‘नमुना’ बन्दै सामुदायिक पुस्तकालय


कृष्ण खनाल
कृष्ण खनाल
बुटवल, १६ असार । 
भित्रप्रवेश गर्नासाथ व्यवस्थीत रुपमा बाल बच्चाहरुको लागि राखिएका खेलकुदका सामग्र्री, त्यहा रमाईरहेका साना बच्चाहरु । जो कोही पनि झुक्कीन सक्दछ कतै यो नीजि सुविधा सम्पन्न बोर्डिङ्ग स्कुल वा मन्टेश्वरी स्कुल त होईन ? लहरै व्यवस्थीत रुपमा राखिएका हजारौ पुस्तकहरु, महिलाहरुको प्रजन्न अंग तथा अवस्थाबारे जानकारी दिने विशेष सामग्रीहरु, आधुनिक ईन्टरनेट जजिटकम्प्युटर, कार्यक्रम गर्नको लागि सभाहल, बाद्यबमद्यन सम्पूर्ण सामानहरु । उक्त स्थानमा पुग्ने जो कोही पनि एकछिन सोच्न बाध्य हुन्छन् कत आधुनिक निजी स्कुलको नमुना त होईन ?

तर यो कुनै निजी विद्यालय, वा मन्टेश्वरी गृह नभएर ‘सामुदायिक पुस्तकालय’को ‘नमुना’ हो । रुपन्देहीको पश्चिम क्षेत्र दुधराक्ष गाविस वार्ड ५ बा“सगढीमामा रहेको ‘लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय’ साच्चै नै  नमुना पुस्तकालयको रुपमा आफ्नो पहिचान बनाएको छ । 
पुस्तकालयको भवन .
वि.स.२०६९ साल माघ २० गते विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा स्थापना भएको सामुदायिक पुस्तकालयमा समुदायका सबै प्रकारका जाति, वर्ग, समूह, उमेर, लिङ्ग, भाषा, धर्म आदिलाई ख्याल्गरेर पुस्तकालय–कक्ष कक्ष निर्माण गरिएको छ । 

श्रव्य–दृष्य कक्ष, महिला–कक्ष, बाल–कक्ष, कम्प्यूटर–कक्ष, संगीत–कक्ष, खेलकुद–कक्ष र स्वास्थ्य कक्षको व्यवस्था गरिएको छ । बुटवल देखि २७ किलोमिटर पश्चिममा रहेको उक्त पुस्तकाललाई अmभ व्यवस्थीत ढंगले बढि व्यवस्थीत र आधुनिक सुविधा सम्पन्न बनाउनको लागि सबैको सहकार्य जरुरी रहेको पुस्तकालयका  सह–सचिव दिनेश पन्थीले जानकारी दिए । 
आईसीटी कक्षा  
आज भन्दा एक बर्ष अगाडी रिड नेपाल नामक गैरसरकारी संस्था, गा“उ विकास समितिको आर्थिक सहयोगमा सुविधासम्पन्न भवन, पुस्तकहरु तथा  जिल्ला विकास समितिको सहयोगमा कम्प्युटर लगायतका सामग्रीहरुको व्यवस्था गरिएको भएपनि सह –सचिव पन्थीको भनाई छ । 

समुदायको चौतर्फी विकासका लागि स्थापित यस पुस्तकालयले निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान, जनचेतना ¥याली, किसानका समस्या समाधानका लागि कृषि सम्बन्धी चेतना तथा तालिम, महिलाहरुका लागि सशक्तिकरण तालिम, बालबालिका र बिद्यार्थीका लागि शिक्षा सम्बन्धी प्रतिस्पर्धात्मक कार्यक्रम, जिज्ञासा संकलन र सूचना प्रवाह गर्ने र गराउने कार्यक्रमका साथै स्वास्थ्य साक्षरता कक्ष र विभिन्न जीवन उपयोगी शिक्षा सम्बन्धी कार्यक्रहरु संचालन समेत गर्र्दै आएको छ । 

सामुदायिक पुस्तकालय स्थापनको लागि रिड नेपालले ५२ लाख ६९ हजार ९ सय २१ रुपैया ५० पैसा र समुदायबाट ९ लाख ३१ हजार ७ सय ५० रुपैया गरी कुल ६२ लाख ११ हजार ६ सय ७१ रुपैया ५० पैसाको लागतमा निर्माण भएको थियो । अहिले पुस्तकालयमा अध्यानको लागि साधारण सदस्यहरुको लागि परिचय पत्रको लाग २० रुपैया लिने गरेको छ । जो सुकै व्याक्तिहरुले परिचय पत्र बनाएपछी अध्यान गर्न पाउने पुस्तकालयले व्यवस्था गरेको छ । मानार्थ सदस्यहरुको लागि ११ हजार १ सय ११ रुपैया र साधारण सदस्यका लागि ५ हजार ५१ रुपैया लिने गरेको पुस्तकालले साधारण र मानार्थ सदस्य भएपछी पुस्तकालयमा भएका पुस्तक तथा अन्य सामाग्रीहरु निश्चित समयका लागि घरमै लगेर अध्यान गर्न पाउने व्यवस्था गरिएको छ ।

अहिले आईसीटी कक्षा अन्र्तगत २० जना विद्यार्थीहरुले नियमित रुपमा पुस्तकालयमा आएर कम्प्युटर कक्षा लिईरहेका छन् भने निकट भविस्यमै कम्प्युटरको हार्डवेयर र सफ्टवेयरका कक्षाहरु समेत सञ्चालन गरिने योजना रहेको पुस्तकालयका अध्यक्ष युवराज काफ्ले जानकारी दिए । 
उनले भने–‘अहिले हामीले पुस्तकालयको अतिरिक्त विभिन्न औषधीहरु वितरणको साथै सामुदायमा आधारित कार्यक्रम समेत गरिरहेका छौ ।’ अहिले पुस्तकालयमा ५ वटा कम्प्युटरहरु रहेकोमा एक जना व्याक्तिले ३० मिनेट चलाउन पाउने व्यवस्था गरिएको छ । पुस्तकालयको माध्यामबाट गरिब मान्छेहरुको हात कम्प्युटर सम्म पु¥याउने प्रमुख उदेश्य रहेको पुस्तकालयले जनाएको छ । अहिले पुस्तकालयमा करिव ५ हजार भन्दा बढि पुस्तकहरु, बाध्यावाधनका साधनह, मन्टेश्वरीको कक्षा, खेलकुदक  सामग्रीहरु, स्वाथ्य उपचार कक्ष, आईटी कक्ष समेत समवेश गरिएको छ . 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै