सिंह  सुनारको उपचारको क्रममा मृत्यु भयो । 

त्यस्तै यहि चैत महिनामा नै  तानसेन नगरापलिका ४ श्रीनगर  उच्च मावि अगाडी लु १ ख ५५९७ नम्बरको बसले लु १६ प ३१८ नम्बरको मोटरसाईकलाई ठक्कर दियो । मोटरसाईकलमा सवार गुल्मी जिल्लामो मुझुंग स्थायि घर भएका ३१ बर्षिय झविन्द्र गौतम गम्भिर घाईते भई अलिहे उपचारको क्रममा रहेका छन । 

माथिका यि घटनाहरु एउटा प्रतिनिधी घटनामात्र हुन् । पहाडी मार्गमा धेरै मोड हुनुको साथै ग्रेड अनुसार  सडक निर्माण नगरिएको कारण पाल्पा जिल्लामा पटक पटक सामान्य देखि गम्भिर प्रकृतीका दुर्घटनाहरु हुने गरेका छन । 

जिल्ला ट्रफिक कार्यालय पाल्पाका अनुसार गएको तिन बर्षमा कुल १ सय ६८ वटा दुर्घटना भई २ सय ६७ जना मानिसको मृत्यु भएको छ । जिल्ला ट्राफि कार्यालय पाल्पाका प्रहरी हवलदार कुल बहादुर गुरुंगले उपलब्ध गराएको तथ्यांक अनुसार पाल्पा जिल्लामा गएको तिन बर्षमा कुल १ सय ६२ जना मानिस गम्भिर घाईते भएका छन । त्यस्तै सामान्य घाईतेको संख्या कुल ३ सय १७ रहेको छ जुन तथ्यांक आर्थिक बर्ष ०६६÷०६७, ०६७÷०६८ र ०६८÷०६९ को मात्र हो । यस बर्षको फागुन महिना सम्म कुल २५ वटा दुर्घटना भएका छन ।  २५ वटा दुर्घटनाबाट फागुन महिना सम्म ३३ जना मानिसको मृत्यु भएको छ । जसमा पुरुष २९ जना र महिला ४ जनाको मृत्यु भएको छ । 
फागुन महिना सम्म जिल्लामा गम्भिर घाईते ३१ जना  भएका छन्  भने साधारण घाईते ५५ जना रहेका छन । 
जिल्ला ट्राफिक  कार्यालय  पाल्पाका अनुसार आर्थिक बर्ष ०६६÷०६७ मा ट्रक ७ वटा दुर्घटना भएका छन भने बस  ८ वटा, कार जीप ६ वटा, ट्याक्टर १० वटा, मोटरसाईकल ८ वटा र अन्य १ वटा गरी कुल ४० वटा दुर्घटना  भएका छन । त्यस्तै आर्थिक बर्ष ०६७÷०६८ मा ट्रक ८ वटा, बस १० वटा, कार जीप ७ वटा, ट्याक्टर ८ वटा र मोटरसाईकल १० वटा दुर्घटना भएको तथ्यांकमा पाईन्छ । 
त्यस्तै गत आर्थिक बर्ष ०६८÷०६९ मा ट्रक १५ वटा,  बस १२ वटा,  कार जीप २३ वटा, ट्याक्टर ६ वटा  र मोटरसाईकल २९ वटा गरी कुल ८५ वटा  दुर्घटनाहरु भएका छन । 
चालु आर्थिक बर्षमा पाल्पा जिल्लामा सबैभन्दा बढि दुर्घटना कार्तिक महिनामा ५ वटा भएका छन् भने दुर्घटनाबाट सबैभन्दा बढि मानिसको मृत्यु भने माघ महिनामा भएको छ । जुन महिनामा १५ जनाको मृत्यु हुुनुको साथै १७  जना घाईते भएका थिए । त्यस्तै अन्य साउन महिनामा ४ वटा  दुर्घटना  भएको थियो भने जसमा २ जना पुरुषको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए । त्यस्तै भदौ महिनामा २ वटा दुर्घटना  भएको थियो भने २ जनाको नै मृत्यु हुनुको साथै १ जना घाईते भएका थिए । 
पाल्पाको सडकमा बाटो काट्दै 

त्यस्तै  अशोज महिनामा ४  वटा दुर्घटना भएकोमा ४ जनाको मृत्यु हुनेको साथै १ जना घाईते भएका थिए । मंसिर महिनामा एउटा मात्र दुर्घटना भएको र १ जना मात्र घाईते भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।कार्तिक महिनामा ५ वटा दुर्घटना भई ५ जनाको मृत्यु  र ४६ जना घाईते भएका थिए ।  त्यस्तै पुस महिनामा ३ वटा दुर्घटना भएकोमा २ जनाको मृत्यु र ५ जना घाईते भएका थिए । माघ महिनामा ४ वटा दुर्घटना भएकोमा १५ जनाको मृत्यु र १६ जना घाईते भएका थिए ।  फागुन महिनामा कुल २ वटा दुर्घटना भएकोमा २ जनाको मृत्यु  हुनुको साथै १ जना घाईते भएको थिए । 

 यहा प्रस्तुत गरिएको तथ्यांक यस क्षेत्रमा हुने दुर्घटनाको  स्तरमा सबैभन्दा बढि भएको मानिन्छ । पहाडी जिल्लामा सबैभन्दा बढि दुर्घटना हुने जिल्लाको रुपमा पाल्पा रहेको विभिन्न तथ्यांमा पाईन्छ । 
पाल्पा जिल्लामा जम्मा १६ जना मात्र ट्राफिक प्रहरीहरु रहेका छन् ।  जिल्लामा अहिले सम्म  बाटो काट्नको लागि जेब्रा क्रसिंग कुनै पनि स्थानमा बनाइएको छैन ।
जिल्लामा पटक पटक हुने दर्घटना न्युनीकरणको लागि अहिले सम्म कुनैपनि ठोस कार्यक्रम नभएकोले निश्चित नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा सरोकारवालाको भनाई रहेको छ । 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती