एमाओवादीका जोगी
कृष्ण खनाल बुटवल/शुभारम्भ शुक्रबार बुटवल बहुमुखीको महोल नितान्त भिन्दै थियो। एकीकृत नेकपा माओवादीले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्नको लागि भनेर केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनेपछि बिहानै देखि सुरक्षा निकायका कर्मचारीहरू चाँजोपाँजो मिलाउनमा व्यस्त थिए भने एमाओवादी कार्यकर्ताहरू पनि लागिरहेको देखिन्थो। दिउँसो करिब साढे १ बजेबाट सुरु भएको एकीकृत नेकपा माओवादीको चुनावी सभामा सुरुमा एक जना केन्द्रीय सदस्यले स्वागत भाषण गरेपछि पार्टीमा कार्यकर्ता प्रवेश गराउने लहड चल्यो। अवध–मधेस राज्य समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कार्यकर्ता ओसार्नको लागि नवलपरासी, कपिलबस्तु, पाल्पा र रूपन्देहीका विभिन्न स्थानबाट दर्जनांै गाडीहरू प्रयोग गरिएको थियो। कार्यक्रममा उपस्थित अधिकांस मधेसी समुदायका मानिसहरू थिए। कार्यक्रममा पार्टी प्रवेशको नामावली पढ्ने जिम्मा पाएका कमल चु“दालीले लामो लिष्ट नै वाचन गरे। अध्यक्ष पुष्पकमल दाहालको हातबाट टिका लगाएर पार्टीमा प्रवेश गर्नेहरूको लामो लाईन नै लाग्यो। त्यही लाईनमा एकजना साधु अर्थात् जोगी समेत देखिए। उनी लाईनमा बसेकै बेला दुई÷दु