दाताको रकमबाट व्याक्तीगत घडेरी


कृष्ण खनाल 
 बुटवल, ५ भदौ । 

अपाङ्गता र कुष्टरोगी तथा विभिन्न विपन्न समुदायको लागि काम गर्ने भनेर स्थापना भएको बुटवल–५ ज्वोतिपथमा रहेको नया“ जिवनको लागि हातेमालो नामक संस्थाले विदेशीबाट आएको डोनरबाट व्याक्तिगत रुपमा  नाममा घडेरी किनेको छ । 
 विदेशी संस्थाहरुले विपन्नता, अपाङ्गता र कुष्टप्रभावितहरुको लागि भनेर सहयोग गरेको रकमलाई सम्बन्धीत क्षेत्रमा खर्च नगरी ‘रिर्जभ फण्ट’ बनाएर उक्त संस्थाका अध्यक्ष, सचिव  र सदस्यले संयुक्त रुपमान जग्गा किनेका हुन । उनीहरुले करिव ४४ लाख रुपैयाबाट बुटवल देविनगर ९ ख मा  जग्गा किनी व्यक्तिगत रुपमा दर्ता समेत गरेको  प्रमाण बुटवल टुडेलाई प्राप्त भएको छ । संस्थाका अध्यक्ष शैलेन्द्र गौतम, सचिव सरला भुषाल  र सदस्य खेम प्रसाद थापाले गत माघ महिनामा  ९  धुर ३ अना ४ पैसा विवरणको जग्गा किनेका हुन् । 
यसरी डोनरको रकमबाट व्याक्तिहरुले घडेर किनेपछी वास्तविक व्यायिक्तीहरु भने डोनरको सहयोगबाट लाभाविंत हुन सकेका छैन्न ।  
जिल्ला मालपोत कार्यालय  रुपन्देहीमा रजिष्टेशन दर्ता नम्बर २२८४९  र कित्ता नम्बर ६९९१  रहेको उक्त जग्गा मिति २०६९ साल  १० महिना २६ गते दर्ता भएको छ । उनीहरुले  संस्था आधिकारीक रुपमा दर्ता भएको भएपनि  संस्थाको नाममा उक्त जग्गा दर्ता नगरी व्यात्तिगत रुपमा दर्ता गरेका छन । 
विदेशी संस्था टियर फोन्ड यु के नामक संस्थाले लामो समय देखि नया जिवनको लागि हातेमालो संग सहकार्य गर्दै आएको थियो । तर उक्त संस्थाले सहयोग गर्न नसक्ने भएपपिछ अर्को जर्सी ओभर एण्ड कमिसन नामक स्थाले सहयोग एक बर्षको लागि निश्चित मापदण्डमा रहेर सहयोग गर्ने बताएको थियो । सोही अुनरुप  उक्त विदेशी संस्थाले रुपन्देही, नवपरासी र कपिलवस्तु जिल्लाका केही गाविसहरुमा रहेका विपन्न बर्गहरुको लागि खानेपानी, सिंचाई र भैसी पालनको लागि सम्पुर्ण रकम खर्च गर्नु भनेर दिएको रकम दिएकोमा पचास प्रतिशत मात्र रकम खर्च गरी अन्य रकम  अध्यक्ष, सचिव  र एक जना सदस्यले व्यात्तिगत रुपमा  जग्गा किन्नको लागि खर्च गरेको स्रोतले बुटवल टुडेलाई जानकारी दिएको छ ।  
नया जिवनको लागि हातेमालोले खर्चको ५० प्रतिशत रकम स्वयम् विपन्न व्याक्तिले तिर्नुपर्ने नियम बनाएर बास्तविक गरिवहरुलाई असहयोग गरेको संस्थाका अजिवन सदस्य टिकाराम श्रेष्ठले जानकारी दिएका छन । उनले अपाङ्गता, विपन्न वर्ग र विदेशी दातृनिकायहरुले दिएको रकम  उक्त क्षेत्रमा खर्च नगरेर अध्यक्ष, सचिव र एक जना सदस्यले व्याक्तिगत नाममा   जग्गा खरिद गरेको जानकारी दिएका छन ।  यसरी विभिन्न समुदायको लागि आएको रकमबाट प्यात्तिगत रुपमा जग्गा खरिद गरेको कारण वास्तविक विपन्नता, र अपाङ्गता भएका व्याक्तिहरु ले सेवा पाउन सकेका छैन्न ।  २०६९ माघ महिनाको १० गते  खरिद गरी जिल्ला मलपोत कार्यालयमा दर्ता समेत भएको छ । 
उता, नया जिवनको लागि हातेमालो संस्थाका अध्यक्ष शैलेन्द्र गौतमले कार्यसमितिबाट निणर्य गरेर जग्गा खरिद गरिएको जानकारी दिए । उनले संस्थाको खातामा रहेको रिर्जभ फण्टबाट उक्त जग्गा गरिद गरिएको र यसमा विदेशी संस्थाहरुले दिएको बाट जग्गा खरिद नगरिएको तर्क गरे । उनले भने–‘कार्यसमितिबाट निणर्य गरेर हामीले किनेका हौ जुन संस्थाको प्रयोजनको लागि ।’  एउटा गैरसरकारी संस्थामा ४४ लाख रुपैया सम्म कसरी जम्मा हुन सक्दछ  ? भन्ने बुटवल टुडे कर्मीको प्रश्नमा उनले भने –‘हामीले खाजा खर्चबाट  बचाएर जम्मा गरेका हौ ।’ उक्त संस्था वि.स.२०५६ सालमा स्थापना भएको हो । यसरी खाजा खर्चबाट ४४ लाख रुपैया जम्मा हुने भन्ने कुरा असम्भव कुरा हो । तर अध्यक्ष गौतमले भने खाजा खर्च वापतको रकम जम्मा गरेर जग्गा खरिद गरेको तर्क गर्न छाडेनन । टेलिफोन सम्पर्कमा सम्बन्धीत क्षेत्रमा खर्च गर्नको लागि भनेर आएको रकम खर्च नै नगरी घडेरी खदिन  गर्ने कुरा कहासम्मको लापरवाही हो ? भन्ने प्रश्नमा उनले सस्थाको हितको लागि बैंकमा भएको व्यालेन्स मार्फत जग्गा गरिद गरेको बताएका थिए ।  स्रोतका अनुसार बैकमा संस्थाको नाममा रकम भएको कारण विदेशी संस्थाले फेरी सहयोग नहुने आशयका कारण केही व्याक्तिहरुले संस्थाको रकमबाट घडेरी किनेको पाइएको हो । यसरी संस्थाको  भवन निर्माणको लागि जग्गा खरिद गरेको भए संस्थाको नाममा दर्ता हुनु पर्दछ । तर संस्थाका उपाध्यक्ष होम बस्यालले भने बैंकमार्फत कारोवार गरिएको कारण संस्थाको नाममा दर्ता हुन नसकको तर्क गरेका छन् । जुन तर्क अफैमा हास्यास्पद रहेको छ ।  बुटवल टुडे संगको कुराकानीमा उपाध्यक्ष  बस्यालले भने–‘संस्थाको हितको लागि भनेर जग्गा खरिद गरिएको हो पहिला रहेको रकम र स्थानिय स्रोतबाट जम्मा गरेको रकमबाट जग्गा गरिद गरिएको हो ।’  अध्यक्षले रिर्जभ फन्ट बाट जग्गा खरिद गरेको बताए पनि उपाध्यक्षले भने स्थानिय स्रोतबाट रकम जुटाएर जग्गा खरिद गरेको बताएका थिए । जुन कुरा बाझिएको छ । सस्थाका बुटवल कार्यालय  प्रमुख संजय राईले पनि रिर्जभ फण्डबाट जग्गा खरिद गरेको बताएका छन् । उनले संस्थाले पछि विक्रि गर्ने र पुन संस्थाकै हितको लागि खर्च गर्नको लागि  जग्गामा लगानी गरिको प्रतिक्रिया दिएका छन् । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘संस्थाकै हितको लागि जग्गामा लगानी गरिएको हो पछि कार्यालय बनाउन पनि सकिन्छ अनि विक्री गरेर अन्य हितको लागि पनि लगानी गर्न मिल्छ ।’
उक्त संस्थाले केही महिना अगाडी एक बर्षको लागि नियुक्ति पत्र दिएर कर्मचारी नियुक्ती गरेकोमा  म्याद सकिएपछी केही महिनाको लागि केही कर्मचारीलाई नियुक्ती दिएपनि अन्य केही कर्मचारीलाई पक्षपाती ढंगबाट निकाला गरेको समेत निकालिएका एक कर्मचारीले बताएका छन । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती