पर्यटन प्रवद्र्धनको लागि १ सय ५१ फिटको हनुमान मुर्ति


कृष्ण खनाल 
बुटवल, २७ साउन । 
बुटवलमा अन्तरिक तथा अन्र्तराष्ट्रिय धार्मिक पर्यटनहरु भित्र्याउने उदेश्यका साथ बुटवलमा विश्वकै सबैभन्दा  अग्लो हनुमानको मुर्ति स्थापना  हुने भएको छ । नेपाल विश्वकै सबैभन्दा अग्लो सिखर सगरमाथा भएको देश भनेर चिनिदै आएकोमा अब विश्वकै सबैभन्दाअग्लो हनुमानको मुर्ति भएको भएको देश  भनेर समेती चिनने भएको हो ।
 विश्वकै अग्लो १ सय ५१ फिटको हुनुमानको मुर्ति स्थापनाको लागि संकटमोचन हनुमान धाम सेवा समितिले गुरुयोजनाको काम समेत सम्पन्न गरिसकको छ । धाम सेवा समितिका अध्यक्ष अशोक कुमार वर्माका अनुसार बुटवल–१४ तिजगढीमा हनुमानको मुर्ति स्थापनाको लागि अहिले गुरुयोजनाको  काम सम्पन्न भएको जानकारी दिए ।
 उनले हनुमानको मुर्ति स्थापनाबाट यस क्षेत्रमा अन्तरिक तथा वाह्य पर्यटन आगमनका विशेष टेवा पु¥याउने बताएका छ । ‘हामीले धार्मीक सद्भाव कायम गर्नुको साथै विश्वको सामु नेपालम सबैभन्दा अग्लो हनुमानको मुर्ति छ भनेर चिनाउनको लागि समेत यो अभियान सुरु गरेका हौ ।’ उनले भने–‘यसको साथ साथै विश्वमा शान्तीको सन्देश समेत फैलाउने उदेश्य रहेको छ ।’ धामका सदस्य विष्णु प्रसाद ज्ञवालीले उक्त गुरुयोजना पुरा गर्नको लागि करिव १० देखि १५ करोड रुपैया लाग्ने अनुमान गरिएको कारण सोही अनुसार आर्थिक संकलनको लागि अहिले अभियानको रुपमा लागिएको बताउदछन ।
उनले  सोही गुरुयोजनालाई पुरा गर्नको लागि अहिले बुटवलमा वृहत गजल साझको अयोजना समेत गर्न लागिएको जानकारी दिए  । राजधानी वाहिर नेपाल र भारतका सुपसिद्ध गजल गायक÷गायिकाहरुको विशेष प्रस्तुती हुने गजल साझबाट संकलन भएको रकम हनुमानको मुर्ती  स्थापनाको लागि खर्च गरिने ज्ञवालीको भनाई छ । ‘हामी नेपाललाई गौतम बुद्धको देश, विश्वकै अग्लो सगरमाथाको देश र अव विश्वकै अग्लो हनुमानको मुर्ति भएको देश भनेर चिनाउन चाहान्छौ ।’ उनले भने–‘जसको लागि गजल साझको अयोजना गरिएको हो ।’ नेपाल भारतका स्तरिय कलाकारद्वारा सास्कृतीक समाजिक र धार्मीक एकताको सन्देश प्रवाह गर्नको यो कार्यक्रमको आयोजना गरिएको धामले जनाएको छ । अहिले धामो गुरुयोजना तयार भैसकेपछि जग्गा प्राप्त गर्ने काम समेत सुरु गरिएको छ । आर्थिकको कारण हनुमानको मुर्ति स्थापनाको लागि केही समय लागेको कारण अवको केही समयमा काम अगाडी बढ्ने धामले जनाएको छ ।
बुटवलमा पहिलोपटक अयोजना गरिएको गजल साझको लागि नेपालका चर्तित गजल गायक रामकृष्ण ढकाल, भारतका प्रदिप सक्सेना,  ईण्डीयन ल्याप्टर च्यालेन्जका एयाज भाई, भारतकी महिला गजल गायिका खुशी सिंह र स्थानिय एन्जिला रेग्मी लगायतका कलाकारहरुको विशेष प्रस्तुत रहने छ । २८ गते आज अर्थात आज  आयोजना हुने कार्यक्रममा बुटवल मिलनचोकमा रहेका सिद्धार्थ कटेजमा आयोजना हुनेछ । साझ ५ बजेदेखि ९ बजे सम्म अयोजना गरिएको गजल साझमा   डिनर सहितको  एकल व्याक्तीको लागि १५ सय रुपैया  र परिवार सहितको लागि २५ सय रुपैयाको टिकटको व्यवस्था गरिएको छ ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती