युवाहरुको उदाहरणिय कार्य सिस्नो उत्पादन गर्दे युवाहरु


कृष्ण खनाल 
बुटवल, २५ साउन ।
‘संसार जित्ने मानिसहरुले कुनै नौलो काम गर्दैन्न तर त्यहि कामलाई नया“ ढंगले गर्दछन’ भन्ने भनाईलाई आत्मसाथ गर्दैै रुपन्देहीका केही युवाहरुले गाउ÷घरमा खेरा गईरहेको बनस्पतीलाई संकलनगरी  प्रशोधन गरेर अर्गानिक बस्तुहरु उत्पादन गरी राम्रो आम्दानी गरेर उदाहरणिय कार्य गरेका छन् ।
 विभिन्न स्थानबाट बुटवलमा आई बसोवास गरेको स्नातक स्तरमा अध्यायन गर्दै आएका ६ जना युवाहरुले पहाडमा खेरा गएको  सिस्नु र पुदिनालाई शंकलन र प्रशोधन गरी धुलोको रुपमा उत्पादन गरी  मासिक रुपमा ४ देखि ५ लाख रुपैया समेत आम्दानी गर्दै आएका छन । 

बुटवल–१४ नया गाउमा साधना नेपाल ईण्डिष्ट्रीज नामको  संस्था स्थापना गरी पुर्णतया आर्गनिक सिस्नोको पाउडर, टिमुरको छोप, पुदिनाको धुलो, अदुवाको पाण्डर निर्माण गरी विक्रि वितरण गर्ने गरेको साधना नेपाल ईण्डिष्ट्रीजका अध्यक्ष हिमाल बेलवासेले  जानकारी दिए । उनका अनुसार स्नातकस्तरमा अध्यायन गर्दै आएका ६ जना युवाहरुले करिव १२ लाखको लागानीमा उक्त ईन्डष्ट्रिज स्थापना गरिएको हो ।  केही समय पहिला स्थापना भएको उक्त ईन्डिष्ट्रीलाई पुन युवाहरुले नै सञ्चालनमा ल्याएका छन् । खासगरी नेपालका पहाडी जिल्लाहरु, अर्घाखाची, पाल्पा, गुल्मी, लगायतका स्थानहरुबाट सिस्नु, पुदिना, अदुवा र टिमुर संकलनगरी बुटवलमा ल्याएर प्रशोधन गरी विभिन्न आर्गनिक बस्तुहरु निर्माण गरिएको  ईन्डिष्ट्रीका सञ्चालक  गोविन्द खनालले बताए । 
उनले भने–‘अहिले दैनिक रुपमा हामीले करिव ८ देखि १० क्विन्टल सिस्नु, पुदिना र टिमुरबाट विभिन्न सामाग्रीहरु उत्पादन गर्दै आएका  छौ ।’ अध्यक्ष हिमाल बेल्बासेका अनुसार नेपाल सरकारबाट आधिकारीक रुपमा दर्ता भएर उक्त बस्तुहरु निर्माण गर्दै आइएको हो । 

अहिले नेपाल सरकार तथा कुनै पनि सरकारी निकायकाबाट कुनै पनि प्रकारको सहयोग नआएको अध्यक्ष बेल्बासले बताउदछन ।‘अहिले सम्म सरकारले कुनै पनि सहयोग गरेको छैन । अर्गानिक बस्तु उत्पादनमा  सहयोग गर्नुपर्नेमा कुनै सहयोग पाएका छैनौ ।’ उनले भने–‘नेपाल सरकार तथा अन्य सरोकारावाल निकायले अर्गानिक बस्तु प्रर्वद्धनको लागि हेर्नुप¥यो ।’
यसरी  अर्गानिक विभिन्न बस्तुहरु उत्पादन गर्न लागेकोमा अहिले उत्पादन भएका वस्तुहरु नमुनाको रुपमा चीन, भारत र अन्य युरोपियन देशहरुमा समेत  निर्यात भएको ईन्डिष्ट्रीजले जनाएको छ । 
सरकारले विदेशमा व्यापार प्रवद्र्धनको लागि सहयोग गरेमा अर्गानिक बस्तुमा नेपाल अगाडी जान सक्ने र जस्ले गर्दा विदेशी मुद्रा आर्जनमा समेत  योगदान पुग्न सक्ने  सञ्चालहरुको भनाई रहेको छ । 
उता, लामो समय देखि बुटवलमा  पुर्णतया अर्गानिक  बस्तुहरु उत्पादन तथा विक्रि  प्रर्वद्र्धन गर्दै आएका बुटवल ग्रीन प्लेसका सञ्चाल टेक बहादुर थापाले अहिलेको पहिलो आवश्यकता भएको अर्गानिक  कृर्षि प्रणालीमा भएको भन्दै यसमा सरकारी क्षेत्र तथा नीजि क्षेत्रबाट यथेष्ठ लगानी जरुरी रहेको बताउदछन ।उनले भने–‘दिन प्रतिदिन मानिसहरु विभिन्न विषाधीयुक्त वस्तुहरु  सेवनको कारण बाट विभिन्न किसिमको रोगहरु लाग्ने गरेको छ, त्यसैले आर्गानिक खेती प्राणली गर्नु जरुरी  रहेको छ  ।’ उनले यसको लािग विभिन्न निकायहरुको अर्गानिक कृषि खेती प्राणालीमा ध्यान जानुपर्ने बताए । ईडिष्ट्रिज ले अहिले आफुले उत्पादनका गरेका विभिन्न वस्तुहरु प्रत्यक्ष ग्राहकहरुलाई नै प्रत्यक्षरुपमा बेच्ने गरेकोछन् । अन्य कुनै पनि वस्तु विक्रि वितरण गर्दा उत्पादन कर्ता, डिलर, सब डिलर , रिटेलर  अनि मात्र कन्जुमर(ग्राहक)काहा  पुग्ने  प्राणलीलाई परिर्वतन गर्दै  प्रत्यक्ष  उत्पादन कर्ता देखि उपभोग कर्ताकहरु बस्तुहरु विक्रि गर्दै आएको हो 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती