विद्युत र खानेपानीको लुकामारी:एक दिन विराएर पानी आउदा उपभोक्ता मर्कामा


कृष्ण खनाल 
बुटवल, २२  साउन ।
बुटवलको केही स्थानहरुमा खानेपानी सस्थाले एक दिन विराएर वितरण गर्ने खानेपानीको कारण उपभोक्ताहरु मारमा परपेका छन । एकातर्फ एक दिन विराएर खानेपानी वितरण गर्ने गरेको कारण खानेपानीको समस्या झेल्दै आएका बुटवलबासिहरुले विद्युत आएको समयमा केही उपभोक्ताहरुले प्रत्यक्ष खानेपानीको मिटरमानै मोटर लगाएर पानी तान्दा  मोटरलगाउन नसक्ने आर्थिक अवस्था नाजुक भएका स्थानियहरु थप मार्कामा परेका छन । बर्षायाम सुरु भएपनि बुटवलका अधिकांस क्षेत्रमा अहिले पनि यो समस्या कायम रहेको छ । नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलले बुटवलको राजमार्ग चौराह, सुख्खानगरको तल्लो क्षेत्र र रामनगरका क्षेत्रमा एक दिन विराएर खानेपानी वितरण गर्दै आएको छ ।  आर्थिक स्थर उच्च भएका  उपभोक्ताहरुले लाईन –विद्युत) आएको  बेला आएको पानीको लागि  प्रत्यक्ष खानेपानीको  लाईनमै मोटर जाडे ेपानी तन्ने गरेको कारण अन्य मोटर जोड्न नसक्ने आर्थिक स्तर न्युन भएका उपभोक्ताहरु  थप मारमा प र्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन । यसरी अन्य उभोक्ताहरुलाई प्रभाव पार्ने गरी प्रत्यक्ष लाईनमै मोटर जोडर पानी तान्नु गैरकानुनी हो, तर खानेपानी संस्थाले भने यस्तो कार्य गर्नेलाई अनुगमन गरी कारवाही गर्न सकेको छैन । 
कतिखेर लाईन जान्छ र अलि ठुलो मात्रामा पानी आउ“छ भनेर कुरेर बस्दैमा दिन जाने गरेको बुटवल–१० सुख्खानगरका चिरन्जीवी गौतम बताउ“दछन् । ‘हाम्रो लागि त दिउ“सो समयमा लाइन नआएकै जाती’ उनले भने –‘लाईन आयो भने एक दिन विराएर आउने पानी त्यहीपनि आउ“दैन ।’ उनले थपे–‘संस्थालले खानेपानी छाड्दा लाईन गयो भने पानी खान पाईन्छ ।’ खानेपानी संस्थानले पानी वितरण गर्ने समयमा प्रत्यक्ष खानेपानीको मिटरनजिकै मोटर जोडर पानी तान्ने गरेको कारण मोटर नलगाउने स्थानियहरुको घरमा पानी आउन छाडेको छ । जसको कारण स्थानियहरुले खानेपानीको लागि सास्ती व्यहोर्ने गरेका छन । उता, नेपाल खानेपानी संस्थान बुटवल शाखाका सहायक प्रमुख अजयकुमार शाहले बुटवल–१० शुख्खानगरको तल्लो भेग र रामनगरको क्षेत्रमा एकदिन विराएर खानेपानी वितरण गर्ने गरेको स्वीकारे । बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘रामनगर र सुख्खानगरको विचमा एउटा मात्र भल्भ भएको कारण पहिले प्रत्येक दिन रामनगर र  सुख्खानगरमा क्षेत्रमा खानेपानी दिदा सुख्खानगरका बासिन्दाहरुको खानेपनी नआएको गुनसो आएपछि एक दिन विराएर दिनेगरेको छौ । ’उनले थपे–‘प्रत्येक दिन खानेपानी दिदा रामनगर क्षेत्रमा खानेपानीको दुरुपयोग भएको कारण अहिले यस्तो व्यवस्था गरिएको हो ।’
बर्सातको मौमम मध्य भागमा आईसकेको अवस्थामा पनि बुटवलबासिहरुले  प्रायाप्त मात्रामा अहिले पनि खानेपानी पाउन सकेका छैन । राजमार्ग चौरहा, रामनगर र सुख्खनगरको तल्लो भेगमाएक दिनविराएर खानेपानीको आपुर्ती गर्ने खानेपानी संस्थानको उपभोक्तामाथि अन्यय गरेको छ । एक दिन विराएर पानी दिए पनि प्रायाप्त मात्रामा खानेपानी आर्पुर्ती नहुदा उपभोक्ताहरु थप मारामा परेका हुन । 
लाईन भएको समयमा खानेपानी संस्थालले खानेपानी वितरण गर्ने गर्दा अधिकांस पहुचवाल उपभोक्ताहरुले प्रत्यक्ष खानेपानीको लाईनममौ  विद्युतीय मोटर लगाएर पानी तान्ने गरेको कारण अन्य  न्युनबर्ग र मोटर प्रयोग गर्न नसक्ने  उपभोक्ताहरु थप अन्यायमा परेको बुटवल १० सुख्ख्नगरक दशरथ पथका विष्णु खनाल बताउ“दछन । 
बुटवलमा खानेपानीको समस्या समाधानको लागि भनेर वि.स. २०५३ सालमा सुरु ४  करोड रुपैया“ लागतको ‘सिस्ने  खोला खानेपानी योजना’ सुरु गएको थियो थियो । तर त्यो अशंभव भएपछि ‘बुटवल खानेपानी तथा सुदृढीकरण’ नाम दिएर काम सुरु गरिएको झुम्साखोखा खानेपानी योजना केही मिटिर पाईप विच्छाउने बाहेक अन्य कुनै ठोस काम आगाडी बढेको छैन । जसको कारण यसक्षेत्रमा खानेपानीको समस्या समाधानको तत्काल समाधान हुन संकेत पनि देखिएको छैन । १९ करोड ५६ लाख रुपैया“ लागत रहेको सो आयोजना २०६८ सालको असारभीत्र सक्ने लक्ष्य लिईएको उक्त योजना २०७० साउन महिना सम्म पनि पुरा भएको छैन  । नेपाल सरकार र संस्थानको आन्तरिक स्रोतबाट १९ करोड ५६ लाखको लागतमा सुरु भएको खानेपानी योजना सुरु गरिएको थियो ।
बुटवलमा दैनिक ८० लाखदेखि एक करोड लिटर पानी ल्याउन सकिने भनेर सुरु गरिएको यो योजनाको अधुरो रहेको हो ।  खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । बुटवलमा तिनाउ नदीबाट दैनिक  ७० लाख लिटर र १२ वटा ट्युबवेल(बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति र्भएको छ तर बुटवल नगरपालिका तथा खानेपानी संस्थान केन्द्रय  कार्यालयका अनुसार झण्डै २ लाख ५०  हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ । जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड  ५० लाख लिटर पानी अपुग रहेको छ ।  करिब १३ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया“ महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण  गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ ।
(मितिः२०७० साउन २३ गते बुटवल टुडे दैनिककमा प्रकाशित समाचार) 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती