बुटवल नगरपालिका राजश्व संकलनमा अब्बल


कृष्ण खनाल
 बुटवल, १९ साउन । 
नेपालकै उत्कृष्ठ नगरपालिका घोषित भएको बुटवल नगरापालिकको राजश्व संकलनमा पनि अब्बल देखिएको छ । न्यूनतम शर्त तथा कार्य सम्पादन मुल्याङकन मापनका आधारमा तोकिएको मापदण्ड पुरा गरेपछि  नेपालभरका कुल ५८ वटा नगरपालिकाहरु मध्ये कुल १ सय अंकमा सार्वोत्कृष्ठ ९१ अंक ल्याएर प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । 
बुटवल नगरपालिका
बुटवल नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतमले सरकारको कार्यसम्पादन मुल्याङ्कन मापन  प्रतिवेदन अनुसार बुटवल नगरपालिका आर्थिक बर्ष २०६८÷०६९ मा नेपालभरका नगरपालिलाई पछाडी पार्दै प्रथम स्थान प्राप्त गर्नु गौरवको विषय रहेको  बताएका छन । अघिल्लो आर्थिक बर्षमा गरिएको सर्वेक्षण अनुसार नगरपालिका देशकै सार्बोच्च स्थान प्राप्त  गर्न सकेको जानकारी दिदै अझ नगर क्षेत्रमा सुधारका कामहरु गर्नुपर्ने समेत बताएका छन ।‘सबै सुविधा त कहा पो पुगेको हुन्छ र अन्य भन्दा उत्कृष्ठ  राम्रो काम गरेको कारण उत्कृष्ठ भएका हौ ।’ उनले भने –‘थप सुधारका काम क्रमक रुपमाअगाडी बढाउदै लैजान्छौ ।’
उनले नगरापालिका उत्कृष्ठ घोषणा हुदा वित्तिकै  कुनै थप नया कार्यक्रम तथा योजना नभएको जानकारी गराउदै पुरान र जारी रहेका कार्यक्रम तथा योजनाहरु पुरा गर्ने योजना रहेको समेत जानकारी गराए । ‘उत्कृष्ठ घोषण हुदा वित्तिकै  थप नया काम गर्ने केही होईन पुराना काम र योजनाहरुलाई नै निरन्तरता दिने हो ।’ उनले भने  । 
उनले नगरपालिकाले उपलब्ध स्रोत र साधानको अधिकतम रुपमा प्रयोग गरी बढि भन्दा बढि योजनाहरु पुरा गर्नमा नगरपालिका लाग्ने समेत बताएका छन । ‘नगरपालिको स्रोतलाई परिचालन गरेर अधिकतम योजनाहरु पुरा गर्ने योजनामा लागेका छौ ।’ उनले भने–‘सबै योजनाहरु पुरा हुदैन्न  विस्तारै प्राथमिकताका योजनाहरु पुरा गर्दै लैजानु पर्दछ ।’ 
 उत्कृष्ठ रुपमा घोषणा भएको नगरपालिकाले राजश्व संकलन दरमा बृद्धि भएको बुटवल नगरपालिकका राजश्व अधिकृत विजयदेव भुर्तेलले जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनले अहिले प्रकाशन भएको प्रतिबेदन आर्थि बर्ष २०६८÷६९ को परिक्षण प्रतिवेदन भएको भन्दै उक्त आर्थिक बर्षको तुलनामा पछिल्लो आर्थिक बर्षमा १८ प्रतिशत भन्दा बढिले राजश्व संकलनमा नगरपालिका सफल भएको जानकारी दिए । 
उनले भने‘ पहिलो बर्षमा करिव १८ प्रतिशत भन्दा बढि राजश्व संकलन गर्न सफल भएका छौ ।’ उनका अनुसार आन्तरिक राज्श्वमा सबैभन्दा बढि एकिकृत सम्पती कर, व्यवसाय कर , बाहल करमा उल्लेख रुपमा राजश्व संकलन वृद्धि भएको छ । 
उता, नगरपालिका उत्कृष्ठ स्थानमा आउनु यस बर्ष मात्र नभाई अघिल्ला बर्षहरुमा पनि नगरापालिकाले प्राप्त गरेको अंक यत्कृष्ठ रहेको नगरापालिकका लेखापाल सितु प्रसाद श्रेष्ठ बताउदछन ।  ‘गत बर्ष तेस्रो स्थानमा थियौ यस बर्ष प्रथम स्थानम  आयौ यसमा सबैको योगदान छ ।’ उनले भने । 
लेखापाल श्रेष्ठका अनुसार गत आर्थिक बर्ष २०६९÷७० मा नगरपालिकाले कुल २०  करोड ७३ लाख २५ हजार ७ सय ६ रुपैया ८९ पैसा आम्दानी गरेको छ ।  जुन स्थानिय कर आम्दानीमा ३ करोड २६ लाख ८ हजार ९ सय १७ रुपैया ८१ पैसा, सेवा शुल्क वापत १ करोड ६२ लाख ७६ हजार ५ सय ६३ रुपैया ५१ पैसा, दस्तुर शिर्षक अन्र्तगत २ करोड  ३९ लाख ६ हजार ९१ रुपैया आम्दानी गरेको छ । 

त्यस्तै विक्रिबाट २ लाख ५८ हजार ३ सय ७५ रुपैया, स्रोत परिचानबाट ५ लाख ८ हजार ९ सय २७ रुपैया, अन्य आयबाट १ करोड  ७७ लाख ३ सय ५८ रुपैया ५८ पैसा, नेपाल सरकारबाट प्राप्त अनुदानबाट ६५ लाख ३० हजार रुपैया, अन्य अनुदानबाट २ करोड ३४ लाख १ हजार ६८ रुपैया र जिल्ला विकास राजश्व बा“डफाडबाट प्राप्त आय मार्फत ५८ लाख ८९ हजार १ सय ३८ रुपैया आम्दानी गर्न सफल भएको हो । भने सोही आर्थिक बर्षमा २ करोड १० लाख २८ हजार १ सय १० रुपैया ७४ पैसा खर्च भएको छ ।  
विगत ३ बर्ष यता नगरपालिको कार्यसम्पादनमा निरन्तर सुधार हुदै आएको समेत तथ्याङकले देखाएको छ । न्युनतम् शर्त तथा कार्यसम्पादनमापनमा आर्थिक बर्ष ०६८÷६९ मा स्थानिय शासन तर्फ  २२ अंकमा ९, वित्तिय व्यवस्थापनमा २८ मा ११, योजना तथा कार्यक्रम व्यवस्थापन १८ मा ७, संगठन तथा जनशक्ती  विकासमा १४ मा ६ र शहरी आधारभुत सेवा व्यवस्थापन १८ अंकमा ७ अंक गरी कुल ४० अंक प्राप्त गरेको थियो । 
त्यस्तै सोही आर्थिक बर्षमा कार्यसम्पादन मापन सुचाकांकमा नेपाल सरकारबाट ‘स्थानिय शासन’ शिर्षकमा मात्रै मात्रै सहभागीता मुलक नगरयोजना तर्जुमामा ४, लैगिंक समता र सामाजिक समावेशिकरणमा २, सामाजिक परिचालन र शहरी गरिवी न्युनीकरणमा १, नियमन सेवा व्यवस्थापनमा २, सुचना व्यवस्थापन र पारदर्शीतामा ४ , आचार संहिता र सम्पती विवरणमा २,  सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा २, निर्देशिका पालना तथा प्रतिवेदनमा २, सामाजिक परिक्षण तथा सार्वजानिक सुनुवाईमा २ गरी कुल २१ अंक प्राप्त गरेको थियो । त्यस्तै सोही आर्थिक बर्षमा कुल ६१ अंक हासिल गरेको थियो । त्यस्तै आर्थिक बर्ष ०६६÷६७ मा स्थानिय शासन तर्फ १५, वित्तल व्यवस्थापन तर्फ २०, संगठन तथा जनशक्ती विकासमा १०, योजना तथा कार्यक्रम व्यवस्थापनमा १४ र शहरी आधारभुत सेवा व्यवस्थापनमा १४ अंक प्राप्त गरेको छ ।  

आर्थिक बर्ष ०६७÷०६८ मा स्थानिय शासन तर्फ १८, वितिय व्यवस्थापनमा २०, संगठन तथा जनशक्ती विकासमा १५, योजना तथा कार्यक्रम व्यवस्थापनमा १८ अंक प्राप्त गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्ष ०६८÷६९ मा स्थानिय शासन तर्फ २१, वित्तिय व्यवस्थापनमा २२, संगठन तथा जनशक्ती विकासमा १३, योजना तथा कार्यक्रम व्यवस्थापनमा १७, शहरी आधारभुत सेवा व्यवस्थापनमा १८ अंक प्राप्त गर्न सफल भएको नगरपालिकाले जनाएको छ । 
त्यस्तै गत आर्थिक बर्षमा स्थानिय शासनमा २१, वितीय व्यवस्थापनमा २२, योजना तथा कार्यक्रम व्यवस्थापनमा १७, संगठन जनशक्ती विकासमा १३, आधारभुत सेवा व्यवस्थापनमा १८ गरी कुल ९१ अंक  प्राप्त गर्न सफल भएको हो । गत आर्थिक बर्षको गत वर्Èको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मल्याङकनमा बुटवल न.पा ८४ अंकसाथ तेस्रो स्थानमा रहेको थियो ।
नेपालकै उत्कृष्ठ नगरपालिकको रुपमा पहिचान बनाएको बुटवल नगरपालिकको अझै धेरै सुधारका कामहरु जरुरी रहेका छन् । नगापालिकको सडक अझै व्यवस्थित हुन नसकेकोले यसमा समयमै ध्यान दिई सडकको मर्मत संभारमा ध्यान दिनु आवश्यक रहेको स्थानिय सरोकारवालाहरु बताउ“दछन । त्यस्तै फोहर व्यवस्थापन र सरसफाईमा समेत विशेष ध्यान जानु जरुरी रहेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती