तेस्रो पक्ष विमा गर्नेहरुको संख्या बढ्दो

पुरानो समाचार 
कृष्ण खनाल 
बुटवल,असार। सरकारले तेस्रो पÔ बिमा कार्यक्रम भदौ १६ गते देखि अनिबार्य रुपमा लागू गरे संगै तेस्रो पक्ष विमा गर्नेहरुको संख्या बढ्दै गएको छ । सरकारले भदौ १ गतेदेखि यो बिमा कार्यक्रम लागु गर्ने घोÈण्ाँ गरेको भए पनि भर्दौ १६ गते देखि अनिबार्यरुपमा लागु गरेको थियो । 
जसका कारण सरकारले तेस्रो पक्षको विमा अनिबार्य रुपमा गर्नुपर्ने निति संगै अहिले विमाकम्पनीहरुमा तेस्रो पक्षको विमा गराउनेहरुको संख्या बढेको इन्सुरेन्स कम्पनीहरुले बताएका छन् ।

तेस्रो पÔ विमा गर्नुपर्ने नियम लागू भएपछि विगतको बर्Èहरुको विमा गर्ने मानिसहरुको संख्या उल्लेखनीय वृद्धि भएको विमा कम्पनीका एक सदस्यले बताए ।

बुटवलको मिलनचोकका हिमालयान जनरल विमा ईन्सुरेन्स कम्पनीका अनुसार विगतका बर्Èमा ज्यादै न्युन मात्रामा विमा गर्ने मानिसहरु आउने तर पछिल्लो समयमा तेस्रोपÔ विमा अनिवार्य भएपछि दैनिकरुपमा करीव ३० देखि ३५ जना मानिसहरु विमाको लागि आफ्नो कार्यालयमा आउने जनाएको छ ।
 कम्पनीका शाखा प्रवन्धक शंकर श्रेष्ठले विगतको बर्Èमा भन्दा पछिल्लो समयमा तेस्रो पÔ विमा अनिवार्य रुपमा हुन थालेपछि विमा गर्ने मानिसहरुको संख्या बढेको बताए । उनका अनुसार अहिले दैनिकरुपमा २५ देखि ३० वटासम्म मोटरसाईकल तथा ३ देखि ४ बटा अन्य ठूला गाडीहरुको विमा गर्न गाडिधनीहरु आउने गरेका छन् ।
पछिल्लो समयमा रुपन्देहीमा संचालनमा रहेका १७ वटा विमा कम्पनीहरुले तेस्रो पÔ विमा गरेको तथ्याङक छ । पछिल्लो समयमा बुटवलमा विमा कम्पनीहरु खुल्ने क्रमसमेत बढ्दै गएको छ । हिमालयन जनरल विमा ईन्सुरेन्स कम्पनीका अनुसार अहिले मोटरसाईकलको तेस्रोपÔ विमा गर्दा १३५ सि.सिभन्दा कम को ११ सय ३५ रुपैया ६५ पैसा भ्याट तथा टिकट शुल्कसहित र १ सय ५० सिसि भन्दा माथि १३ सय ६२ रुपैया ६५ पैया भ्याट र टिकट सुल्क सहित लाग्ने गरेको शाखा प्रवन्धक श्रेष्ठले जानकारी दिए ।
उनले दुईपाङग्रे गाडीहरु भन्दा माथिका गाडीहरु ट्रयाक्टरको ३ टनसम्म Ôमता भएकोलाई ६५ सय र अन्य बस तथा ट्रकको सिट तथा Ôमता हेरेर विमा शुल्क लाग्ने जानकारी दिए । यसरी गरिएको विमाबाट मोटरसाईकलले कुनै तेस्रो पÔ मानिसलाई ठक्कर दिइ घाइते भएका २ लाख सम्मका उपचार खर्च दिने र मृत्यु भएमा ५ लाखसम्मको Ôतिपुति दिर्ने गरेको पाइन्छ । 
बिमा Ôेत्रको निकाय बिमा समितीले मोटर बिमादर सम्बन्धि निर्देशिका २०६६ समेत जारी गरिसकेको छ ।निजी सबारीसाधनले शारीरीक Ôति बापत ८० लाख रुपैया“ र सम्पत्तिको Ôति बापत ८० लाख रुपैया“ गरि १ करोड ६० लाख रुपिया“सम्म Ôतिपुति दिर्नेछ भने ब्यबसायिक सबारीसाधनको ५० लाख शारिरिक Ôति र ५० लाख सम्पत्तिको Ôति गरी एक करोड रुपिया“सम्मको Ôतिपुति बिर्मा कम्पनिले प्रदान गर्नुपर्नेछ । पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सरकारले तेस्रो पक्ष विमा अनिबार्य गरेपछि आफ्नो संस्थामा रहेका गाडिहरुमा विमा भएको बताए ।
उनले तेस्रो पक्ष विमा अनिबार्य नहुदा सम्म विमा कम्पन्नीहरुले ठुला सवारी साधनलाई विमा गराउन हिचकिच्याउने र विमा गराइहाले पनि दुर्घटनामा हुदा विमा शुल्क नदिने प्रबृत्ती विमा कम्पनीहरु रहेको बताए । अहिले संघमा आबद्ध करिव २२ सय सवारी साधनहरुमा तेस्रो पक्षको विमा गरिसकेको उनको भनाई छ ।

((((((((((((((((
के हो तेस्रो पÔ विमा ?
कुनै पनि सवारी साधनले कसैलाई ठक्कर दिएमा ठक्कर बापत दिइने उपचार खर्च विमा कम्पनीहरुले गर्दछन त्यस्तो विमानै तेस्रो पक्ष विमा हो । अझ यसलाई यसरी भन्दा सरकारले यातायातका साधनहरुबाट बाटोमा हिंड्ने पैदलयात्रु तथा अन्य साईकल तथा रिक्सामा सवार यात्रुहरुलाई कुनै पनि यातायातको साधनले ठक्कर दिएमा त्यसवाट हुने Ôतिको लागि गाडी धनीहरुले घाइतेको उपचार तथा मृत्यूबापत दिनुपर्ने रकम गाडीधनीहरुले नभई विमा कम्पनीहरुले दिने गर्दछन् यसैलाई नै तेस्रो पÔ विमा भनिन्छ । 
जसका कारण सवारीधनीहरुले झन्झट बेर्होनु पर्दैन किनकी सवारी साधनवाट हुने गरेको Ôतिको कारण्ँ बाटो वन्द तथा हड्ताल गर्ने गरेको कारण्ँ न्युनीकरण्ँको लागि र मृतक तथा घाइतेलाई निर्वाधरुपमा उपचार खर्च विमा कम्पनीहरुले नै दिने गर्दछन् ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै