Posts

Showing posts from April, 2014

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता

Image
कृष्ण खनाल बुटवल, १६ बैशाख ।   नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी ऐन–२०६३ ल्याएको ९ बर्ष पुगेको छ ।  २०६९ असोज २७ गते प्रेस विज्ञप्ती जारी गरी ‘नेपाल सरकारले प्रदान गर्ने सेवामा सेवा ग्राहिको पहुँच विस्तार गर्ने रणनिती’ अनुसार अनलाईन कम्पनी दर्ता गर्ने प्रक्रियाको सुरुवात गरेको थियो । सोही मिति मा नै  अनलाईनमा दर्ता भएका कम्पनीहरुको विवरण अवलोनन गर्न सकिने गरी ‘आईट लाईन कम्पनी प्रोफाईल भिउङ्ग’ सेवा समेत  परिक्षणको रुपमा सुरु ग¥यो ।  ‘घरमै बसीबसी कम्प्युटरको अगाडी नै कम्पनी दर्ता गर्न सकिने’ भन्दै ल्याइएको अनलाईन कम्पनी दर्ता प्रक्रिया सबै कम्प्युटर प्रणालीबाट नै हुने भएपनि अन्तिमदर्ता (फाईनल प्रोसेसिङ्ग) को लागि काठमाण्डौ  नैै  जानुपर्ने बाध्याता उद्योगी व्यवसायीहरुको रहेको छ ।  कारण हो अनलाईनबाट दर्ता गरिएको कम्पनीमा डिजिटल सिग्नेचरको व्यवस्था छैन । जसको कारण हस्ताक्षरको लागि पनि उद्योगी व्यवसायीहरु काठमाण्डौमा नगई  कम्पनी आधिकारीक रुपमा दर्ता नै हुदैन । नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी ...

‘होमस्टे’ले बदल्यो अमलटारीको मुहार

Image
कृष्ण खनाल अमलटार  नवलपरासी 1 4  बैशाख ।   करिव ५ बर्ष पहिला नवलपरासीको अग्यौली गाविस–५ बघखोरका स्थानिय बासिन्दाहरुको दिनचर्या बन्य जन्तु धपाउँदैमा वित्ने गर्दथ्यो । नजिकै रहेको चितवन बन्य जन्तु आरक्षबाट आउने विभिन्न जंगली जनाबारहरुबाट  जहिले पनि हैरानी व्यहोर्ने गर्दथे ।  बुटवल टुडेमा प्रकाशित समाचार  दिनमा बाँदरको र रातमा हात्ती, चितुवा र बाघ बस्तीमा बसेर कतिखेर हानी नोक्सानी गर्ने हुन् भन्ने चिन्ता थियो उनीहरुलाई । कयौ पटक स्थानिय पालेको घरपालुवा जनावार र बालिनाली जंगली जनावारको सिकार हुन पुगेको अतिती उनहरुलाको  दिमागमा ताजै छ ।  यसरी पटक पटक जंगली  जनावारहरुको आक्रमण हुन थालेपछि स्थानियहरुले एउटा जुक्ति निकाले नजिकैको सामुदायिक वन संरक्षण गर्ने र गाउमा आउने जंगली जनावारहरुलाई रोक्न करेन्ट सहितको तारबार  लगाउने ।  परिकारको विवरण .. विस्तारै उनीहरुले घु्रद्रुक छाप सामुदायिक बनमा वृक्षरोपण गरे । हरियाली बनाउनै गए । विगतका बर्षहरुमा तिनै जंगली जनावारहरुबाट हैरानी व्यहोर्ने गरेका स्थानियहरु  अहिले ति...

‘एक लाख बढि विरुवा बाढ्ने अभियानमा–सितलनगर सेक्टर’

Image
कृष्ण खनाल  बुटवल, १४ बैशाख ।  एक बर्ष भित्र एक लाख भन्दा बढि विरुवा  उत्पादन गरी सितलनगर सेक्टर बनले ‘निःशुल्क विरुवा वितरण’ अभियान सुरु गरेको छ ।  विगतका बर्षहरुमा सेक्टर वन अन्र्तगतका बुद्ध सामुदायिक वन, सितलनगर साुमदायिक वन, प्रगती समुदायिक वन, बुद्ध मावली सामुदायिक वन र मिलन सामुदायिक वन र अन्य उपभोक्ताहरुलाई समेत निःशुल्क रुपमा विभिन्न जातमा विरुवाहरु वितरण  गर्दै आएकोमा यस बर्ष १ लाख १० हजार विरुवा वितरण गर्ने लक्ष्य लिएको सितलनगर सेक्टर वन सहायक वन अधिकृत सत्यनारायण सिंहले जानकारी दिए ।  उनका अनुसार सितलनगर सेक्टर वनको नर्सरीमा अहिले १० हजार बाँसको विरुवा र अन्य प्रजातीहरुमा निम, बडहर, बकाईनो, आसिया, ईमली, जेलवी, सिरिस, ववुल, टिक, जामुन, मसला, सियौ र क्यारिस सिमिया जातका विरुवाहरु हुर्किरहेका छन ।  उक्त नर्सरीले रुपन्देहीमै दोस्रो पटक नमुनाको रुपमा खासगरी चुरे क्षेत्रको संरक्षण र खोलानालाबाट हुने कटान रोक्नमा प्रभावकारी मानिएको बाँसको विरुवा ‘कलमी’ उत्पादन गरेको छ । रुपन्देहीमा नै पहिलो पटक गतबर्ष धेरै संख्यामा बाँसको विरुवा ...

दृष्टिविहिन क्रिकेटमा महिला

Image
कृष्ण खनाल बुटवल, १३ बैशाख ।  बुटवल टुडेमा २०७१ बैशाख १२ गते प्रकाशित समाचार  किmकेट खेल्दै खेलाडी  रुपन्देहीको दुधराक्ष गाविसकी सिता दर्नाल २ बर्ष पहिला  शान्ती नमुना उच्च मावि मणिग्राममा गएकी थिईन् ।  वि.स.२०६९ मा दृष्टिविहिनहरुको लागि आयोजना गरिएको क्रिकेट प्रतियोगीता अवलोकनको लागि पुगेकी उनी अचम्मीत् भईन् ।  आफु जस्तै खेलाडीहरुले मज्जा संग क्रिकेट खेलेको र चौका र छक्का प्रहार गरेको देख्दा औधी खुसि समेत भईन् । त्यहि एक जना दाईले ‘सिता तिमि पनि अव क्रिकेट खेल्नु पर्छ’ भने । उनलाई त्यो प्रतियोगीता एउटा प्रेरेणा बन्यो ।  त्यस पछि विभिन्न समयमा क्रिकेटको अभ्यास गर्दै आएर उनी  अहिले महिला दृष्टिविहिन क्रिकेट खेलाडी मात्र बनेकी छैन्न राष्ट्रिय स्तरको क्रिकेट समेत खेली सकेकी छिन् ।  शुक्रवार लुम्बिनी दृष्टिविहिन क्रिकेट संघले आयोजना गरेको  टि–२० महिला क्षेत्रीय क्रिकेट प्रतियोगीता खेल्दै गर्दा उनले भनिन्–‘दृष्टिविहिन भए भन्दैमा खेल खेल्न नै नसकिने होईन, आफ्नो प्रतिभा देखाउनको लागि पछि पर्नुहुदैन ।’  प्रतियोगीता...

लुम्बिनी शिक्षालयद्वारा शिक्षकहरुमाथि बह्मलुट

Image
बुटवल, 6  बैशाख ।  बुटवलको कालिकानगरमा रहेको एक विद्यालयले अध्यायपन गराईरहेका शिक्षक–शिक्षिका र पुर्व शिक्षक शिक्षिकाहरुको तलबमा बह्मलुट गर्दै आएको रहस्य  खुलेको छ ।  अहिले बुटवल–१३ कालिकानगरमा रहेको ‘लुम्बिनी शिक्षालय’ ले  विद्यालयमा लामो समय देखि अध्ययपन गराईरहेका शिक्षक–शिक्षिकाहरुलाई विना कारण  निकाला गरी ४ देखि ७ महिना सम्मको तलव नै नदिएको  कुरा वाहिर आएको छ ।  जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा करुणा मेमोरियल एकेडमी नाममा दर्ता भएपनि अहिले आफुखुसी ‘लुम्बिनी शिक्षालय‘नामाकरण गरेको उक्त विद्यालयले यस अघि कालिकानगरकै एक ठाउँमा ‘ह्वाई हल’ नामबाट विद्यालय संञ्चालन गरेको थियो ।  उक्त विद्यालयले विनाकारण ‘राम्रो नपढाएको’ अहिले सम्म करिव २० जना भन्दा शिक्षक–शिक्षिकाहरुलाई निकाला गरेकोसमेत बुझ्न आएको छ ।  नाम उल्लेख नगर्ने सर्तमा विद्यालयमा लामो समयसम्म अध्ययपन गराई निकाला गराइएकी एक जना शिक्षिकाले विद्यालयबाट ७ महिनाको तलब लिन बाँकी रहेको बताई्न । उनले आफुले विद्यालयबाट पाउनुपर्ने रकम अघिल्लो बर्ष २०६८ सालको ५ महिनाको तलब ब...

के छ ज्यामिरेमा ?

Image
कृष्ण खनाल  ज्यामिरे गाउको एक दृष्यि.. एक दिन साँझ पत्रकार मित्र विरेन्द्र कुँबरले फोन गर्नुभयो । ‘कृष्ण जी के छ भोलिको दिन फुर्सद् हो ?’ मैले भने–‘ अँ फुर्सदमै छु, भन्नुस् न केही काम छकी ?’ मेरो प्रश्नको उत्तरमा उहाँले भन्नुभयो –‘तपाई हामी मिलेर ज्यामिरे जाने प्लान बनाएका छौं के छ जान भ्याउनु हुन्छ नि?’ मैले भने–‘किन नभ्याउनु भ्याउँछु नी पाल्पाको ज्यामिरे हो ?’ मैले प्रतिप्रश्न गरे  । ज्यामिरे जादै गर्दा बाटोमा थकाईलागेपछि   जवाफमा वीरेन्द्र जी ले भन्नुभयो–‘ होईन कहाँको पाल्पा नी ? रुपन्देहीको हो, जाँदा तामनगर सम्म बाईकमा जाउँला अनि २ घण्टा उकालो हिँड्न पर्छ ।’  उहाँले यति भनेपछि तपाई हिँड्न त सक्नु हुन्छ नी ? मैले भने पहाडमा १५ बर्षसम्म हिँडेको मान्छु हुँ क्या किन हिँड्न नसक्नु नी ?  अनि हाम्रो योजना  ज्यामिरे जाने  भयो । पत्रकार लक्ष्मण  पोखरेल, कपिल ज्ञवाली, टोपराज शर्मा, विनोद परियार, विरेन्द्र कुँवर र यो पंक्तिकार ज्यामिरे जाने भयौं ।  ज्यामिरेमा फलेका मकै  ज्यामिरे पुगेको पत्रकारको  टिम  ...

४ बर्षमा पनि नटुङ्गने सडक

Image
कृष्ण खनाल पाल्पा, ३० चैत ।   पसिनाले निथुक्क भिजेकी पाल्पाको कोलडाँडा गाविस ६ घङ्गन्रछापकी कुमारी घर्तिमगरले ढाडमा ५ बर्षको छोरा बोकेकी थिईन् ।  छोराका लागि चाहिने आवश्यक कपडा तथा खानेकुरा पनि उनले साथैमा बोकेकी थिइन् । सुईँयया् सुस्केरा हाल्दै  ठाडो उकालेमा हिड्दै गरेकी उनले नजिकैको आफ्नो साथीलाई भनिन्—‘पैसा उठाएर बाटो बनाइयो तर हाम्लाई भने दुःखको दुःखै ।’  घरबाट दुई घण्टाको ओरालो र उकालो बाटो हुदै शुक्रबार दिउँसो करिव १ बजे  पाल्पाको मस्याम गाविस नजिकैको चरचरेको उकालोमा भेटिएकी घर्तिमगरले मिहिनेतले तरकारी बेचेर कमाएको ७ हजार रुपैँया बाटोको लागि खर्च दिएको थिईन् । तर आज भन्दा करिव ४ बर्ष पहिला नै उनी जस्ता गाउका सबैले न्युनतम् ७ हजार देखि ५० हजार रुपैया सम्म बाटोको बनाउनको लागि रकम उठाएर खर्च गरेका थिए । तर उनीहरुले उठाएको पैसाले बाटो तर बन्यो तर गाडी चलेन । गाडी नचल्दा गाउका स्थानियले उत्पादन गरेको तरकारी, खसी बोका समेत बेच्नको लागि समस्या परेको स्थानिय विष्णु बहादुर थापा बताउँदछन् ।  पाल्पाको मस्याम गाविसको चरचरे देखि कोलडाँडा गाविस भवन ...

दुर्घटनाको खानी पाल्पा

Image
३ बर्षमा १ सय ६८ वटा दुर्घटना, २ सय ६७ जनाको मृत्यु   कृष्ण  खनाल पाल्पा २८ चैत ।   यहि चैत १४ गते तानसेन नगरपालिका १४ वृन्दावनमा लु १ ख ४९३५ नम्बरको ट्रकले लु ४ प ९९०४ नम्बरको मोटरसाईकल लाई ठक्कर दियो । घुमाउरो बाटोमा मोड परेको कारण मोटरसाईकल चालक रुपन्देहीका मणिग्राम स्थायी घर भएका ४५ बर्षका मेहर सिंह  सुनारको उपचारको क्रममा मृत्यु भयो ।  त्यस्तै यहि चैत महिनामा नै  तानसेन नगरापलिका ४ श्रीनगर  उच्च मावि अगाडी लु १ ख ५५९७ नम्बरको बसले लु १६ प ३१८ नम्बरको मोटरसाईकलाई ठक्कर दियो । मोटरसाईकलमा सवार गुल्मी जिल्लामो मुझुंग स्थायि घर भएका ३१ बर्षिय झविन्द्र गौतम गम्भिर घाईते भई अलिहे उपचारको क्रममा रहेका छन ।  माथिका यि घटनाहरु एउटा प्रतिनिधी घटनामात्र हुन् । पहाडी मार्गमा धेरै मोड हुनुको साथै ग्रेड अनुसार  सडक निर्माण नगरिएको कारण पाल्पा जिल्लामा पटक पटक सामान्य देखि गम्भिर प्रकृतीका दुर्घटनाहरु हुने गरेका छन ।  जिल्ला ट्रफिक कार्यालय पाल्पाका अनुसार गएको तिन बर्षमा कुल १ सय ६८ वटा दुर्घटना भई २ सय ६७ जना मानिसको मृत्यु भ...

संस्कृती जोगाउँदै मनपकडीका थारुमहिला

Image
कृष्ण खनाल  बुटवल, २४ चैत ।  आज भन्दा करिव ५ बर्ष पहिला रुपन्देहीको मानपकडीका चौधरी समुदायका माहिलाहरुको धेरै जसो दिन चुलो चौकोमा नै वित्ने गर्दथ्यो ।  उनीहरुको दैनिक विहान उठ्यो, परिवारलाई खाना पकायो खुवायो अनि साझको समयमा पनि सोही प्रक्रिया दोहोरायो । गाउँमा हुने कुनै कार्यक्रम ा महिलाको  उपस्थिती अत्यान्तै न्युन हुने गर्दथ्यो ।  तर ५ बर्ष पछि मानपकडी फेरिएको छ । मानपकडी र यस आसपासका क्षेत्रहरुमा कुनैपनि कार्यक्रम, विवाह वा महोत्सव तथा चार्ड पर्व भएमा सबैभन्दा पहिला महिलाहरु नै पुग्ने गर्दछन्  उनीहरु आफुहरु कार्यक्रममा उपस्थिती हुने गर्दैन्न चौधरीहरुको मौलिक पहिरन र साँस्कृतीक झाक्रि सहित आतिथीहरुलाई स्वागत गर्न पुग्दछन् ।  कुनै पनि कार्यक्रम, मेला महोत्सवहरुमा विगत ५ बर्ष यता विभिन्न सास्कृतीक कार्यक्रम देखाउँदै आएका एउटा समुह हो  ‘जय जोगिनी माता सास्कृतीक समुह’ ।  ६० जना महिला र वालवालिकाहरु आवद्ध भएको यो समुहले स्थानिय स्तरका लगभग सबै कार्यक्रमहरुमा सहभागी भएर विभिन्न समयमा पुरस्कार समेत प्राप्त गरेको छ । जसको नेतृत्व गरेकी...

रुपन्देहीमा महिला स्वयम्सेविकाको नै बाल विवाह

Image
कृष्ण खनाल  बुटवल, २३ चैत ।  रुपन्देहीको बुद्धनगर दुधराक्षबाट  मागी विवाह हुँदा पुष्पा चौधरी जम्मा १३ बर्षीकी थिईन् । दुधराक्ष गाविसको बुद्धनगरबाट उनी जस्तै अन्य महिलाहरुको समेत सानैमा विहे भएको थियो । वि.स. २०४८ सालमा दुधराक्ष गाविसबाट चौधरीको विवाह रुपन्देहीको मानपकडी गाविस–६ मा भएको थियो  मागी विवाह हुदा उनी भर्खरै १३ बर्षमा लागेकी थिईन् भने उनका श्रीमान् १५ बर्षका थिए ।  तर तिनै पुष्पा चौधरी अहिले करिव ३५ बर्षमा लागेकी छिन् । उनी सानो छँदा जसरी  सानैमा(बाल अवस्थामा) विवाह भएको थियो त्यसैगरी उनका संघीहरुको पनि त्यसरीनै विवाह भएको छ ।  तर त्यसको करिव २० बर्ष पछि भने चौधरी अर्थात थारु समुदायमा वाल विवाहमा कमी आएको छ । अहिले महिला स्वयम् सेविकोको रुपमा कार्यारत रहेकी पुष्पाा चौधरीले आफ्नो सानैमा विवाह भएपपिछ पछिल्लो समयमा भने बाल बिवाह भएको  नदेखेको बताउदछिन ।  ‘कन्य(रजस्वला नहुदै) विवाह गरिदियो भने देउता खुसी हुन्छ र धर्म कमाईन्छ  भन्ने मान्यताले गाँजेको समुदायमा विस्तार परिर्वतन आउँदै गएको छ ।’– महिला स्वय सेविकास ...

सहकारी नीति परिमार्जनको खाँचो

Image
कृष्ण खनाल  बुटवल, १९ चैत  ।  ‘सहकारी मार्फत दिगो आर्थिक विकास र समाजिक न्याय’ भन्ने मुल नाराका साथ देशभर ५७ औं राष्ट्रिय सहकारी दिवस मनाईदै छ ।  रुपन्देही जिल्लामा पनि सहकारी सप्ताह अन्र्तगत विभिन्न चेतनमुलक, जानकारीमुलक र सहकारीको प्रवद्र्धनात्क कार्यक्रमहरु सम्पन्न भएका छन । सहकारी दिवस मनाईरहँदा वि.स. २०४८ सालमा सरकारले ल्याएको सहकारी ऐन र त्यसलाई नियमन गर्ने निती २०४९ बर्तमान समयसम्म  आईपुग्दा समायानुकुल यसको परिमार्जन हुनुपर्ने सहकारी सम्बद्व व्याक्तीहरुको भनाई रहेको छ ।  सरकारको सहकारी प्रति स्पष्ट नीति नभएको कारण जिल्लामा रहेको सहकारीहरुको चाहे जती विकास गर्न नसकेको  जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद नेपाल बताउँदछन । बुटवल टुडेसंगको कुराकानीमा नेपालले सरकारले ल्याएको नीति पुरानो भएको कारण पटक÷पटक सहकारीमा आवद्ध भएका सहकारीहरुले सास्ती व्यहोर्नु परेको बताए । उनले भने–‘सरकारको स्पष्ट नीति नै भएन जसको कारण सहकारीहरु  प्रभावित भएका छन ।’  रुपन्देही जिल्लामा ३ सय १६ वटा बचच तथा ऋण सहकारी संस्थाहर...