दृष्टिविहिन क्रिकेटमा महिला

कृष्ण खनाल
बुटवल, १३ बैशाख । 
बुटवल टुडेमा २०७१ बैशाख १२ गते प्रकाशित समाचार 
किmकेट खेल्दै खेलाडी 
रुपन्देहीको दुधराक्ष गाविसकी सिता दर्नाल २ बर्ष पहिला  शान्ती नमुना उच्च मावि मणिग्राममा गएकी थिईन् । 
वि.स.२०६९ मा दृष्टिविहिनहरुको लागि आयोजना गरिएको क्रिकेट प्रतियोगीता अवलोकनको लागि पुगेकी उनी अचम्मीत् भईन् ।
 आफु जस्तै खेलाडीहरुले मज्जा संग क्रिकेट खेलेको र चौका र छक्का प्रहार गरेको देख्दा औधी खुसि समेत भईन् । त्यहि एक जना दाईले ‘सिता तिमि पनि अव क्रिकेट खेल्नु पर्छ’ भने । उनलाई त्यो प्रतियोगीता एउटा प्रेरेणा बन्यो ।

 त्यस पछि विभिन्न समयमा क्रिकेटको अभ्यास गर्दै आएर उनी  अहिले महिला दृष्टिविहिन क्रिकेट खेलाडी मात्र बनेकी छैन्न राष्ट्रिय स्तरको क्रिकेट समेत खेली सकेकी छिन् । 

शुक्रवार लुम्बिनी दृष्टिविहिन क्रिकेट संघले आयोजना गरेको  टि–२० महिला क्षेत्रीय क्रिकेट प्रतियोगीता खेल्दै गर्दा उनले भनिन्–‘दृष्टिविहिन भए भन्दैमा खेल खेल्न नै नसकिने होईन, आफ्नो प्रतिभा देखाउनको लागि पछि पर्नुहुदैन ।’  प्रतियोगीतामा ‘किपर’ को रुपमा रहेकी उनले  कप्तान गिता पोडेलसंगै आफ्नो टिम समालिरहेकी थिईन् । 

न्युन दृष्टिविहिन रहेकी सीता जस्तै  लुम्बिनी नेत्रहिन क्रिकेट संघमा महिला क्रिकेट खेलाडी करिव ३० जना खोलाडीहरु रहेका छन् । उनीहरु काठमाण्डौमा भएको  दृष्टिविहिन क्रिकेट प्रतियोगीता र  पोखरामा भएको राष्ट्रिय स्तरको दृष्टिविहिन क्रिकेट  प्रतियोगीतामा समेत सहभागी जनाईसकेका छन् । 

काठमाण्डौमा रहेको एक मात्र महिला दृष्टिविहिन क्रिकेटहरुको संस्था बागमती दृष्टिविहिन क्रिकेट संघकी कप्तान सुनिता घिमिरेले आफ्नो  टिमलाई समाली रहेकी थिईन् । काठमाण्डौबाट क्रिकेट खेल्नकै लागि बुटवल सम्म आएकी उनको टिमा ११  पुर्ण दृष्टिविहिन, न्युन दृष्टिविहिन  महिला खेलाडीहरु रहेका छन्  । 

अहिले सम्म २ वटा राष्ट्रिय स्तरको खेलमा सहभागी जनाईसकेको उनीहरुको टिम २०६९ सालबाट क्रिकेट खेल्न थालेको हो । कप्तान घिमिरे ६ बर्ष पहिला देखि नै क्रिकेट खेल्दै आएको बताउदछिन् । तर औपचारीक रुपमा भने टिम मा आवद्ध भएर  क्रिकेट खेल्न थालेको करिव १ बर्ष भन्दा बढि भैसकेको छ ।

 ‘महिला त्यसमा पनि दृष्टिविहिन हुँदा समाजले राम्रो दृष्टिले नै हेर्दैन ’ सुक्रवार बुटवल १३ देविनगरमा भेटिएकी घिमिरे भन्दैथिईन्–‘ महिला दृष्टिविहिनहरु पनि  केहीमा कमी छैन्न भन्ने लागेर हिम्मत गरेर क्रिकेट खेल्न लागेकी हुँ ।’ परिवारबाट राम्रो सहयोग रहेको बताउदै उनले आफ्नो  एक मात्र ईच्छा अन्र्तराष्ट्रिय स्तरको महिला दृष्टिविहिन क्रिकेटको ‘वल्डकप’ खेल्ने रहेको बताएकी छिन् । 

सरकारी क्षेत्रबाट महिला खेलकुदलाई प्रथामिकतामा नराखेको अवस्थामा अझ महिला दृष्टिविहिन क्रिकेटको लागि उपेक्षा गरेको महिला क्रिकेट खेलाडीहरुको भनाई रहेको छ । 

लुम्बिनी नेत्रहिन क्रिकेट संघका अध्यक्ष विमल पौडेलले सरकारी क्षेत्रबाट खेल क्षेत्र उपेक्षित बनिरहेको समयमा  बताउँछन् ।  स्थानिय निकाय, जिल्ला विकास समिति र नगरपालिका बाट केही मात्रमा सहयोग भएको भएपनि बास्तवमा दृष्टिविहिन भएका  व्याक्तिहरुलाई समाज र राष्ट्रले हेर्ने दृष्टिकोणमा  अहिले सम्मपनि परिर्वतन आउन  नसकेको बताए । 

उनले भने–‘सीमित स्रोत र साधनको विचमा खेलकुद अयोजना गर्नुपरेको छ यसलाई सबैले सहयोग गरिदिनुभएमा राम्रो हुनेछ । ’
उता,  नेपाल नेत्रहिन क्रिकेट संघका केन्द्रीय अध्यक्ष पवन घिमिरेले नेपालका दृष्टिविहिन खेलाडीहरु ले  वल्ड कप समेत खेल्ने सौभाग्य पाएको भन्दै फुटवलको एकेडमी जस्तै दृष्टिविहिन भएका खेलाडीहरुको पनि क्रिकेट एकेडमी स्थानपना गर्नुपर्ने  बताएका छन । 

अहिले सम्म दृष्टिविहिन भएका खेलाडीहरुले क्रिकेटलाई कमाएर खान सक्ने अवस्था नभएको भन्दै राज्यले विशेष नीति तथा नियम बनाएर दृष्टिविहिनहरुको क्रिकेटको लागि सहयोग गर्नुपर्ने उनको माग रहेको छ । 
बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘राज्यले खेलकुदलाई उपेक्षा गरेको छ, उपेक्षा भन्दा पनि राष्ट्रको सिर माथि उठाउने कार्यमा हामीहरुलाई सहयोग गर्नुपर्दछ ।’

नेपाल अहिले दृष्टिविहिन क्रिकेट खेलाडीहरु  करिव ५ सय जना रहेका छन । जसमा महिला दृष्टिविहिन क्रिकेट खेलाडी १ सय ५० जना  रहेका छन । यस क्षेत्रबाट राष्ट्रिय स्तरमा दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीबाट राम प्रसाद पौडेल, शंकर रेग्मी, खिमानन्द गैरे, सुनिल सुवेदी र दामोदर जिसीले सहभागीता जनाउदै आएका छन् । दृष्टिविहिनहरुले खेल्ने क्रिकेट प्रतियोगीता बल भुईमा गुडाएर खेलिन्छ । 

बलको वितमा आवाज आउने बस्तु राखिएको हुन्छ ।  जसले क्रिकेट बल पत्ता लागाउनको लागि मद्धत गर्दछ । 
(((((((((((((((((((((((((((((((((
क्षेत्रीय महिला दृष्टिविहिन क्रिकेट प्रयोगीता सुरु
आयोजक लुम्बिनी विजयी
कृष्ण खनाल
बुटवल, १२ बैशाख । 
दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजनमा शुक्रवारबाट बुटवलमा सुरु टि–२० ‘क्षेत्रीय महिला दृष्टिविहिन  क्रिकेट प्रतियोगीता’मा आयोजक विजयी  भएको छ । 

बुटवल–१३ देविनगरमा रहेको बाणिज्य क्याम्पस खेल मैदानमा भएको पहिलो  खेलमा आयोजकले बागमती दृष्टिविहिन क्रिकेट क्लवलाई हराएको हो । 

टस जितेर पहिला व्याटिङ्ग गरेको  लुम्बिनी दृष्टिविहिन क्रिकेट क्लवले  १ सय ४१ रन बनाएको थियो । १ सय ४२ रनको टार्गेट लिएर जवाफि मैदानमा उत्रीएको बाग्मती  दृष्टिविहिन क्रिकेट क्लवले ९ विकेटको क्षतीमा मात्र १ सय १ सय १८ रन मात्र बनाएको थियो । यसरी १३ रनले आयोजक विजयी बनेको हो । प्रतियोगीतमा १० रन खर्चे र ४  विकेट लिने दृष्टिविहिन क्रिकेट क्लवकी गीता पौडेल म्यान अफ दि म्याच घोषित भईन् । 
प्रतियोगीताको शुक्रवार एक कार्यक्रका विच उद्घाटन गरिएको थियो ।

 दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष विमल पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा बुटवल नगरपालिका कार्यकारी अधिकृत बाबुराम गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

  कार्यक्रममा नेपाल दृष्टिविहिन क्रिकेट संघका केन्द्रीय अध्यक्ष पवन घिमिरेको विशिष्ट आत्यिता र बुटवल नगरपालिकाका सामाजिक विकास अधिकृत दामोर  ज्ञवाली, रुपन्देही नेत्रहिन पुनस्थापना कार्यउक्रम संयोजक प्रेम महर्जन, जिल्ला विकास समिति रुपन्देहीका प्रतिनिधी एकनारायण खनाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका सचिव दामोदर जिसीले गरेका थिए ।




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती