मापदण्ड विपरित फुटपाथमा फलामको भ¥याङ्ग भार थेग्न नसक्दा भत्कीयो सडकपेटी


कृष्ण खनाल
बुटवल, २९ पुस ।
एकातर्फ मापदण्ड भन्दा विपरितका फुटपाथ ‘स्ल्याब’ अर्कोतर्फ क्षमता भन्दा बढि भार थेग्न नसक्ने गाडीहरु ओहोर दोहोरका कारण फोरलेन सडक अन्र्तगतको  सडकपेटी भत्कीएको पाइएको छ ।
पछिल्लो समयमा बुटवल मिलचोकको नजिक दुर्गा डिजल्सको अगाडी तथा यसको आसपासमा यसरी बढि भारका गाडीहरु फुटपाथबाट आहोरदोहोर गर्ने तथा पार्किङ्ग गर्ने गरेको पाइएको का।ण  फुटपाथ जिर्ण बन्दै गएको छ  भने भत्कीन सुरु भएको छ ।
बुटवलकोफोरलेन सडक .
यो एउटा  उदाहरण मात्र हो ,बुटवलको मिलनचोकमा होईन व्यवसायीहरुले सडक विभाग तथा ट्राफिक नियम विपरित  दर्जनौ स्थानमा फलामको भ¥याङ्ग राखेर गाडीहरु चढाउने तथा ओराल्ने गरिएको पाइएको छ ।  जसको कारण सडक फुटपाथ निर्माण भएको लामो समय हुदा नहुदै भत्कीन थालेको छ ।
सडक डिभिजन कार्यालयले खासगरी गाडीहरु चढाउने तथा ओराल्ने ठाउको लागि २० सेन्टीमिटर तथा पैदलयात्रुहरुको लागि १० सेन्टीमिटरको ‘स्ल्याब’ राखेर फुटपाथ निर्माण गरिएको भए पनि ठाउ“–ठाउ“ मापदण्ड विपरित भार थेग्न नसक्ने र पैदल यात्रुको लागि ‘स्टेमेट’ गरेर बनाईएको सडकमा ठुला–ठुला भारका गाडीहरु चढाउने तथा ओराल्ने गरेको कारण सडक पेटी जिर्ण बन्नुको साथै भत्कीएको सडक डिभिजन कर्यालय बुटवलका प्रमुख अर्जुनजंग रायमाझिले जानकारी दिए ।  उनले भने–‘मापदण्ड विपरित व्यापारीहरुले फलामको गाडी चढाउने भ¥याङ्गको प्रयोग गरेर ठुला ठुला भारका ट्रक, बस तथा ट्रिपरहरु समेत चढाउने गरेको कारण सडक पेटी भत्कीएको हो ।’
सडक डिभिजन कार्यालय बुटवलका प्रवक्ता तथा ईन्जिनियर धनिराम चौधरीले यसरी व्यवासायीहरुले मापदण्ड बिपरित फुटपाथमै गाडीहरु गुडाउने गरेको कारण सडक जिर्णबन्दै गएको र सडक निर्र्माण सम्पन्न नहुदै भत्कीन सुरु गरेको बताउदछन ।
 निर्माणधिन सडकमा केही स्थानहरुमा मापदण्ड विपरित पैदल यात्रुहरुको लागि १० सेन्टीमिटर मोटाई र गाडीहरु आवात जावतको लागि २० सेन्टीमिटर मोटाई भएको ‘सिमेन्टीको स्ल्याब’ राखिने सम्झौता भएपनि ठेकेदारले मापदण्ड भन्दा विपरित स्याबहरु राखेकोले सडक विभागले पुराना स्ल्याब हटाएर नया स्ल्याब राख्नको लागि भनिएको र सोही सम्झौता भएको जनाएको छ ।
मापदण्ड भन्दा बिपरित फुटपाथमा फलामको भ¥याङ्ग राखेर गाडीहरु ओहोर दोहोर गर्नको लागि कृतिमरुपमा फलामको भ¥याङ्ग राखेर व्यवसाय सञ्चालन गरेको अवैधानिक भएको भन्दै केहि महिना अगाडी पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले हटाएको भए पनि व्यापारीहरुले आफ्नो व्यवसाय प्रभावित हुने भन्दै  उद्योग बाणिज्य मार्फत  राख्न पाउनुपर्ने भन्दै डेलिकेसन गएर  पुन फलामको भ¥याङ्ग राख्नुपर्ने माग गरेका थिए ।
पछिल्लो समयमा फेरी व्यापारीहरुले फलामको गाडीहरु चढाउने भ¥याङ्गराखेका छन । पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रमुख एसपी विभुतीराज पाण्डेले यसरी पैदल यात्रुको लागि भनेर व्यवस्था गरिएको सडक पेटीमा गाडीहरु गुडाउन नपाईने र मापदण्ड बिपरित हुने भन्दै केही समय पहिला हटाइएको भए पनि व्यापारीहरुले आफ्नो व्यवसाय ठप्प हुने भन्दै  उद्योग बाणिज्य मार्फत डेलिकेशन आएर पुन राख्नु पर्ने माग गरेको कारण आफुहरुले हटाउनको लागि अफ्ठ्यारो भएको जानकारी दिए ।
उनले अवैधानिक भए पनि यसको लागि सडक डिभिजन कार्यालय मार्फत ससको दिर्घकालिन समाधान खोजुनपर्ने बताए । ‘केही समय अगाडी  ७÷९ स्थानबाट हामिले यसरी राखेका फलमाको भ¥याङ्ग हटाएका थियौं तर पछि डेलिकेशन आए पनि पुन राखेका छन ।’ उनले भने ।
यसरी सडक पेटी अन्र्तगतको ढल छोप्नको लागि राखिएका ‘स्लाब’हरु ठा“उ ठा“उमा भत्कीनुका  साथै ठुल ठुला खाल्डा परेकोले सर्बसाधारणहरुले सास्ती खेप्न बाध्य छन ।
करिव  ३ बर्ष पहिला सडक डिभिजन कर्यालय बुटवले बुटवलको राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडक फोरलेन बनाउने कार्यको सुरुवात गरेको थियो ।  अहिले सडक डिभिजन कार्यालय बुटवलका अनुसार पहिलो चरणको राजमार्ग चौराह देखि ट्राफिकचोक सम्मको फोरलेन सडक निमार्ण अन्र्तगत हाल सम्म २ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भईसकेको छ । आर्थिक बर्ष २०६६÷०६७ मा निर्माण  कार्य सुरु गरी  पहिलो चरणको सडक निर्माण कार्य यहि आर्थिक बर्षको मंसिर महिनाको अन्त्यमा काम सक्नु पर्ने भएपनि काम पुरा हुन सकेको छैन ।
बुटवलको राजमार्ग चौराह देखि  ट्राफिक चोक सम्मको फोरलेन सडक निर्माण गर्नकोलागि पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले १२ करोड रुपैयामा युनाईटेड लुम्बिनी कान्छारामा कम्पनीलाई ठेक्का दिएको थियो  ।
भने अर्को चरणको सडक निर्माण अन्र्तगत बुटवलको अस्पताल लाईन देखि तिनाउ पुल सम्म र ट्राफिक चोक देखि गोलपार्क सम्मको सडक निर्माणको लागि ११ करोड रुपैयामा ठेक्का स्वीकृत भए पनि अहिले  काम अगाडी बढ्न सकेको छैन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै