ठेला व्यवस्थीत गराउने राजनीतिक दलको प्रतिबद्धता


कृष्ण खनाल 
बुटवल, २३ असार ।
रुपन्देहीमा ठेला व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका व्यसायीहरुको दिगो रुपमा समस्या समाधानको लागि रुपन्देहीका राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेस वाहेकका अन्य राजनीतिक दलहरुले बुटवल नगरपालिका, ईलाका प्रशासन कार्यालय, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालयको संयुक्त बैठक बसी ठोस निर्णय गरी बैज्ञानिक व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।  
रुपन्देहीमा क्रियाशिल विभन्न राजनीतिक दहरुले आ–आफ्नो क्षेत्रबाट ठेला व्यवसायीको समस्या सामधानको  लागि बैकल्पीक स्थानको खोजी तथा पहलको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्वता समेत जनाएका छन् । 
  एकिकृत नेकपा माओवादी क्षेत्र नम्बर चार रुपन्देहीका ईन्चार्ज प्रेम बहादुर गुरुङ्गले श्रम गरेर बाच्न पाउने नेपाली नगरीकको अधिकार भएको कारण आफ्नो पार्टीले  ठेला व्यवसायीको पक्षमा काम गर्ने बताएका छन् । उनले आफ्नो पार्टीले ठेला व्यवसायीको समस्या समाधानको लागि सहकार्य गरेर अगाडी बढ्ने प्रयितबद्वता समेत जानाए । उनले भने–‘गरीखान  पाउनु पर्दछ यो सबैको अधिकार हो विकल्प दिएर मात्र हटाउनु पर्दछ ।’ उनले ठेला वयवसायीहरुको समस्या साधानको दिगो व्यवस्थापनको लागि बैज्ञानिक ढंगले व्यवस्थापन जरुरी रहेको बताएका थिए । 
उता नेकपा एमालेका नगर अध्यक्ष रामचन्द्र क्षेत्रीले ठेला व्यवसायीको  सस्या समाधानको लागि विभिन्न आन्दोलन तथा धर्ना जुलुसबाट केही नहुने भन्दै यसयको लागि विभिन्न राजनीतिक दल र सरोकारवाला निकयको विचमा विशेष बैठक आह्वान गररेर समस्या समाधान गर्न सकिने सझाए । उनलेभने–‘यो समस्या समाधानको लागि सबै सरोकार निकाय तथा दलहरुको विचमा नगरपालिकाको रोहवरमा वृहत बैठक बसेर निर्णय गर्नुपर्दछ ।’ उनले ठेला व्यवसायको समस्या समाधानको लागि आफ्नो पाटीबाट सहयोग गर्ने प्रतिबद्धता  समेत  जनाए । त्यस्तै  नेकपा–माओवादीका नगर सेक्रेटरी श्याम सेन्चुरीले नगरपालिकाबाट विगतका बर्षहरुमा ठेला व्यवसायीबाट कर असुन्दै अएकोले बैधानिकता प्रदान गरेको भन्दै अहिले आएर एका एक ठेला हटाउने निर्णय गर्न  नपाउने बताए । उनले भने–‘ठेला व्यसायीबाट नियमीत कर लिएर अहिले हटाउने कुरा नाजायज हो ।’
त्यस्तै राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष पदम श्रेष्ठले  काम गरेर खान पाउनुपर्ने  वातावरण सरकारले  निर्माण गर्नुपर्ने भन्दै ठेला व्यवसायीलाई विकल्प दिएर मात्र हटाउनुपर्ने बताएका थिए । उनले भने–‘अहिले एका एक ठेला व्यवसायीलाई हटाएर नगरपालिका उदासिन बन्न  पाउदैन विकल्प दिन जरुरी  छ  । नेकपा एकिकृतका जिल्ला सचिव केवी गुरुङ्गले ७५÷८० को मापदण्ड वाहेकको क्षेत्रमा ठेला व्यवसायीले आफ्नो व्यवसाय गरेर खान पाउनुपर्ने वातावरण निर्माण गर्नको लागि सबैले सहयोग गर्नुपर्ने बताए । 
नेकपा एमालेका मणि खनाल, युवा संघ नेपालका उपसचिव  कृष्ण थापा,  वेरोजगार युवा संघका प्रकाश अधिकारी, ग्यास विक्रेता संघका अध्यक्ष बसन्त गौचन, नेपाल  पत्रकार महासंघ रुपन्देही अध्यक्ष दीपक ज्ञवालीले ठेला व्यवसायीको बैज्ञानिक व्यवस्थापन जरुरी रहेको बताएका थिए । 
उता, बुटवल कृषि उपज केन्द्र थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले २०२७ सालदेखि बुटवल र यस आसपासमा ठेला वयवसायको सुरुवात भएको जानकारी दिदै अहिले आएर ठेला हटाउदा हजारौको समान विक्रि हुन नसक्दा  उपज केन्द्रलाई घाटा लागेको जानकारी दिएका छन । वि.स.२०६४ सालमा काठमाण्डौ उपत्यका पछि सबैभन्दा ठुला  उपज केन्द्रबुटवलमा स्थापना भएको थियो । ३ महिना अगाडी उपजकेन्द्रबाट दैनिक २ सय क्वीन्टल (२० टन) फलफुल मात्र विक्रि हुने गरेकोमा अहिले करिव चार टन मात्र विक्रि भैरहेको उपज केन्द्रले जनाएको छ । केन्द्रका अध्यक्ष पन्थी भन्छन्–‘ठेला व्यवसायीहरु विस्तापीत भएपछि अहिले यहा बाट विक्रि हुने फलफुलको व्यापार स्वातै घटेको छ ।’ उनले केही महिना अगाडी उपज केन्द्रमा ठेलामा फलफुल तथा तरकरीको व्यावसाय गर्ने व्यापारीहरुको विहान देखिनै भिडभाड हुने गरेकोमा अहिले भने अनुपातमा शु्न्य जस्तै भएको जानकारी दिए । 
ठेला व्यवासायीहरुलाई पुर्ण रुपमा विस्तापीत नगरी विहानको करिव ९ देखि १० बजे र साझ ४ देखि ५० बजे सम्मको समयमा ठेला चलाउन नपाईने र  प्रमुख राजमार्ग भन्दा भित्रका सहायक मार्गहरुमा ठेला चलाउन पाउनुपर्ने व्यववस्था गर्नको लागि सुझाए 
उता, बुटवल नगरापालिकका अधिकृत डोलराज पौडेलले बुटलको सडक किनाराबाट ठेला व्यवसायीहटाउने कुनै पनि आधिकारीक निर्णय नभएको बताउदछन् । उनले नगरपालिकाले निर्णय गरेर ठेला हटाउने भनेर कुनैपनि कार्य नगरेको समेत बताए । उनले  विगतका महिनामा नगरपालिकाले  ठेला व्यवसायीबाट राजश्व उठाएको नभई सरसफाई अन्र्तगतको जरिमाना सुल्क  उठाएको जानकारी गराए । उनले भने–‘हामीले कर वापतको रकम उठाएका होईनौ यो सरसफाई अन्र्तगतको शूल्क  उठाएका हौ तर अहिले बन्द भएको छ ।’  उनले  सार्वजनिक जग्गा कब्जा गरेर कसैले पनि व्यवसाय गर्न  नपाइने भन्दै उक्त जग्गाको अनुगमन तथा रक्षा गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीको भएको जानकारी गराए । 
पश्चिम  क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी विभिुती राज पाण्डेले माथिको आदेशबाटनै प्रमुख  राजमार्ग खाली गर्ने अभियान अन्र्तगत यस क्षेत्रमा पनि सडक खाली गराएको जानकारी  दिए । उनले अहिले आफुले एकटौली रुपमा निर्णय गरेर प्रमुख राजमार्गमा ठेला व्यवसाय गर्नको लागि दिन नसक्ने र यदि प्रमुख राजमार्गमै ठेला व्यवसाय गरेको पाइएमा कुनै पनि बेला कारवाहीगर्न सकने जानकारी समेत  दिए । उनले भने–‘प्रमुख राजमार्गमा ठेला चलाउन पाईदैन अन्य सहमती गरेर अन्य स्थानमा ट्राफिक व्यवस्थामा अवरोध नहुने गरी  स्थान तोक्दा हुन्छ ।’
उता रुपन्देही ठेला व्यसयायी समितिका अध्यक्ष मोतिराज कण्डेलले आफुहरुको माग ट्राफिक व्यवस्थानै अवरोध हुने गरी व्यवसाय गर्नु पाउनु नभएको भन्दै निश्चित समय, उचित स्थान र विकल्प दिनुपर्ने माग रहेको जानकारी गराए । उनले विभिन्न चरणवद्ध आन्दोलन गरिरहेको समयमा मागको सुनुवाई नभएका २७ गते बुटवलमा मसाल जुलुस प्रर्दशन गर्ने र २८ गते बुटवल बन्दको समेत कार्यक्रम रहेको जानकारी दिए । उनले भने–‘मागको सुनुवाई भएन भने २८ गते बुटवल बन्द गछौ भने साउन १ गते देखि अनिश्चित कालिनरुपमा बुटवल कृषि उपज केन्द्रबाट तरकारी तथा फलफुल वितरणमा रोक लगाउने सम्मको आन्दोलन गर्नेछौ ।’ 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै