अपाङ्गता भएकाहरुलाई भत्ता वितरण, बजेटभाषणमा एउटा, कार्यान्वयनमा अर्कै


कृष्ण खनाल 
बुटवल, ३०  साउन । 
अन्तरिम चुनावी मन्त्री परिषद्का अर्थमन्त्री शंकर कोईरालाको आर्थिक बर्ष २०७०/०७१ को बजेट भाषण बु“दा नम्बर १ सय ५६ मा सम्पुर्ण अपाङ्गता भएका व्याक्तिहरुलाई विगतका बर्षहरुमा प्रदान गर्दै आएको आरक्षण प्रणाली (कोटा सिस्टम ) लाई खारेजगरी सामाजिक सुरक्षाको भत्ता प्रदान गर्ने उल्लेख गरिएको छ । 
तर त्यसलाई प्रिन्टमा त्रुटि भएको भन्दै रातो कार्ड पाउने ‘क’ बर्ग र निलो कार्ड पाउने ‘ख’ बर्गका अपाङ्गता भएका व्याक्तिहरुलाई सामाजिक सुरक्षा अन्तर्गतको भत्ता वितरण गर्ने भनेर अहिले व्याख्या गर्न थालिएको छ । तर उक्त निर्देशन पनि जिल्ला स्तरमा आउदा ‘क’बर्गको रातो कार्ड पाएका अतिअक्तश अपाङ्गता भएका व्याक्तिहरुलाई मात्र सामाजिका सुरक्षाको भत्ता वितरण गर्नु भनेर आएको पाइएको छ। विगतका बर्षहरुमा आरक्षण प्रणाली अन्र्तगत अपाङ्गता भएका  व्याक्तिहरुलाई  सामाजिक सुरक्षा अन्र्तगतको भत्ता उपलब्ध गराउ“दै आएको थियो । 
आर्थिक बर्ष २०७०÷०७१ बाट आरक्षण प्रणाली खारेजगरेर सम्पुर्ण आपाङ्गता भएका व्याक्तिहरुलाई सामाजिक सुरक्षाको भत्ता दिने भनेर बजेट भाषणमा घोषणा गरिएको भएपनि अहिले कार्यान्वयन ह“ुदा ‘क’ बर्गको  रातो कार्डमात्र पाउने अपाङ्गता भएका व्याक्तिहरुलाई मात्र प्रदान गर्नु भनेर निर्देशन आउ“दा अन्य अपाङ्गता भएका व्याक्तिहरु निरास भएका छन् । 
जिल्ला विकास समिति रुपन्देहीका पञ्जाधिकारी कृष्णराज पाण्डेले विगतका बर्षहरुमा कोटा प्रणाली अनुसार वितरण गरिदै आएको

अपाङ्गता भएका व्याक्तिहरलाई भत्ता वितरण गरिदै आएकोमा यसपटक रातो कार्ड पाएका ‘क’ बर्गका अपाङ्गता भएका सम्पुर्ण व्याक्तिहरुलाई  आर्थिक बर्ष २०७१÷०७२ बाट कार्यान्वयन हुनेगरी भत्ता वितरण गर्नको लागि निर्देशन आएको जानकारी गराए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘पहिला कोटा प्राणालीबाट वितरण गरिदै आएकोमा आगामी आर्थिक बर्षबाट रातो कार्ड पाउने सबैलाई भत्ता दिनु भनेर निर्देशन आएको छ ।’  उनले ‘ख’ बर्गको नीलो कार्ड पाउने अपाङ्गता भएका व्याक्तिहरुलाई भत्ता दिनु भनेर कुने पनि निर्देशन नआएको समेत बताए ।‘ अन्य कुनै पनि कुरा आएको छैन रातो कार्ड पाउने सबैलाई कोटा प्राणाली हटाएर  भत्ता  वितरण गरिनेछ भनेर आएको छ ।’ उनले भने । 

आर्थिक बर्ष २०६९÷०७० मा जिल्ला विकास समिति रुपन्देहीबाट अति अशक्त भएका १ सय ९७ जनाले अपाङ्गता भत्ता पाउने गरेका थिए । यो संख्या बढ्ने छ । सम्पुर्ण रातो कार्ड भएका अपाङ्गता भएका व्याक्तिहरुले विगतका बर्षहरुमा भत्ता पाएका थिएन्न । 
आर्थिक बर्ष २०६७÷०६८ मा अपाङ्गता जिल्ला संमन्वय समिति रुपन्देहीले लिएको तथ्याङ्क अनुसार रुपन्देहीमा अपाङ्गता भएका व्याक्तिहरुको संख्या ५ हजार ७ सय ९२ जना रहेका छन् । 
जस मध्ये रातो कार्ड पाउने ‘क’ बर्गका अति अशक्त अपाङ्गता भएका व्याक्तिहरुको संख्या १ सय ९७ जना रहेको छ । जसले जिल्ला विकास समितिबाट मासिक रुपमा १ हजार रुपैया सामाजिक सुरक्षा भत्ता अन्र्तगत पाउने  गरेका छन् । बजेट भाषणा भएको करिव एक महिना वित्न लाग्दा रुपन्देहीका यसको कुनै पनि निर्देशन नआएको जिल्ला विकास समितिले जनाएको छ ।
आथिर्क बर्È २०६८÷०६९ मा ५ हजार ७ सय ५२ जना अपाङगता भएका व्याक्तिहरु भएपनि जम्मा ३ हजार ८ सय ९५ जनाले मात्र अपाङगता परिचय पत्र लिएका थिए ।  
महिला तथा बालबालिका कार्यालय रुपन्देहीको तथ्याङक अनुसार एक बर्ष पहिला नया“ ढाचाको अपाङ्गता परिचय पत्र ११ सय ६ जनाले मात्र लिएका छन् । जस मध्ये सारिरिकरुपमा अशक्त ६ सय ६६जना, पुर्ण दृष्टिविहिन ७२ जना, न्युन दृष्टिविहिन ६६ जना, बहिरा १ सय २ जना, सुस्त श्रवण्ँ १२ जना, वोलाई सम्बन्धी ३ जना, बौद्धिक अपाङगता ६८ जना, मानसिक अस्वथता १३ जना ‘अटिज्म ’१ जना र बहुअपाङ्गता  भएका व्याक्तिहरु संख्या १ सय ३ जना रहेका थिए । 
अपाङगता भएका व्याक्तिहरुको  जिल्ला स्तरिय विवरण –२०६९ अनुसार रुपन्देहीमा अहिले सम्म ३ सय २६ जना पूर्ण तथा आंशिक अपाङगता भएका व्याक्तिहरुले सामाजिक सुरÔा अन्र्तगतको भत्ता पाउने गरेका थिए । जस मध्ये पूर्ण अशक्त अपाङ्गता भएका व्याक्तिहरुको संख्या १ सय ९७ जना  र आंशिक अशक्त व्याक्तिहरुको संख्या १ सय ५० रहेको छ । रुपन्देहीको दुधराÔ गाविसमा सवैभन्दा बढि २ सय ३४ जना अपाङगता भएका व्याक्तिहरु रहेका छन्  ।  उक्त गाविसमा महिला ९८ जना, पुरुÈ १ सय ३६ जना रहेका छन भने शाररिक अपाङ्गता भएका १ सय ४६ जना, दृष्टिविहिन २५ जना, सुष्तश्रश्रवण २५ जना, बौद्धिक सुस्त मनःस्थिती २८ जना र बहुअपाङ्गता भएका १० जना रहेका छन । त्यस्तै  सिद्धार्थनगर  नगरपालिकामा १ सय ४७ जना र बुटवल नगरपालिकामा ३ सय ९५ जना अपाङ्ग भएका व्याक्तिहरु  रहेका छन । बुटवल नगरपालिकामा सवैभन्दा बढी वार्ड नम्बर १३ मा १ सय १० जना र सवै भन्दा कम वार्ड नम्बर ७ मा १० जना अपाङ्गता भएका व्याक्तिहरु रहेका छन् ।  
उता, अपाङ्ग पत्रकार संघ  नेपालका अध्यक्ष रविन थपलियाले सरकारले अपाङ्गता भएका व्याक्तिहरुमाथि अन्याय गरेको बताउदछन् । बजेट भाषणामा एउटा कुरा गर्ने र अहिले कार्यान्वयन गर्दा अर्को कुरा गर्नु अपाङ्गता भएका व्याक्तिहरुलाई सरकारले सोझै अन्यायन गरेको कारणयसमा सबै मिलेर विरोध गर्नुपर्ने बताएका छन । ‘यो सरासर अपाङ्गता भएका व्याक्तिहरुमाथि अन्याय हो यसमा सबै मिलेर विरोध गर्नुपर्दछ ’ उनले भने–‘बजेट भाषणमा  उल्लेख गर्ने अनि अहिले आएर प्रीन्ट मिस्टेक भएको भनेर भन्ने जुन गैरजिम्मेवारी कुरा हो ।’ 
उता,जिल्ला विकास समिति रुपन्देहीले मंसिर महिना सम्म रातो कार्ड प्राप्त गरेका सम्पूर्ण अपाङ्गता भएका व्याक्तिहरुलाई फारम भर्नको लागि आग्रह गरेको छ । जसबाट छुटेका अपाङ्गता भएका व्यायिक्तीहरुको लागत संकलन गरेपछि केन्द्रबाट बजेट आएपछि वितरण गरिने जिविसले बताएको छ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती