संस्कृती जोगाउँदै मनपकडीका थारुमहिला

कृष्ण खनाल 
बुटवल, २४ चैत । 
आज भन्दा करिव ५ बर्ष पहिला रुपन्देहीको मानपकडीका चौधरी समुदायका माहिलाहरुको धेरै जसो दिन चुलो चौकोमा नै वित्ने गर्दथ्यो ।  उनीहरुको दैनिक विहान उठ्यो, परिवारलाई खाना पकायो खुवायो अनि साझको समयमा पनि सोही प्रक्रिया दोहोरायो । गाउँमा हुने कुनै कार्यक्रम ा महिलाको  उपस्थिती अत्यान्तै न्युन हुने गर्दथ्यो । 
तर ५ बर्ष पछि मानपकडी फेरिएको छ । मानपकडी र यस आसपासका क्षेत्रहरुमा कुनैपनि कार्यक्रम, विवाह वा महोत्सव तथा चार्ड पर्व भएमा सबैभन्दा पहिला महिलाहरु नै पुग्ने गर्दछन् 
उनीहरु आफुहरु कार्यक्रममा उपस्थिती हुने गर्दैन्न चौधरीहरुको मौलिक पहिरन र साँस्कृतीक झाक्रि सहित आतिथीहरुलाई स्वागत गर्न पुग्दछन् । 
कुनै पनि कार्यक्रम, मेला महोत्सवहरुमा विगत ५ बर्ष यता विभिन्न सास्कृतीक कार्यक्रम देखाउँदै आएका एउटा समुह हो  ‘जय जोगिनी माता सास्कृतीक समुह’ । 
६० जना महिला र वालवालिकाहरु आवद्ध भएको यो समुहले स्थानिय स्तरका लगभग सबै कार्यक्रमहरुमा सहभागी भएर विभिन्न समयमा पुरस्कार समेत प्राप्त गरेको छ । जसको नेतृत्व गरेकी छिन् स्थानिय स्वयम सेविका पुष्पा चौधरीले । 
‘आज भन्दा करिव ५ बर्ष अगाडी गाउँमा कुनै पनि साँस्कृतीक समुहहरु थिएन्न तर अहिले भने विभिन्न समुहहरु बनाएर सँस्कृती जोगाउने काममा लागेका छौ ।’–उनले भनिन् । 
केही दिन अगाडी एउटा कार्यक्रममा सास्कृतीक कार्यक्रमको नेतृत्व गर्दै मौलिक झाक्रि लिएर आएकी उनले पछिल्लो समयमा समुहमा आवद्ध भएर विभिन्न सामाजिक काममा लाग्ने  चौधरी समुदायका महिलाहरु सक्रिय रहेको उनले जानकारी दिईन् । त्यस क्षेत्रका चौधरी समुदायका महिलाहरुले ढकिया, कसिला, थारु पहिरन (हेलुका) डेलिया, लङ्गा चोली, हलो, जुवा लगायतका सामग्री सहित सास्कृतीक कार्यक्रमहरु प्रस्तुत गर्ने गरेका छन्  ।    
स्थानिय स्यमसेविका रहेकी पुष्पा चौधरीले भन्नि–‘गाउँमा निःशुल्क रुपमा कार्यक्रम प्रस्तुत गर्दै आएका छौं ।’ कहिलेकाँही उनीहरुले प्रस्तुत गरेको साँस्कृतीक कार्यक्रमबाट प्रभावित भएर ५ सय देखि ५ हजार सम्म रुपैया  पुरस्कार स्वरुप पाउने गरेका छन् ।  मानपकडी गाविसका सबै वडाहरुमा  चौधरी समुदायका महिलाहरु आवद्ध भएका महिला समुह तथा सास्कृतीक समुहरु रहेका छन् । 
मानपकडीमा सक्रिय रुपमा सास्कृतीक कार्यक्रम प्रस्तुत गर्दै आएको अर्को सुमह हो स्मृती साँस्कृतीक क्लव समुह । मानपकडी गाविस–३ रजाडमा रहेको उक्त सास्कृती समुहले गाउँ÷गाउँमा  विभिन्न सास्कृतीक झाक्रि प्रस्तुत गर्नुको साथै विभिन्न  चेतनामुलक नाटक समेत देखाउँदै आएको छ । 
नाटक लिएर उक्त समुह रुपन्देहीका विभिन्न ग्रामिण ईलाकाहरुमा समेत जाने गरेको स्थानिय अर्की महिला स्वयम्सेविका तथा साँस्कृतीक समुहकी अगुवा ४८ बर्षिय रमकुमारी चौधरीले जानकारी दिईन् । कहिलेकाही उनीहरुको समुहले गरेको मिहिनेत देखेर नाटक हेर्ने मानिसहरुले पुरस्कार स्वरुप आर्थिक सहयोग समेत गर्दै आएका छन् ।
 बुटवल टुडेसंगको कुराकानीमा उनले भनिन्–‘कहिलेकाही नाटक प्रस्तुत गर्दा धेरै समस्याहरु आउने गरेका छन् ।’  उनले भन्नि–‘विभिन्न स्थानहरुमा जाँदा आर्थिक  समस्या समेत देखा पर्दछन् ।’ ३० जना महिलाहरु आवद्ध रहेको उक्त समुहले पोषणसम्बन्धी नाटक, महिला स्वाथ्य तथा  प्रजन्न स्वाथ्य सम्बन्धी सडक नाटक प्रस्तुत गर्दै आएका छन् । 
विगतका बर्षहरुमा आफ्ना श्रीमान् तथा पुरुष पक्षबाट केही अवरोध हुने गरेको भएपनि पछिल्लो समयमा आएको जनचेतनाको कारण विस्तारै थुन छेकमा कमी आएको स्थानिय महिला स्यवम्सेविका रमाकुमारी चौधरीले  जानकारी बताउदछिन् । 
त्यस्तै विगत ४ बर्ष देखि सास्कृती झाक्रि प्रस्तुत गर्दै आएका जनकल्याण  युवा समुहकी अगुवा ४३ बर्षिय मिना कुमार चौधरीले अहिले समुहमा ३२  जना महिला तथा वालवालिका आवद्ध  भएको जानकारी दिदै जहा बाट सास्कृतीक कार्यक्रम देखाउनको लागि बोलाउने गर्दछन् त्यहा त्यहा पुगेर सास्कृतीक कार्यक्रम, मौलिक झाक्रि प्रस्तुत गर्दै आएको जानकारी दिई्न । 
उनले नेपालको चितवनमा रहेको एक मात्र थारु संघ्रालय रुपन्देही जिल्लामा पनि स्थापना हुनुपर्ने बताईन् । बुटवल टुडे संगको कुराकानीमा उनले भनिन् –‘यस क्षेत्रमा पनि एउटा थारुहरुको सस्कृतीको बारेमा जानकारी दिने खालको  थारु संघ्रालयको स्थापना हुनुपर्दछ । थारु संघ्रालयको स्थापना भएमा लोप हुदै  गएको थारुहरुको सास्कृती बच्नेमा उनीहरुको आशा रहेको छ । यसको लागि सरकारी स्तरबाट नै थारुहरुको सस्कृती संरक्षण र सम्रर्धनमा लाग्नु पर्ने मानपकडीका चौधरी अगुवाहरुको भनाई रहेको छ । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती