म्याद सकिनै लाग्दा फोटोखिचाउनेको भिड, रुपन्देहीबाट ३ लाख ८२ हजार ८ सय ६६ नामावली संकलन


कृष्ण खनाल 
बुटवल, २३ असार । 

सोमबार शंकरनगर–५ रुपन्देहीकी ५२ बर्षिय रेश्मा पाण्डे ईलाका प्रशासन कार्यलय बुटवलको परिसरमा भेटिईन् । आईतबार दिनभर आगामी निर्वाचनकोलागि फोटो सहितको मतदाता नामावली दर्ता गराउन लाईनमा बसेको भएपनि मतदाता नामावली दर्ता गराउने मानिसहरुको भिडको करण पालो नआएपछि घर फर्किएकी थिईन् । आईतबार नाम दर्ता गराउन नपाएपछी ‘अब आउदिन’ भनेर घर फर्किएकी उनलाई आफ्नै बहिनीले ‘फोटो नखिचाए त भोट हाल्न पाईन्न है दिदी ’ भनेर सम्झाएपछि पुनःसोमबार ईलाका प्रशासन कार्यालय बुटवलमा आएकी थिईन् । सोमबार विहान करिव ८ बजेनै आएर नागरिकता जम्मा गरेकी भएपनि ‘पहिलानै जम्मा गरेको नागरिकता हुदैन’ भनेर १० बजे फिर्ता गरिएको थियो । १० बजे देखि नै फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि लाईनमा बसेकी उनकोपालो दिउसो ४ बजे सम्म पनि आएको थिईन् ।
आगामी निर्वाचनकोलागि फोटो सहितको मतदाता नामावली दर्ता गराउने म्याद सकिन एकहप्ता भन्दा कम समय रहदा“ रुपन्देहीका विभिन्न पा“च स्थानहरुमा नामावली दर्ता गराउने मानिसहरु भिड बढ्ेको छ । ‘पहिलाकै नामले हुन्छ भनेर आई“न त्यसले त ह“ुदो रैनछ बल्ल थाहा पाए फोटो खिचाउन आएको ।’ ईलाका प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावलीदर्ता गर्नआएका बुटवल–१३ कालिकानगरका यज्ञप्रसाद न्यौपानेले भन्दैथिए –‘पहिला जानकारी पाईन अहिले मात्र थाहा पाए फोटो नखिचाए त  भोट हाल्न पाइन्न रे ।’  विहान करिव ११ बजे नै लाईनमा बसेका उनको पालो ४ बजे सम्म पनि आएको थिईन ।
यसरी फोटो सहितको मतदाता नामावलीमा नामदर्ता गर्ने समय सकिन केही दिन मात्र बा“की रहदा  कुनै÷कुनैले गाउमा टोली आउदा थाहा नपाएको र व्यस्तभएको र पहिलाको नामावलीलेनै होला भनेर बसेको कारण नाम दर्ता नगराएको बताएका प्रतिक्रिया दिएका छन् ।  
ईलाका प्रशासन कार्यलय बुटवलमा सोमबार वृद्ध÷बृद्धा मात्र होईन युवा–युुवतीहहरु समेत  घण्टौ सम्म लाईनमा बसेर मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । 
उता, जिल्ला निर्वाचन आयोग रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत तुलसीराम ज्ञवालीले निर्वाचन आयोगको पछिल्लो डाटा अनुरसार रुपन्देहीबाट कुल ३ लाख ८२ हजार ८ सय ६६ जनाको  फोटो सहितको नामावली संकलन गरिएको जानकारी दिए । जुन रुपन्देही जिल्लाका मात्र मतादाताहरुको नभएर विभिन्न जिल्लाबाट रुपन्देहीमा आई बसोवास गर्ने मानिसहरुले रुपन्देही जिल्लाबाट दर्ता  गराएको नामावली हो । 
जिल्ला निर्वाचन अधिकृत ज्ञवालीका अनुसार गएको मंसिर महिना रुपन्देही जिल्लाका मात्र कुल ३ लाख ५१ हजार १ सय ६५ जना मानिसहरुले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नामा दर्ता गराईसकेका छन् । निर्वाचन अधिकृत ज्ञवालीले अहिलेपनि विभिन्न मतदाता नामावली संकलनकार्य जारी रहेकोले रुपन्देहीबाट कुल कतिजना मतादाताले आफ्नो नाम दर्ता गराए भन्ने यर्थात विवरण आउनको लािग केही दिन लाग्ने जानकारी गराए । 
बुटवल टुडे संगको टेलिफोन कुराकानीमा ज्ञवालीले भने–‘अहिलेपनि छुटेका मतदाताहरुको विभिन्न  चार स्थानबाट मतदाता नामवाली संकलन कार्य जारी रहेको छ  साउनको पहिलो हप्ता सम्ममा सबै विवरण आउनेछ ।’
अहिले जिल्ला निर्वाचन आयोगले रुपन्देही जिल्लाका विभिन्न चार स्थानहरुबाट गाउ गाउमा गएको निर्वाचन टोलीसमक्ष मतदाता नामावली दर्ता गराउन छुटेको नामावली दर्ता गर्ने काम गरिरहेको छ । 
जिल्ला प्रशासन कार्यलय भैरहवा, जिल्ला निर्वाचन कार्यालय भैरहवा, ईलाका प्रशासन कार्यालय बुटवल र मर्चवारबाट समेत मतदाता नामावली संकलनकार्य जारी राखेको छ । निर्वाचन आयोगले विभिन्न चरणमा मतदाता नामावली संकलन गरेको थियो । पुस देखि जेठ महिनासम्म रुपन्देहीका ६ हजार २ सय १६ जना मानिसहरुको मतदाता नामावली संकलन गरिएको छ भने चैत महिनामा अध्यावधिक मतदाता नामवली अन्र्र्तगत १० हजार २ सय ९९ जनाको मतदाता नामावली  संकलन गरेको छ ।  जुन चैत महिनाको १० गते देखि १९ गते सम्ममा संकलन गरिएको हो । 
 त्यस्तै जिल्ला निर्वाचन कार्यलयबाट सुरु गरिएको एकिकृत घुम्ती शिवीरअनर्तगत देवदह गाविस, पर्रोहा गाविस, फर्साटिकर गाविस , लुम्बिनी गाविस र सुखौनी गाविसबाट कुल ३ हजार ५ सय ४ जना मतदाताहरुले फोटो सहितको नामावली दर्ता गराएका थिए । जुन रुपन्देही जिल्लाकामात्र हुन् । त्यस्तै जिल्ला प्रशासन कार्यालयको नागरिकता टोलीसंगै गएको जिल्ला निर्वाचन आयोगको टालीले ९ हजार ६ सय ५७ जनाको मतदाता नमावली संकलन गर्न सफल भएको छ । जुन  तथ्याङ्क रुपन्देही जिल्लाका मात्र हुन् । त्यस्तै असार माहिनामा १४ सय ३२ जनाको नाम दर्ता भएको छ । 
मंसिर महिनामा अन्तम् चरणमा प्रकाशित गरिएपछी असार महिना सम्म थप ३१ हजार १ सय ८ जनाको थप मतदाताहरु थपिएका छन् । जिल्ला निर्वाचन कार्यलयले रुपन्देही जिल्लाका विभिन्न घुम्ती शिबीर मार्फत ९७ जना कर्मचारीहरु खटाएर जिल्लाका गाउ“÷गाउ“ र टोल÷टोलमा गएर मतदाता नामावली  संकलनकार्य गरेको थियो । जिल्ला निर्वाचन कार्यलय रुपन्देहीले गाउ“ ÷गाउ“मा गएर विभिन्न प्रचारात्मक कार्यक्रम, माईकिङ्ग, निर्वाचन शिक्षा तथा अन्य कार्यक्रम मार्फत जनचेतना फैलाउने कार्यक्रम गरेको कारण कोहीपनि मतदाता नामावली दर्ता गराउन छुटेर भोटहाल्न नपाउने वातातरण आउनेमा दावि गरेको छ । 
तर पछिल्लो समयमा आएर मतदाता नामावली दर्ता गर्नको लागि आउने व्याक्तिहरुले आफुलाई पहिला कुनैपनि जानकारी नभएको कारण ढिला मतदाता नामावली दर्ता गराउन आएको बताएका छन् । निर्वाचन आयोगले रुपन्देहीका विभिन्न ३ सय स्थानहरुमा माईकिङ्ग गरी मतदाता  नामावलीमा दर्ता गर्नको लागि अनुरोध गरेको जनाएको छ । यसको अलवा विभिन्न पत्र पत्रिका, रुपन्देहीका सम्पूर्ण एफ् एम् रेडियो, सम्पूर्ण गाउ“विकास समितिको कार्यलय, नगरपालिकको कार्यालयले पनि मतदाना नामावलीमा नाम दर्ता गराउनको लागि आह्वान सहितको प्रचार प्रसार कार्यक्रम  गरेको जनाएका छ । 

Popular posts from this blog

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता