सडकमै क्रिकेट खेल्दा...

कृष्ण खनाल 
बुटवल, २९ असार । 
तपाईको छोरा छोरी सडकमा वा सडकको किनारामा खेल्दै छन भने ख्याल गर्नुहोला । छोरा छोरीकै कारण तपाई अस्पतालको बेड सम्म पुग्नु पर्ला । शनिवार रुपन्देहीमा त्यस्तै घटना भएको छ । शनिवारकोदिन विद्यालय छुट्टी भएको मौकामा सडक किनारमा  क्रिकेट खेलीरहेका तिन जना विद्यार्थीहरुको कारण उनका अभिभाकहरुले अस्पतालमा दिन कटाउनु प¥यो । 
शनिवार विहान करिव १० बजे बुटवल–४ पारी बुटवलमा रहेको  मणिमुकुन्द बोर्डिङ्ग स्कुल (पहिलाको बुटवल ईलीट) कक्षा २ मा अध्यायनरत ३ जना विद्यार्थीहरुले सडक किनारा क्रिकेट बल खेल्दा बलले लागेर एक जना वृद्धाको चिउडोमा गम्भिर चोटलाग्न गई सिटीस्कान समेत गर्नु परेको छ । 
 मणिमुकन्द बोर्डिङ्ग स्कुलमा कक्षा २ मा अध्यायनरत पुणकाजी शाक्यको नाती निखिल साक्य, विरेन्द्र श्रेष्ठको छोरा कक्षा २ मा अध्यायनत एन्जिल श्रेष्ठ र गणेश प्रसाद केशरको २ कक्षामै अध्यायरत कुशलमणि केशरी खेल्दा लागेको क्रिकेट बलको कारण अमरपुर–५ गुल्मी घर भई हाल बुटवल–५ मा बस्दै आएकी ७० बर्षिय रत्ना कु“वरको चिउडोमा चोट लाग्दा बुटवल हस्पिटल प्रालिमा सिटि स्कान गरिएको छ भने साझ सम्म पनि उनले आखा खोलेकी छैनिन् । उनको  सबै उपचार खर्च तिनै विद्यार्थीका अभिभावकहरुले व्होर्नु परेको छ । 
लायन्स आ“खा अस्पताल बुटवल–४ पारी बुटवलमा उपचारको लागि जा“दै गरेकी गोपाल कु“वरकी ७० बर्षिय आमा रत्ना कु“वरलाई क्रिकेट खेलीरहेका बालकहरुले हानेको क्रिकेट बलको कारण गम्भिर चोट लागेको छ । 
बुटवलमा योस्तो प्रकारको समस्या पहिलो होईन् । विगतका बर्षहरु पनि सडक किनारामा खेल खेल्दा सवारी साधनले किचेर मृत्यु समेत भएको घटनाहरु पाइएको  थियो  । यस्तो प्रकारका घटानहरु न्युनिकरणको लागि आभिभावहरु सचेत हुनुको साथै उचित खेल मैदानको व्यवस्था हुनु अनिवार्य रहेको स्थानिय अशोक कु“वर बताउदछन । उनले भने–‘आफ्नो विद्यार्थी कहा कसरी खेलीरहेको छ भन्ने विषयमा अभिभावकले नियमित रुपमा ख्याल गर्नु जरुरी छ ।’
उता, उक्त घटना घटेपछि बुटवल हस्पीटल प्रा.लि.परिषरमा भेटिएका विद्यार्थी कुशलमणि केशरका  बुबा गणेश प्रसाद केशरले आफु पसलमा गएको बेला यस्तो घटना घटेको बताए । उनले भने–‘म घरमा थिईन् बाहिर गएको बेला खेल्न गएछ यस्तो मलाई यस्तो घटना घट्छ भन्ने थाहा भएन ।’
त्यस्तै  एञ्जिल श्रेष्ठका बुबा बीरेन्द्र श्रेष्ठले विद्यालयमा भोली  परिक्षा भएकोले घरमा अध्यानयन गर्नको लागि आफ्नो छोरालाई आग्रह गरेको भएपनि भागेर गएर क्रिकेट खेलेको बताए । उनले भने–‘भोली परिक्षा छ बाबु राम्रोसंग पढ भनेको साथीहरु संग हिनेछ थाहा भएन ।’ यस्तो पक्रिया आगामी दिनमा दोहोरीन नदिनको लागि आभिभावकहरुले आफ्नो छोराछोरीहरुलाई निगरानीमा राख्नु अनिवार्य रहेको स्थानिय सरोकारवाला निकायको भनाई छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै