४ बर्षमा साढे ४ हजारले मात्रै भरे बेरोजगार फारम


 कृष्ण खनाल 
बुटवल, २८ असार । 
लुम्बिनी अञ्चल श्रम कार्यलयमा बसिरहेको बेला फोन आयो । कार्यलय प्रमुख श्याम केसी कार्यालयमै रहेको आएको उक्त फोन उनले  रिसीभ गरे । उनले भने–‘हेलो कहा“ बाट को बोल्नु भएको ?’ उनले यती के भनेका थिए उताबाट आवाज अयो–‘ यहा फारम भने के भरेर मन्त्री बन्न पाईन्छ, की प्रधानमन्त्री बनाईदिने हो ?’ उताबाट यस्तो आवाज आएपछि श्रम कार्यलय प्रमुख केसीले भने–‘त्यसो होईन नेपाल सरकारले बेरोजगारहरुको लागत संकलनको लागि फर्मभर्ने व्यवस्था गरेको हो तपाई पनि भर्न सक्नुहुन्छ ।’ तर यती नभन्दै फोन काटियो । 
यो  एउटा उदाहरण मात्र हो कार्यालय प्रमुख मात्र होईन, कार्यलय सहयोगीहरु पनि यस्तो फोनहरु पटक पटक आउने गर्दछन् । नेपाल  सरकारले  आर्थिक बर्ष २०६५÷०६६ बाट बेरोजगारहरुको लागत संकलनको लागि बेरोजगार फारम भर्नको लागि अग्रह गरेको थियो । तर लुमिबनी अञ्चल कार्यलयको कार्यक्षत्र रहेको ६ वटा जिल्लाहरुबाट आर्थिक बर्ष २०६९÷७० सकिनै लाग्दा जम्मा ५ हजारले मात्र फर्म भरेका छन् । रुपन्देही, कपिलबस्तु, नवलपरासी, गुल्मी, अर्घाखा“ची र कपिलबस्तुबाट श्रम कार्यालय बुटवलमा फर्म भर्न व्यवस्था मिलाईएको छ  । 
तर अञ्चल श्रमकार्यालय बुटवलको फोन नम्बर ०७१–५४०३०३ मा युवाहरुले ‘के फारम भरेर प्रधानमन्त्री पद पाईन्छ की मन्त्री पद ?, कुन सरकरी जागिर पाईन्छ ? वाहियात कीन फारम भर्ने जस्ता फोनहरु दैनिक रुपमा आउने गरेको कार्यालयकी सहयोगी नेत्रवती ढकालले जानकारी गराईन् । 
आर्थिक बर्ष समाप्त हुन लाग्दा श्रम कार्यालय बुटवलमा जेठ महिना सम्म ४ हजार ६ सय ८८ जनाले फारम भरेका छन भने असार महिनामा करिव ३ सय जानले फारम भरेको श्रमकार्यालय बुटवलका प्रमुख श्याम केसीले जानकारी दिए । नेपाल सरकारले बेरोजगारहरुको लागत संकलन गरेपछि वेरोजगार जनशक्तिहरुको बारेमा आवश्यक नीति नियम बनाउनकोलागि सहयोग पु¥याउनको लागि  बेरोजगारहरुकबो लागत संकलन गरिएको जनाएको छ । सरकारले आर्थिक बर्ष २०६५÷६६ सालको असार १३ गतेबाट  लागत संकलनको कार्य सुरु गरेको थियो । लुम्बिनी अञ्चलमा बेरोजगारहको संख्या हजारौ भएपनि ज्यादै न्युन मात्रै बेरोजगार फारम भरेका छन् । वि.स.२०६९ साल सम्म बेरोजगार फारम भर्ने मानिसहरुको संख्या ज्यादै न्युन रहेको भएपनि अहिले ०६९ साल असार महिनामा निर्देशिका जारी गरेपछि  बेरोजगार फारम भर्ने मानिसहरुको संख्या केही बढेको श्रम  कार्यालय बुटवलले जनाएको छ । पछिल्लो समयमा विभिन्न सञ्चार माध्यामहरुबाट समेत प्रचार प्रसार गर्ने कार्य गरिएकोको कारण पनि केही मात्रमा बेरोजगार फारम भर्नेको संख्या बढेको पाईको छ । श्रम  कार्यालय बुटवलका प्रमुख श्याम केसीका अनुसार बेरोजगारहरुको लागत संकलन नेपाल सरकारले आवश्यक नीति नियम बनाउनको सहयोगको लागि गरेको जानकारी गराए । बुटवल टुडेसंगको कुराकानीमा प्रमुख केसीले भने–‘पहिला भन्दा केही सुधार भएको छ ।’ लुम्बिनी अञ्चलमा हजारौ बेरोजगार मानिसहरुछन तर किन बेरोजगार फारम भर्नेहरुको संख्या ज्यादै न्युन छ नी ? भन्ने प्रश्नमा उनले भने–‘बेरोजगार मानिसहरुले फारम भरेका मानिसहरुलाई रोजगारमा लगाउने भन्ने निर्णय नै नगरेको कारण निरास भएर पनि होला अहिले खासै उत्साह छैन ।’ 
 नेपालमा पछिल्लो समयमा रोजगार सृजना गर्ने खालका सरकारी निकायबाट कुनैपनि नया उद्योग धन्दाहरुको स्थापना  नगरेको कारण र बेरोजगारीको कारण दैनिक सयौ मानिसहरु विदेसीन बाध्य भएको कारण सरकारको बेरोजगार फारम भर्ने कामबाट कुनैपनि उत्सायी छैन्न । 
केही समयपछि सरकारले नीतिगत रुपमा निर्णय गरेर रोजगार विनियम प्रणाली लागू गरी बेरोजगार फारम भरेका मनिसहरुबाट आवश्यक जनशक्ती रोजगारमा लागाउने निर्णय गरेको छ । तर अहिले सम्म पनि नीतिगत रुपमाण् रोजगार विनिमय प्रणाली आउन सकेको छैन । सरकारले रोजगार सूचना केन्द्रको स्थापना गरेर बेरोजगारहरुको लागत लिने काम गरेको छ । सरकारले यसरी स्थापना गरेको रोजगार सूचना केन्द्र्रमा पुगेर वा  नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय श्रम विभाग रोजगार सूचना केन्द्रको रोजगार विनिमय सेवा को वेभ साईट धधध।मयभिष्अ।नयख।लउ मा गएर  प्रत्यक्ष तथा त्यहाबाट फारम डाउनलोड गरी फारम भरेर श्रम सूचना कार्यलमा फारम बुझाउन  सकिने जनाएको छ ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै