सिद्धेश्वरीको ताला खुलेन, प्राचार्यद्वारा राजीनामा


कृष्ण खनाल 
बुटवल, १७ असार । 
प्रवेशिकामा सहभागीमा ६९ जना विद्यार्थी मध्ये जम्मा ९ जना मात्र उत्र्तीण भएको र विद्यालयको नतिजा सुधार्नको लागि पहल नगरेको भन्दै भुपु विद्याथी, अभिभावक तथा सरोकारवाला निकाय आसार १४ गते विद्यालयको कार्यालयमा लगाएको ताला खुल्न सकेको छैन ।
विद्यालयको नतिजा खस्कनुमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिावक संघ तथा विद्यालयको प्राचार्य गैर जिम्मेवारी भएको भन्दै सरोकारवालानिकायहरुले ताला लगाएका हुन । अभिभावक, भुपु विद्याथी र सरोकारवाला निकायले आह्वान गरेको अन्र्तक्रियामा  विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, शिक्षक अभिभाव संघका अध्यक्ष अनुपस्थिती भएको र प्रार्चायपनि गैरजिम्मेवार ढंगले प्रस्तुत भएको अरोप लगाउदै सरोकारवालाहरुले ताला लगाई दिएका थिए ।

भुुपु शिक्षक अभिभावक संघका अध्यक्ष तथा सिद्देश्वर टोल  समितिका अध्यक्ष शशिधर घिमिरेले सोमवार विद्यालययमा व्यवस्थापन समिति, अभिभावक संघ र सरोकारवालाहरुको संयुक्त बैठक आह्वान गरिएकोमा अगामी दिनमा शैक्षिक गुणस्तर कायम गर्नको लागि सबैसंग सहकार्य गरेर अगाडी बढ्नु पर्ने निर्णय भएको  जानकारी दिए । उनले विद्यालयको ईतिहासमा प्रवेशिकामा अहिले सम्मकै न्युन नतिजा आउनुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिावक संघका अध्यक्षले नैतिकताका ढंगबाट राजीनामा दिनुपर्ने बताए ।
उता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव सुवेदीले सामुदायिक विद्यालय भएको कारण नतिजा खस्कनुमा सबैको दोष रहेको भन्दै आगामी दिनमा नया ढंगले अगाडी बढाउनु निर्णय भएको जानकारी दिए । उनले विद्यालयका ताला खोल्ने या नखोल्ने विषयमा मिडियामा नकारात्क  सन्देश जाने भन्दै थप कुरा बताउन चाहनेन् । विद्यालयक  प्राचार्य ऋषिराम खड्काले राजीनामा दिएको कुरालाई पनि उनले नकारत्मक रुपमा समारचा नबनाउन आग्रह गर्दे खुल्न चाहेनन् ।
शिक्षक अभिभावक संघका अध्यक्ष युवराज अम्गाईलले आफुलाईय धेरै कुरा थाहा नभएको सबै कुरा विद्यालय व्वस्थापन समितिका अध्यक्षलाई सोध्न आग्रह गर्दै नया ढंगले फेरी केही दिन पछि बसेर  सल्लाह गरी अगाडी बढ्ने निर्णय भएको जानकारी दिए । उनले भने–‘केही दिनमा फेरी बसेर निर्णय गर्ने कुरा भएको छ ।’
एमेले जिल्ला उपाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएको विद्यालयको नतिजा खस्कनुमा राजनीतिकरण हावी भएको स्थानिय सरोकारवाला दामोदर घिमिरे बताउदछन ।
शिक्षक अभिभावक संघका अध्यक्ष अम्गाई पनि गैर अभिभावक भएको पुष्टी भएको छ । विद्यालय व्यस्थापन समितिको गठन हुदा राजनितिक भागबण्डाको आधारमा  अध्यक्ष भएका उनको छोराले केही समय अगाडी सिद्धेश्वर लाल कुमारी उच्च माविमा अध्यायन गर्ने भएको भएपनि अहिले बुटवल पब्लीक एलेवल कलेजमा अध्यान गर्दै आएका छन् । राजीनामा दिएको भन्ने विषयमा पुष्टीका  लागि पटक पटक सम्पर्क गर्दा समेत उनको मोवाईल बन्द गरिएको पाईएको छ । विद्यालयमा अहिले परिक्षा समेत सञ्चालन भैरहेको समयमा परिक्षालाई अवरोध गर्ने कुनैपनि गतिविधीहरु नगर्ने सिद्धेश्वर लाल कुमारी उमावि  सरोकार संघले जनाएको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै