पशुबधशाला नभएपनि पुर्णाङ्क,सञ्चालको अवस्था अन्यौल



कृष्ण खनाल 

बुटवल, असार । 
बुटवलमा आधुनिक पशुबधशाला निर्माण गर्ने भनेर सुरु भएको  योजना  ५ बर्ष पुरा हुदा समेत पुरा हुन सकेको छैन । आज भन्दा करिव ५ बर्ष पहिला  बुटवल १२ रामनगरको धागो कारखाना नजिकै आधुनिक सुविधा सम्पन्न पशु बधसाला निर्माण  गर्नको लागि नेपाल सरकार र गोरखा कन्ट्रक्सनको विचमा २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ बैशाखमा बधशाला भित्रको भौतिक संरचना निर्माण गर्ने सम्झौता भएको भएपनि हाल सम्म बधशालाको निर्माको काम पुरा भएको छैन् । अहिलेसम्म पशुबधशाला काम पुरा भएको छैन । यसरी पशु बधशालानै निर्माण नभएको अवस्थामा नेपाल सरकारको कार्यासम्पादन तथा मुल्याङ्कनमा बुटवल नगरपालिकाले २ अंकभारमा २ नै अंक प्राप्त गरेको छ । 
नेपालका कुल ५८ वटा नगरपालिका मध्ये  नेपाल सरकार स्थानिय  निकाय वित्तिय आयोगको सचिवालयबाट आर्थिक बर्ष २०६८÷०६९ मा सालको प्रतिवेदन अनुसार न्युनतम शर्त तथा कार्यसम्पादन मापन परिणम अनुसार एक नम्बरमा आएको हो । 
उक्त प्रतिवेदन अनुसार कुल ९१ अंक प्राप्त गरी बुटवल नगरपालिका प्रथम भएको उल्लेख गरिएको छ । शरही आधारभुत सेवा व्यवस्थापन शिर्षक अन्र्तगत कुल १८ अंक आएकोमो मासु तथा पशु बधशालाको व्यवस्था मा भारती अंक २ मा २ नै प्राप्त गरेको छ । तर बुटवलनगरपालिका भित्र पशुबधशालाको व्यवस्थानै नभई पुर्णाङ्क प्राप्त गर्नु आफैमा अचम्मको कुरा भएको छ । 
उता, बुटवल नगरापालिकका योजना अधिकृत राम प्रसाद आर्याल ले यसको  कहिलेबाट पशुवधशाला सञ्चालन हुने हो ।  अहिले के कति काम सम्पन्न भैईसकेको छ भन्ने विषयमा आफुलाई विस्तृत जानकारी नभएको बताए ।  केही समय अगाडी बुटवल नगपालिकामा कसरी पशुबधशाला सञ्चालन गर्ने भन्ने विषयमा  छलफल भएको र आफु उक्त छलफलमा सहभागी हुन नपाएको कारण आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले यसको बारेमा नगरपालिकका बरिष्ठ ईन्जीनियर गौतम रौनीयारलाई सम्पर्क गर्नको लागि आग्रह गरेका थिए । तर, बुटवल नगरपालिकका बरिष्ठ ईन्जिनियर रौनियारले पनि अहिले बुटवल नगरापालिका संग बजेट नभएको कारण काम पुरा हुन नसकेको जानकारी गराए र उनले यसको बारेमा विस्तृत जानकारी नभएको बताएका छन । 
बुटवलमा पशु बधसाला निर्माणको लागि सुरुमा ५ करोडको बजेट माग गरिए पनि तत्कालको लागि डेढ करोडको लागानीमा बधशाला निर्माण शुरु गरिएको थियो ।  

डेढ करोड मध्ये ६० लाख बुटवल नगरपालिकाले लगानी गरेको छ ।  बुटवल–१२ रामनगर रामनगरमा औद्योगीक Ôेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा क्षेत्रफलमा पशु बधशाला निर्माण गरिएको हो । पशुपंÔी बजार प्रर्बद्धन निर्देशनालयले बुटवलसंगै महेन्द्रनगर, झापाको भद्रपुर, बिराटनगर, गुलरिया, हेटौडा, धादिङको धार्केमा पनि बधशाला बनाउने योजना ल्याएको थियो । बुटवलको बाहेक केही स्थानको बधशाला निर्माण सकिएको जनाईएको छ । तर बुटवलका बासिन्दाहरुले भने बधसालाको अभावमा उपभोत्ताहरुले अस्वथ्य मासुखाना बाध्य छन ।
 केही  समय अगाडी बुटवलमा गरेको अनुसन्धान तथा अनुगमनमा पछि निकालिएको एक प्रतिबेदनले बुटवलका ३ सय १५ मासु पसल अस्वस्थकर रहेको उल्लेख छ भने खसीको मासु भन्दै ९० प्रतिशत बाख्रीको  मासु बेच्ने गरेको माशु  व्यवसायी संघले गरेको अध्यायन प्रतिवेदनमा उल्लेख गरेको छ । 
बुटवलमा बधशाला नबनेकै कारण  दैनिक बध हुने २५ सय पशुंपÔीहरु अस्वस्थकर रुपमा बध गरिएका छन् । मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक २ सय वटा खसी, २ हजार वटा कुखुरा,४० वटा रागाभैसी तथा ५ वटा बंगुर र करिव ५ सय केजी बराबरको माछा बध गरिन्छ । त्यस मध्ये करिव ७५ प्रतिशत मासु अस्वस्थकर रहेको पशुचिकित्कसकहरु बताउछन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती