कक्षा १२ को विज्ञान समुहको नजिता उत्साहजनक ग्लोरियसका सरोजको ८७.२७ प्रतिशत फर्साटिकर तिलोत्तमाको शतप्रतिशत

कृष्ण खनाल
बुटवल, २९ साउन ।

उच्चमाध्यामिक शिÔा परिÈद्ले प्रकाशित गरेको  कÔा १२ को विज्ञान समुहको  परिक्षाफल प्रकाशन गरेको छ । २०७० बैशाख महिनाको १७ देखि २९ गते सम्म सञ्चालन भएको परिक्षामा नियमिततर्फ ७५ दशमलब ३२ प्रतिशत उत्र्तिण भएको उच्चमाध्यामिक शिÔा परिÈद् सानोठिमी भक्तपुरले जनाएको छ ।  यो बर्षको नतिजा गत वर्Èको भन्दा ३ प्रतिशतले बढी हो । गत बर्È कक्षा १२ को विज्ञान समुहबाट ७२ प्रतिशत परिक्षार्थी उत्र्तीण भएका थिए ।
देशभरबाट उक्त समुहमा नियमिततर्फ सहभागी ३३ हजार ५ सय  ६६ मध्ये  उत्र्तीण हुनेको संख्या २५ हजार २ सय ३६ छ । यसबर्ष परिषद्ले  २४ जनाको परीÔार्थीको नतिजा रद्द गरेको  जनाएको छ । एक्जाम्टेड तर्फ भने  ५१ दशमलव ४४ प्रतिशत परिक्षार्थी उतीर्ण भएका छन् । परीÔामा सहभागी ६ हजार ३ सय ४९ जनामध्ये ३ हजार २ सय ६६ जना उत्र्तीण भएका हुन । एक्जाम्टेड तर्फ ७ जना परिक्षार्थीहरुको परिक्षा फल रद्द गरिएको छ ।
उच्च माध्यामिक शिक्षा परिषद् बुटवलका अनुसार यस क्षेत्रको कक्षा १२ को विज्ञान समुहको नतिजा राम्रो देखिएको छ । परिषद्को बुटवल कार्यालय प्रमुख सुवास पन्तले विगतको भन्दा यस बर्षको नतिजा राम्रो भएको जानकारी दिए । उनले भने–‘यस क्षेत्रबाट करिव ३ हजार परिक्षार्थीले परिक्षा दिएकोमा धेरै जसो उच्च माविहरुबाट ८० प्रतिशत भन्दा माथि नतिजा भएको हामिलाई जानकारी आएको छ ।’
रुपन्देहीको ग्रामणि क्षेत्रमा रहेको तिलोत्तमा अंग्रेजी उच्च मावि फर्साटिकरबाट सहभागी १४ जना विद्यार्थीहरु मध्ये १४ जना नै उत्र्तीण भएका छन । विद्यालयका प्राचार्य  सुदिप केसीका अनुसार विद्यालयले शत प्रतितशत नतिजा प्राप्तगरेको र यो पश्चिमाञ्चलकै पहिलो नतिजा भएको दावि गरे ।  ग्लोरियस उच्चमाविव  बुटवल–१२ कालिकानगरबाट सहभागी १ सय ५६ जना विद्यार्थीहरु मध्ये १ सय ३८ जना विद्यार्थी उत्तिर्ण भएका छन् । जस मध्ये ४२ जना विद्यार्थी विशिष्ठ श्रेणीमा उत्तिर्ण भएका छन ।  उच्चमाविका सरोज श्रेष्ठले यस क्षेत्रमै सबैभन्दा बढि अंक प्राप्त गरेको विद्यालयको दावी छ । विद्यार्थी सरोजले  ८७.२७ प्रतिशत अंक प्राप्त गरेको विद्यालयका सह प्राचार्य पुष्प घिमिरेले जानकारी दिए । त्यस्तै न्यु होईजन उमाविबाट सहभागी कुल १ सय ६२ जना विद्यार्थीहरु मध्ये २१ जना विशिष्ठ श्रेणी सहित १ सय ५४ जना विद्याथी उत्तिर्ण भएका छन् ।  उच्चमाविले ८९ प्रतिशत रिजल्ट प्राप्त गरेको उच्चमाविका सह– प्राचार्य गोपाल आचार्यले जानकारी दिए  । होराईजका मदन पराजुलीले ८४.८ प्रतिशत अंक प्राप्त गरेका छन् ।
 त्यस्तै मणिमुकुन्द उच्चमाविबाट सहभागी २ सय ५९ जना विद्यार्थीहरु मध्ये ५० जना विशिष्ठ श्रेणी सहित २ सय २० जना विद्यार्थी उत्र्तिण भएको विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले जानकारी दिए । उक्त उच्चमाविबाट परिक्षामा सहभागी सागर न्यौपाने ८४.२ प्रतिशत अंक प्र्राप्त गरेका छन । समग्रमा उच्च माविले  ८५ प्रतिशत रिजल्ट प्राप्त गरेको छ । त्यसै गरी तिलोतमा उच्च मावि योगीकुटीबाट सहभागी ४ सय ६१ जना विद्यार्थीहरु मध्ये ६६ जना विशिष्ठ श्रेणी सहित ३ सय ६९ जना विद्यार्र्थीहरु उत्तिर्ण भएका छन् । विद्यालयका शसंक शाहले कुल ४ सय ३१ अंक ८६.२ प्रतिशत अंक प्राप्त गरेका छन् ।   त्यस्तै सेन्ट जोसेफ उच्च मावि भलवारीबाट सहभागी कुल ५२ जना विद्यार्थीहरु ४२ जना विद्यार्थीहरु उत्र्तिण भएका छन् । त्यस्तै अक्फोर्ड उमाविबाट परिक्षामा सहभागी २ सय १० जना विद्यार्थीहरुमा ३२ जना विशिष्ठ श्रेणी सहित ८८ प्रतिशत विद्याथी उत्र्तीण भएका छन् । उच्चमाविबाट सहभागी प्रसान्त पौडेल, माधव पन्ती, पुष्पा पाण्डेले ८३ प्रतिशत अंक प्राप्त गरेको विद्यालयका प्राचार्य दिवाकर रेग्मीले जानकारी दिए । त्यस्तै सामुदायिक विद्यालय तर्फ कालिका उच्चमाविबाट सहभागी कुल  ३९  जना विद्यार्थीहरु मध्ये ४ जना विशिष्ठ श्रेणी सहित २६ जना विद्यार्थी उत्र्तिण भएका छन । उमाविबाट सहभागी  सचिन गहतराजले ७८ प्रतिशत अंक प्राप्त गरेको विद्यालयका प्राचार्य घनश्याम पाठकले जानकारी दिए ।
कान्ति उच्च मावि बुटवलको नतिजा ६०  प्रतिशत आएको विद्यालयका प्राचार्य गोविन्द्र ज्ञवालीले जानकार िदिए । उक्त विद्यालयबाट ३६ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए ।  भैरहवा नमुना उमावि साईग्लोवल उमावि सहभागी कुल ३७ जना विद्यार्थीहरु मध्ये २२ जना उत्र्तीण भएका छन । बुुद्धज्वोती उमाविबाट सहभागी २२ जना विद्यार्थीहरु मध्ये २० जना उत्र्तीण भएका छन । भैरहवा उच्च माविबाट सहभागी ४० जना विद्यार्थीहरु मध्ये २६ जना विद्यार्थी उत्र्तीण भएका छन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती