एमाओवादीका जोगी


कृष्ण खनाल 
बुटवल/शुभारम्भ 



शुक्रबार बुटवल बहुमुखीको महोल नितान्त भिन्दै थियो। एकीकृत नेकपा माओवादीले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्नको लागि भनेर केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनेपछि बिहानै देखि सुरक्षा निकायका कर्मचारीहरू चाँजोपाँजो मिलाउनमा व्यस्त थिए भने एमाओवादी कार्यकर्ताहरू पनि लागिरहेको देखिन्थो।
दिउँसो करिब साढे १ बजेबाट सुरु भएको एकीकृत नेकपा माओवादीको चुनावी सभामा सुरुमा एक जना केन्द्रीय सदस्यले स्वागत भाषण गरेपछि पार्टीमा कार्यकर्ता प्रवेश गराउने लहड चल्यो। अवध–मधेस राज्य समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कार्यकर्ता ओसार्नको लागि नवलपरासी, कपिलबस्तु, पाल्पा र रूपन्देहीका विभिन्न स्थानबाट दर्जनांै गाडीहरू प्रयोग गरिएको थियो। कार्यक्रममा उपस्थित अधिकांस मधेसी समुदायका मानिसहरू थिए।
कार्यक्रममा पार्टी प्रवेशको नामावली पढ्ने जिम्मा पाएका कमल चु“दालीले लामो लिष्ट नै वाचन गरे। अध्यक्ष पुष्पकमल दाहालको हातबाट टिका लगाएर पार्टीमा प्रवेश गर्नेहरूको लामो लाईन नै लाग्यो। त्यही लाईनमा एकजना साधु अर्थात् जोगी समेत देखिए। उनी लाईनमा बसेकै बेला दुई÷दुई पटकसम्म सुरक्षाका लागि बसेका सुरक्षा कर्मीले उनलाई त्यो लाइनबाट हटाए। तर नवलपरासीबाट आएको बताउने उनले आफू एमाओवादीमा प्रवेश गर्नको लागि आएको भनेपछि
स्टेजमा रहेका एक माओवादी कार्यकर्ताले उनलाई लाईनमा बस्नको लागि अनुमति दिएपछि सुरक्षाकर्मीले पनि ती साधुलाई अवरोध गरेनन्। यद्यपी ती साधुप्रति भने सुरक्षाकर्मीले निगरानी गरिराखेका थिए। हनु सक्छ जोगी भेषमा रहेका ती व्यक्तिले कतै मन्चमा गएर उछृंखल व्यवहार देखाउने पो हुन की भनेर हो या अन्य केही सोचेर हो सुरक्षाकर्मीले ती साधुप्रति चासो राखिरहेका थिए। किनकी यस अघि हात मिलाउने बहाना वा स्वागत गर्नै वहानामा प्रचण्डमाथी हातपात गरेको घट्ना भएका कारण पनि हुन सक्छ सुरक्षाकमीले पनि ती साधलाई निगरानी गरेको।
कतै ती साधुले पनि त्यस्तै व्यवहार देखाउछन की भनेर होला सुरक्षाकर्मीले उनीमाथी चासो राखेको। ती साधुप्रति सुरक्षाकर्मीको मात्रै हाोईन आम दर्शकहरूको आखा थियो। आम दर्शकले उनी प्रति चासो राखेका थिए। तीनै साधु र एमाओवादी पार्टीको विषयमा टिकाटिप्पणी गरिरहेका थिए। स्टेजको अग्रभागको लाईनमा बसेका उनी पुर्ण रूपमै जोगीकै भेषमा थिए। उनी लाईनमै बसेको बेला एक जना मानिसले आश्चर्यचकित हुँदै भन्दै थिए–‘जोगी पनि माओवादीमा १’उनले यसो भनिरहेको बेला नजिकै रहेका नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव यानेन्द्र जीसीले भने–‘जोगी पनि एमाओवादीमा प्रवेश गरेपछि अब के नै बाँकी रह्यो र?’
 जोगी साधु हुनेले सामान्यतया आफ्नो घरवार, गृहस्थी सबै कुरा त्यागेर पुर्ण रूपमा धर्मकर्म गर्नै ध्यान गर्नै भगवानको प्राथना गर्नै उदेश्यले साधु जोगी बनेको हुन्छ। तर यंहा त अचम्म देखियो। एक साधु किन एक राजनीतिक दलको कार्यकर्ता बनेर पार्टी प्रवेस गरे। र ती पार्टीका अध्यक्ष प्रचण्डले पनि किन ती साधुलाई पार्टीमा प्रवेस गराए एक साधु वा जोगी कुनै राजनीतिक पार्टीमा कार्यकर्ता बनेर प्रवेस गरेको सम्भवत नेपालमा यो नै पहिलो घट्ना हुन सक्छ। यसरी सबै घर व्यवहार, सबै कुरा त्यागेर जोगी साधु बनेका व्यक्ति यसरी कुनै पार्टीको कार्यकर्ता बनेर किन पार्टी प्रवेस गरे। ती पार्टीका अध्यक्षले किन साधुलाई पनि अविर लगाएर पार्टीमा प्रवेस गराए यो भने रहस्य को विषय बनेको छ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती