मापदण्ड विपरितका ६० सहकारी खारेज, १५ कारवाहीको सूचीमा


कृष्ण खनाल 
बुटवल, १८ असार । 
रुपन्देहीमा मापदण्ड पुरा नगरेका ६० वटा सहकारी खारेज भएका छन् ।  नेपाल सरकार सहकारी तथा गरबी निवारण मन्त्रालय अन्र्तगत,डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भएर नियमित रुपमा बैठक नबस्ने, सहरकारीको आर्थिक पारदर्शीता नभएका तथा सहरकी मापदण्ड विपरित सञ्चालनमा रहेका ६० वटा सहकरीहरु खारेज भएको डिभिजन सहकारी कार्यालय रुपन्देही   प्रमुख रमा आचार्यले जानकारी दिईन् ।
 जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष डोलराज अर्यालक अनुसार १५ वटा कारवाहीको प्रक्रियामा रहेको जानकारी दिए । डिभिजन सहकारी, जिल्ला सहरकारी तथा बस्तुतगत सहकारी संघको संयुक्त अनुगमनको क्रममा मापदण्ड पुरानगरेका सहकारीहरु खारेज गरिएको हो । अहिले रुपन्देही जिल्लामा ६ सय ७६ वटा सहकारीहरु दर्ता रहेको बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद नेपालले जानकारी दिए ।
उनले पछिल्लो  समयमा काठमाण्डौमा जस्तै रुपन्देही जिल्लामा पनि केही धनाढ्यव्याक्तिहरुले २५ जना सदस्यहरु बनाएर पारिवारीक सहकारी दर्ता गर्ने परिपाटी बसेको भन्दै यसको सुक्ष्मरुपले अनुसन्धान गरेर कारवाही गर्नुपर्ने बताएका छन । अध्यक्ष नेपालले भने–‘अहिले जिल्लामा परिवारीक रुपमा सहरकारी खोल्ने गरेको पाइएको छ जसको छानविन गरी कारवाही गर्नु जरुरी छ ।’ पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा २ सय २ वटा  बचत तथा ऋण सहरकारी र अन्य बस्तुगत सहकारीगरी कुल ६ सय ७६ वटा सहकारीहरु छन ।
उता, जिल्लामा सञ्चालनमा आएका सहकारीहरु को नियमिति अनुगमन हुन नसक्नुको कारण निस्कृय रहेका सहकरीहरु खारेज कुन सकेका छैन्न । डिभिजन सहकरी कार्यालय भैरहवाकी प्रमुख रमा आचार्यले सरकारी निकायले सहकारी स्थापना गर्ने मात्र काम भएको भन्दै अनुगमन गर्ने  सरकारको मात्र काम नभएको बताईन् । बुटवल टुडे संगको कुराकानीमा उनले भनीन्–‘यो सरकारले मात्र अनुगमन गर्ने काम होईन, संस्था आफैले र संघले संमन्वय गरेर अनुगमन गर्नुपर्दछ ।’ नेपालमा  वि.स.२०१३ चैत २० गते चितवनमा बखान सिंह गुरुङ्गले संस्थागत सहकारी स्थापना गरी सहकारीको सुरुवात गरेका थिए  भने रुपन्देही जिल्लामा वि.स.२०२० सालमा धकदई सहकारी दर्ता भई सञ्चालनमा  आएको थियो । रुपन्देही जिल्लामा अहिले एक वटा जिल्ला सहरकारी संघ,  ४ वटा विषयगत सहकारी संघ र एउटा राष्ट्रिय सहकरी बैंक स्थापना  सञ्चालनमा आएका छन् । अहिले जिल्लामा रहेका कुल ६ सय ९८ वटा सहरकारीहरुको कुल शेयर पु“जी १ अरब २५ करोड १० लाख ७५ हजार रुपैया रहेको छ । ३ अरब ९८ करोड ८८ लाख ९० हजार रुपैया निक्षेप संकलन गरी ६ अरव ७ करोड ४० लाख  ५२ हजार रुपैया ऋण लगानी गरिसकेको छ । अहिले रुपन्देही जिल्लामा १ हजार ५९ जना कर्मचारी लगायत  १ लाख २८ हजार ९ सय ८४ जना सदस्यहरु सहरकारीमा अवद्ध छन् । गत बर्ष जिल्लामा रहेका ५ सय ८८ सहकारी दर्ता भएकोमा निष्कृय रहेका ४४ सहकारी संस्था लाई डिभिजन सहकारी कार्यालयले  दर्ता खारेज गरेको छ । दर्ता खारेजीमा परेका अधिकांश सहकारी बहुद्देश्यी तथा कृÈि संग सम्बन्धीत पुराना रहेको कार्यालयले जनाएको छ । २० बर्Èअघि  २७ बटा सहकारी रुपन्देहीमा  संचालनमा आएका भएता पनि अहिले बगाहा, पजरकट्टी, बोधबार, खुदावगर र सक्रैनपकडी गरी ५ गाबिसमा बाहेक ६४ गाबिस र २ नगर पालिकामाका मा सहकारी सञ्चालन भएका छन ।
जिल्लाका सहकारी मध्ये जिल्ला सहकारी संघ ५, बहुउद्देश्यीय कृÈि २ सय २२, बचत तथा ऋण २ सय २, दुग्घ उत्पादक ६७, उपभोक्ता ८, यातायात, माछापालन, छापाखाना, सुचना तथा संचार, बिद्युतीय सहकारी, स्वास्थय र औद्योगीक सहकारी एक ÷एक र अन्य २१ रहेका छन् । डिभिजन सहरकारी कार्यालयले जनाएको छ । अहिले जिल्लामा महिला द्वारा संचालित सहकारी ४८ रहेको छ भने उनिहरुको शेयरपुजी  ४१ लाख २१ हजार ७ सय र बचत २ करोड ७३ लाख ७९ हजार २ सय ४५ रुपैया“ छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै