पहुचको आधारमा कोषको रकम वितरण गर्ने गरेको खुलासा अधिकांस सहर केन्द्रीत संस्थालाई रकम


कृष्ण खनाल 
बुटवल, १८ साउन । 
रुपन्देहीमा जिल्ला विकास समितिबाट विनियोजन हुने लक्षित बर्ग अन्र्तगतको ‘अपाड्ड विकास कोषको’ रकम पह“ुचको आधारमा वितरण गर्ने गरेको खुलासा भएको छ । 

अपाङ्गता भएका व्याक्तिहरुलाईको क्षमता अभिवृद्धि गराउनको लागि आयमुलक र शिपमुलक र  चेनतामुलक  कार्यक्रमको लागि भनेर विनियोजन गरिएको रकमसहर केन्द्रीत केही निश्चित संस्थाहरुले मात्र कोषको रकम खर्च गर्र्ने गरेको पाइएको छ । आर्थिक बर्ष २०६९÷०७० सालमा जिल्ला विकास समितिको अपाड्डता विकास कोषको रकम ८ लाख २० हजार रुपैया विनियोजना भएकोमा अधिकांस रकम सहर केन्द्रीत अपाड्डताको क्षेत्रमा काम गर्ने भनेर स्थापना भएका संस्थाहरु खर्च गरेको पाईएको छ । 
जुन कोषको रकम गाउ गाउमा रहेका अपाङ्गता भएका व्याक्तिहरुको पहु“चमा पुग्न सकेको छैन । रुपन्देहीमा गत आर्थिक बर्षमा जम्मा ७ वटा संस्था एक जना व्याक्तिगत र अपाङ्गता उत्थान जिल्ला संमन्वय समितिले सबै रकम खर्च गरेको हो । 
खासगरी एउटा अपाड्डता सम्बन्धीत काम गर्ने संस्थाले एउटा अपाड्डता क्षेत्रमा नेतृत्व विकास, सिपमुलक तथा आयमुलक कार्यक्रम सञ्चालन गर्नको लागि एउटा गैरसरकारी संस्थाले एउटा मात्र कार्यक्रम गर्न पाउने भएको नियम भएपनि गएको आर्थिक बर्षमा एउटा संस्थाले २÷२ वटा कार्यक्रम गर्नको लागि भनेर रकम लगेर एउटै दिन एक जना व्याक्तिलाई सबै कार्यक्रममा संलग्न गराएर जिल्ला विकास समितिको अपाड्डता विकास कोषको रकम खर्च गर्ने गरेको पाईएको हो । 
आधिकारीक रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका तथा नियमिति रुपमा नविकरण हुने संस्थाहरुले मात्र रकम पाउने भएपनि कोषको रकम बाट रेडियो लुम्बिनी मणिग्राममा सञ्चाल  भैरहेको कार्यक्रम‘अपाङ्गता सरोकार’को लागि कल्पना ढकालले २० हजार रुपैया लगेर खर्च गरेकी छिन । 

जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठले गत आर्थिक बर्षमा लक्षीत बर्षका  सबै रकम खर्च भएको जानकारी दिए । अहिले विगठन भएको अपाङ्गता उत्थान जिल्ला संमन्वय समितिका उपाध्यक्ष हुमनाथ अधिकारीका अनुसार उनका अनुसार रुपन्देहीमा क्रियाशिल  ८  वटा गैर सरकारी संस्थाले लक्षित बर्ग अन्र्तगतको ‘अपाङ्ग विकास कोष’ को रकम खर्च गरेका छन । 
रुपन्देहीमा गत आर्थिक बर्षको कुल रकम ८ लाख २० हजार रुपैया मध्ये नेपाल दृष्टिविहिन उत्थान संघ बुटवलले अपाङ्गता भएका व्याक्तिहरुको लागि परियोजना तथा प्रस्तावना लेखन तालिमको लागि २० हजार रुपैया र दृष्टिविहीनहरुको लागि कम्प्युटर तालिमको लागि २८ हजार गरी कुल  ४८ हजार रुपैया खर्च गरेको छ । त्यस्तै रुपन्देही नेतृहिन संघले २ वटा कार्यक्रम मैनवत्ती बनाउने डाई वितरण र रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सञ्चालनको लागि ४० हजार रुपैया खर्च गरेको छ ।

 त्यस्तै रुपन्देही अपाङ्ग पुनस्थापना केन्द्र दुधराक्ष रुपन्देहीले अचार बनाउने तालिम र नेतृत्व विकास तालिमको लागि ४० हजार रुपैया खर्च गरेको  विगठीत अपाङ्गता उत्थान जिल्ला संमन्वय समितिका उपाध्यक्ष हुमनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार सुस्तमःनस्थीत वाल विद्या मन्दिर बुटवले बाख्रा वितरणको लागि २० हजार रुपैया । पश्चिमाञ्चल बहिरा तथा सुस्तश्रवण संले बहिरोपन भएका व्याक्तिहरुको लागि नेतृत्व विकासको लागि भनेर २० हजार रुपैया खर्च गरेको छ । त्यस्तै अपाङ्ग पुनस्थापना समाज मंगलापुरले अपाङ्गता भएका व्याक्तिहरुको लागि सहयक सामग्री वितरणको लािग २० हजार रुपैया खर्च गरेको छ ।  दृष्टिविहिन क्रिकेट संघले  पुर्नताजकी कार्यक्रम र खेलकुद कार्यक्रमको लागि ४५ हजार रुपैया खर्च गरेको छ । जुन संस्थाहरु अधिकांस सहरकेन्द्रीत संस्थाहरु हुन । 
त्यस्तै अपाङ्गता जिल्ला संमन्वय समिति मार्फत सुस्तमनस्थीति भएका अपाभिभावको लागि पुर्नताजकी कार्यक्रम तालिम सञ्चालन गरेको छ । ६ वटा गाविसमा अनुगमन र  सुस्त मनस्थिती भएका रुद्रपुरका वालवालिका हरुको लागि पोसाक वितरणको लागि समेत रकम खर्च गरिएको छ ।  
विगठीत अपाङ्गता उत्थान संमन्वय समितिका उपाध्यक्ष अधिकारीले जिल्ला विकास समितिबाट विनियोजना हुने रकम गाउ गाउका अपाङ्गता भएका  व्याक्तिहरुको लागि खर्च गर्नको लागि असंभव भएको बताउदछन । उनले गाउ गाउमा लक्ष्तीत बर्गको लागि गाउ विकास समितिबाटै रकम विनियोजना हुने भएकोले  रुपन्देही जिल्लामा रहेका २ वटा नगरपालिका र ६९ वटा गाविसमा रकम अपुग हुने बताए । उनले भने–‘गाउ मा गाविसबाट रकम विनियोजना हुन्छ जिल्लाको रकम थोरै हुन्छ त्यै भएर केही निश्चित  संस्थाहरुले मात्र पाउदछन ।’ उनले जिल्लामा क्रियाशिल रही जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैरसरकारी संस्थाले आफ्नो कार्यक्रम जिल्ला परिषद्मा पेस गरेपछि रकम प्राप्त गरी कार्यक्रम सञ्चालन गर्ने बताए । अपाङ्गता जिल्ला संमन्वय समिति मार्फत 

उता, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठले एउटा गैरसरकारी संस्थाले जिविस अपाङ्गता विकास कोषको रकमबाट एउटा मात्र कार्यक्रम गर्न पाउने र पछि संमन्वय सतिको बैठक बाट रकम बचेमा  संस्थालाई दिन सकिने जानकारी गराए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘एउटा संस्थाले एउटा कार्यक्रमको लागि मात्र रहक पाउछ तर पछि रकम बचेमा फेरी कार्यक्रमको प्रकृती हेरेर दिन सकिन्छ ।’

उनले यस्तो कुरा बताए पनि यहाका केही संस्थाहरुले एकै दिन एउटै कार्यक्रममा २÷२ वटा कार्यक्र उही सहभागीहरुलाई सहभागीता बनाए र गर्नेको पाइएको छ । रुपन्देही नेत्रहिन संघले एउटै व्याक्तिलाई एकै समयमा तिन वटा सम्म कार्यक्रममा संलग्न गराउने गरेको  समेत पाइएको थियो । आर्थिक बर्षको अन्त्यतिर बुटवल बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा पत्रकारिता तथा उद्घोषण तालिम, गमनशिलता तालिम र अपाड्डता भएका व्याक्तिहरुको  लागि मैन वत्ति बानउने डाई समेत वितरण गरेको थियो । गाउ“ –गाउ“मा  रहेका अपाड्डता भएका संस्थाहरुले रकम नपाएको गुनासो आईरहेको समयमा एउटै संस्थाले एउटै व्याक्तिलाई आधा दर्जन भन्दा बढि कार्यक्रमहरुमा सहभागी बनाएर कोषको रकम खर्च गर्ने गरेको पाइएको छ । जसको करण अन्य अपाड्डता भएका व्याक्तिहरुले जिल्ला विकास समितिबाट विनियोजन हुने अपाड्डता विकास कोषको रकमबाट लाभ लिन सकेका छैन्न । एउटै व्याक्तिलाई पत्रकारिता तालिम, आधारभुत कम्प्युटर तालिम, नेतृत्व विकास तालिम, गमनशलिता तालिम र सेतो छडी वितरण तथा सहयोगी सामाग्री वितरण गर्ने गरेको प्रमाण फेला परेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती