सहकारी नीति परिमार्जनको खाँचो

कृष्ण खनाल 
बुटवल, १९ चैत  । 
‘सहकारी मार्फत दिगो आर्थिक विकास र समाजिक न्याय’ भन्ने मुल नाराका साथ देशभर ५७ औं राष्ट्रिय सहकारी दिवस मनाईदै छ ।  रुपन्देही जिल्लामा पनि सहकारी सप्ताह अन्र्तगत विभिन्न चेतनमुलक, जानकारीमुलक र सहकारीको प्रवद्र्धनात्क कार्यक्रमहरु सम्पन्न भएका छन ।

सहकारी दिवस मनाईरहँदा वि.स. २०४८ सालमा सरकारले ल्याएको सहकारी ऐन र त्यसलाई नियमन गर्ने निती २०४९ बर्तमान समयसम्म  आईपुग्दा समायानुकुल यसको परिमार्जन हुनुपर्ने सहकारी सम्बद्व व्याक्तीहरुको भनाई रहेको छ । 
सरकारको सहकारी प्रति स्पष्ट नीति नभएको कारण जिल्लामा रहेको सहकारीहरुको चाहे जती विकास गर्न नसकेको  जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद नेपाल बताउँदछन । बुटवल टुडेसंगको कुराकानीमा नेपालले सरकारले ल्याएको नीति पुरानो भएको कारण पटक÷पटक सहकारीमा आवद्ध भएका सहकारीहरुले सास्ती व्यहोर्नु परेको बताए । उनले भने–‘सरकारको स्पष्ट नीति नै भएन जसको कारण सहकारीहरु  प्रभावित भएका छन ।’ 

रुपन्देही जिल्लामा ३ सय १६ वटा बचच तथा ऋण सहकारी संस्थाहरु रहेका छन । त्यस मध्ये २ सय ४१ वटा सहकारी मात्र जिल्ला बचत तथा ऋण संघमा आवद्ध भएका छन । जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाको अनुगमनको पाटो सरकारी निकाय रुपन्देही जिल्लामा डिभिजन सहकारी कार्यालयले नियमित रुपमा  नगरेको कारण पटक÷ पटक  समस्या सृजना हुने गरेको बचत तथा ऋण सहकारी संघले जनाएको छ । संस्थागत रुपमा अनुगमन गर्ने  व्यवस्था मिलाउने हो भने आगामी दिनमा सरकारकै मुख तात्नु नपर्ने सरोकारवालाहरुको भनाई रहेको छ । 

त्यस्तै जिल्लामा भएका सहकारीहरु मध्ये दुग्ध विकास सहकारी संघ ले आफुहरुलाई अन्य सहकारीहरुभन्दा सरकारले छुटै व्यववहार गरेको गुनासो गरेको छन् ।   दुग्ध विकास सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले राज्यले दुग्ध विकास सहकारीहरु लाई उपेक्षा गरेको गुनासो गरे । बुटवल टुडेसंगको कुराकानीमा पाण्डेले भने–‘यो किसानहरुको सहकारी भएको कारण पनि सरकारले नहेरेको हो की ।’  उनले  थप प्रस्टाउदै भने–‘ कृषकले दुधको उचित मूल्य नै अहिलेसम्म पाउन सकेका छैनौ ।’ भारतबाट आयात गरिएको दुधको कारण पनि नेपाली बजारमा नेपाली कृषकहरुले उत्पादन गरेका दुधले उचित मूल्य नभएको  दुग्ध सहकारीहरुको गुनासो रहेको छ ।

रुपन्देही जिल्लामा ७० वटा दुग्ध सहकारीहरु रहेका छन् । त्यमा दुग्ध सहकारी संघका जम्मा ४२ वटा मात्र सहकारीहरु आवद्ध भएका छन् भने केन्द्रीमा जम्मा २८ वटा सहकारीहरु दर्ता भएको तथ्यांकमाा पाईन्छ । अहिले जिल्लामा सहकारी मार्फत कुल २० हजार लिटर दैनिक दुध उत्पादन हुने गरेको छ । जसमध्ये  करिव १० हजार लिटर दुध दुग्ध विकास संस्थाले लिने गरेको छ भने अन्य कृषहरुले डेरीमार्फत उपभोक्ताहरुलाई  वितरण गर्ने गरेका छन । रुपन्देही जिल्लामा ७६ वटा नीजी डेरी उद्योगहरु रहेका छन । दुधको न्युनतम मूल्य सरकारले तोक्नुपर्ने माग समेत  दुग्ध क्षेत्रमा लागेका कृषकहरुको भनाई रहेको छ । 
चिलिम भ्याटको अभावः जिल्लामा रहेका विभिन्न दुग्ध विकास सहकरी तथा कृषकहरुले उत्पादन गरेको दुधको उचित व्यवस्थानको लागि चिलिम भ्याटको अभावको काण धेरै  दुग्ध कृषकहरु  प्रभावित  भएको उनीहरुको भनाई रहेको छ ।  

सरकारी क्षेत्रबाट दुग्ध विकास सहकारी संस्थाहरुलाई चिलिम भ्याटको व्यवस्था हुन सकेमा कृषकहरुलाई राहत हुने दुग्ध कृषकहरुको भनाई रहेको छ । कृषकहरुलाई सहुलियत दरमा गाई, भैसी खरिदको लागि ऋणको व्यवस्था हुन सकेमा र कृषकहरुले उत्पादन गरेको दुधको ‘मिल्क होलिडे’ गर्न नपर्ने अवस्था आएमा साँच्चै कृषकहरुलाई फाईदा हुने दुग्ध विकास सहकारी संघका रुपन्देही अध्यक्ष देखनाथ पाण्डेले बताए । कृषि सहकरीलाई सरकारले हेरेनः जिल्लामा सञ्चाललित भएका कृषी सहकरीहरुलाई अन्य सकारीको तुलनामा उपेक्षा गरेको  कृर्षी सम्बन्धीत सहकारीहरुले बताएका छन । 

कृषि सहकारी संघ रुपन्देहीकी अध्यक्ष झुपा न्यौपानले अन्य सहकरीहरु भन्दा सरकारी निकायबाट कृर्षी सहकारीहरुलाई हेर्ने दृष्टिकोण फरक पाएको बताईन् । बुटवल टुडे संगको कुराकानीमा उनले अन्य बचता तथा ऋण , दुग्ध विकास सहकारीको तुलनामा कृषी सम्बन्धी काम गर्ने सहकारीहरुलाई सरकारले अनुदान, तालिम लगायतका क्षेत्रका कम स्थान दिने गरेको बताईन् ।

जिल्लामा १ सय ८ वटा कृषी सम्बन्धी सहकारी रहेकोमा जम्मा २२ वटा सहकारी मात्र जिल्ला कृषी सहकारी संघमा आवद्ध भएका छन् । पछिल्लो समया रुपन्देही जिल्लामा कृर्षि सम्बन्धी काम गर्ने सहकारीहरुले ‘फ्यामेली फर्मनिङ्ग’ अभियान सुरु गर्न लागेका छन । प्रत्येक सहकारीहरुको शेयर सदस्य या साधारण सदस्यहरुले घरमा गमलामा भएपनि कृर्षी सम्बन्धी उत्पादन गर्नुपर्ने नियम यस अभियानको रहेको छ । कृर्षी सहकारी संघकी अध्यक्ष झुपा न्यौपाने भनिन्–‘अन्य जिल्लामा यो अभियान  लागू भएको छ तर रुपन्देही जिल्लामा हामीले आजबाट लागू गर्दछौें जसबाट  कृषकहरुलाई परनिर्भर  बनाउन रोक्छ ।’  कृषी सम्बन्धी सहकरीमा आवद्ध कृषकहरुले सहुलियत दरमा कृषकहरुलाई ऋण प्रदानगर्नुपर्ने, कृषीकहरुलाई तालिम प्रदान गर्नुपर्ने माग गरेका छन । 

उता, डिभिज सहकरी कार्यालय रुपन्देहीकी प्रमुख रमा अचार्यले जिल्लामा अहिले ७ सय ३५ वटा सहकारीहरु रहेको र अहिले सम्म ६८ वटा सहकारीहरु खारेज भएको जानकारी दिईन् । बुटवल टुडे संगको कुराकानीमा उनले सरकारको सहकारी सम्बन्धी नीति पुरानो भएको र अहिले सहकारीको संख्या बढ्दै गएको कारण पनि  कार्यान्वयनमा समस्या परेको बताईन् । उनले बचत तथा ऋण सहकारी संस्थाहरुको नियमित अनुगनको स्रोत र साधनको अभावको कारण निरन्तता दिन नसकेको जानकारी गराईन् ।  उनले भनिन् पहिला सहकरी पनि थोरै थिए तर अहिले भने सहकरीको संख्या  पढि बढेको छ जसको कारण अनुगमन गरेर पनि संभव छैन । यसको  सहकारीहरु संघमा आवद्ध भएर अनुगमन गर्नुपर्ने र सबै काम सरकारले नै गर्छ भन्ने मानसिकताबाट बाहिर आउनुपर्ने उनको भनाई रहेको छ । 

दिवसमा सप्ताहव्यापी कार्यक्रम  ५७ औ राष्ट्रिय सहकारी दिवस–२०७० लाई रुपन्देहीमा विविध कार्यक्रमहरु गरिएको छ । डिभिजन सहकारीकार्यालय रुपन्देही, जिल्ला सहकारी संघ लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड,बचत तथा ऋण सहकारी संघ लिमिटेड, कृर्षि सहकारीसंघ लिमिटेडको मुल आयोजनामा सहकारी सप्ताहमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको मुल आयोजक समिति कार्यक्रम संयोजक मनोज भट्राईले जानकारी दिए । 
गत शनिवार  बाजागाजा सहित प्रभातफेरी एंव उदघाटन, सेमलारमा सहकारी प्रशिक्षण र खेलकुद कार्यक्रम गरिएको थियो ।  आइतबार संसार बचत तथा ऋण सहकारी संस्थाकोआयोजनामा जिल्ला स्तरीय उच्च मावि ÷कलेज वक्तृत्वकला  प्रतियोगिता, सोमबार जिल्ला स्तरीय अन्तर उच्च मावि ÷कलेज निवन्ध प्रतियोगिता आयोजना भएका छन् । त्यस्तै मंगलबार  जिल्लास्तरीय अन्तर सहकारी हाजिरीजवाफ प्रतियोगिता, देवदह र केरवानी गाविस स्तरीय अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।   बुधबार  सहकारी अन्र्तक्रिया कार्यक्रम र भिम अस्पतालमा पं्रखा वितरण गरिने गरिएको छ । अन्तीम दिन अर्थात आज वेभसाईट र बुलेटिन विमोचन तथा पुरास्कार वितरण गरी मुलसमारोह कार्यक्रम आयोजना गरिएको छ । 

महिलाहरुको सहकारीमा सहभागीताः रुपन्देही जिल्लामा महिलाहरुद्वारा सञ्चालन भएको सहकारीहरुले पनि उदाहरणीय कार्य गरेका छन । जिल्लामा अहिले महिलाहरुद्वारा नै सञ्चाल भएका २४ वटा सहकारीहरु रहेका छन । उनीहरुले बचत तथा ऋण लागानी मात्र नगरेर  महिला हक, हित तथा अधिकारको पक्षमा समेत अवाज उठाउदै समाजमा जागरण फैलाउने काममा लागेका छन । यसै मध्येको एक सहकारी हो रुपन्देहीको मक्रहर गाविस–२ वेवरीमा  रहेको प्रगतशिल महिला विकास बहुउदेश्य सहकारी संस्था लिमिटेड ।

 वि.स.२०५४ सालमा स्थापना भएको सहकारीले वि.स.२०६१÷६२ मा राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको छ । सहकारीकी उपाध्यक्ष गोपी पाण्डेका अनुसार  सहकारीमा अहिले २ हजार २  सय साधारण सदस्यहरु रहेका छन् । २६ जनाबाट सुरु भएको उक्त सहकारीमा अहिले १ हजार २ सय ५०  जना बाल सदस्यहरु रहेको सहकारीकी व्यवस्थापक जमुना बरालले जानकारी दिईन् ।  उक्त सहकारीमा अहिले २ करोड ८० लाख रुपैया बचत रहेको छ भने शेयर पुज मात्रै ३८  लाख रुपैया रहेको छ । आफ्नै दुई तल्लाको भवन समेत रहेको सहकारीले विभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ । महिला प्रजन्न क्षेत्र, नवजात शिसु र पछिल्लो समयमा सूचना केन्द्रको समेत स्थापना गर्न लागेको छ । 

त्यस्तै अर्को महिलाहरुद्वारा नै सञ्चालन भएको सहकारी हो तितेपाती महिला विकास सहकरी संस्था । बुटवल ११ मिलनचोक शिव पथमा रहेको उक्त सहकारीलेरु बचत तथा ऋणमा मात्र होईन महिलाहरुको हक हित र विकासमा सहयोग पु¥याउने उदेश्यका साथ  स्थापना गरिएको सहकारीकी अध्यक्ष प्रीया गुरुङ्गले जानकारी दिईन्  । १ सय ४५ जना शेयर सदस्य रहेको उक्त स्थाले आफ्ना सदस्यहरुलाई ५० हजार रुपैया सम्म कर्जा प्रवाह गर्दै आएको छ । मासिक रुपमा २८ हजार रुपैया बचत हुने गरेकोमा अहिले सम्म ४६ लाख रुपैया बचत गरेको छ । त्यस्तै करिव ४० लाख रुपैया लगानी समेत गरेको छ । 
६८  सहकारी खारेज,३५ खोरेजी प्रक्रियामा ःरुपन्देही जिल्लामा ३८ वटा सहकारी संस्थाहरु खारेजी भएका छन् । रुपन्देहीमा दर्ता भएका ७ सय ३५ स सहकारीहरु मध्ये ८३ ले मापदण्ड पुरा नगरेका तथा निस्क्रिय रहेका कारण खोरेजी गरिएको हो ।  बार्षिका प्रगति विवरण, साधारण सभा लगायतका गतिविधीहरु नबुझाएको कारण सहकारी खारेज गरिएको हो । 
-----------
रमा आर्चाय
प्रमुख डिभिजन सहकरी कार्यालय रुपन्देही
सरकारको सहकारी सम्बन्धी नीति पुरानो भएको छ । अहिले सहकारीको संख्या बढ्दै गएको कारण पनि नीति कार्यान्वयनमा समस्या परेको छ । बचत तथा ऋण सहकारी संस्थाहरुको नियमित अनुगनको स्रोत र साधनको अभावको कारण निरन्तता दिन सकिएको छैन । पहिला सहकारी थोरै थिए तर अहिले भने सहकरीको संख्या  बढेको छ जसको कारण अनुगमन गरेर पनि संभव छैन । यसको लागि सहकारीहरु संघमा आवद्ध भएर आफैले अनुगमन गर्नुपर्ने र सबै काम सरकारले नै गर्छ भन्ने मानसिकताबाट बाहिर आउनुपर्ने आवश्यकता रहेको छ । 
))))) 
कृष्ण नेपाल
अध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी संघ
सरकारको सहकारी प्रति स्पष्ट नीति नभएको कारण जिल्लामा रहेको सहकारीहरुको चाहे जती विकास सकेका छैन्न । सरकारले ल्याएको नीति पुरानो भएको कारण पटक ÷पटक सहकारीमा आवद्ध भएका सहकरीहरुले सास्ती व्यहोर्नु परेको छ । सरकारको स्पष्ट नीति नै भएन जसको कारण सहकारीहरु  प्रभावित भएका छन । नियमित अनुगमन गर्ने गर्ने निकयको अभाव रहेको छ । 
((((((((( 
झुपा न्यौपाने 
अध्यक्ष कृषी सहकारी संघ रुपन्देही 
जिल्लामा सञ्चाललित भएका कृषी सहकारीहरुलाई अन्य सहकारीको तुलनामा उपेक्षा गरेको छ ।  कृर्षी सम्बन्धीत सहकारीहरुले यस क्षेत्रमा योगदान दिएका छन् तर यसको मुल्यांकन भएन ।  अन्य सहकारीहरु भन्दा  सरकारी निकायबाट कृर्षी सहकारीहरुलाई हेर्ने दृष्टिकोण मा फरक ल्याउनु पर्दछ । 
((((((((((((
लेखनाथ पाण्डे
अध्यक्ष, दुग्ध विकास सहकारी संघ रुपन्देही 
राज्यले दुग्ध विकास सहकारी संस्थाहरुलाई उपेक्षा गरेको छ  । यो किसानहरुको सहकारी भएको कारण पनि सरकारले नहेरेको हो की ?  किसानहरुले दुधको उचित मूल्य नै अहिले सम्म पाउन सकेका छैनौं । भारतबाट आयात गरिएको दुधको कारण पनि नेपाली बजारमा नेपाली कृषकहरुले उत्पादन गरेका दुधले  उचित मूल्य पाएका छैन्न । सरकारले नै दुधको मुल्य तोक्नुपर्ने आवश्यकतारहेको छ । 
((((((((((((


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती