अपाङ्गता भएका व्याक्तिहरुद्वरा जिल्ला स्तरिय संयन्त्र गठनको माग


कृष्ण खनाल
बुटवल, २६ असार ।
रुपन्देही जिल्लामा अपाङ्गताको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरुको विचमा एकता नभएको कारण जिल्ला विकास समिति , नगरपालिका तथा गाउ“ विकास समितिबाट अपाङ्गता  क्षेत्रमा विनियोजीत बजेट समबन्धीत क्षेत्रमा खर्च हुन नसकेकोले संस्थाहरुको विचमा संमन्वय गरी उचित संयन्त्र गठन गर्न अपाङ्गता भएका व्याक्तिहरुले माग गरेका छन ।
जिल्ला विकास समितिको सामाजिक विकास साखा अन्र्तगत अपाङ्गता विकासकोष मार्फत विनियोजना हुने रकम पहुचको आधारमा मात्र अपाङ्गता भएका संस्साथाहरुले धेरै कार्यक्रमहरु  पार्ने गरेको र अन्य अपाङ्गता भएका व्याक्तिहरु सेवा सुविधानबाट बञ्चित हुनुपरेको भन्दै सम्पुर्ण अपाङ्गता सम्बन्धी काम गर्ने संस्थाहरुको विचमा संमन्वय गरी एउटा संयन्त्र गठन गर्नुपर्ने र त्यही संयन्त्रमार्फत समावेशीरुपमा  अपाङ्गता क्षेत्र लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठेको हो ।
अहिले आर्थिक बर्षको अन्त्यको समयमा कुनै कुनै अपाङ्गता  क्षेत्रमा काम गर्ने संस्थाहरुले एउटौ व्याक्तिहरुलाई ५÷५ वटा सम्म तालिम, गोष्ठी र सेमिनारमा सहभागी गराएर कोषको रकम खर्च गर्ने काम गरेको पाइएको छ । एउटा संस्थाले एउटामात्र कार्यक्रम गर्न पाउने र एउटा व्याक्तिलाई उसको आवश्यकता हेरेर एउटा वा त्यो भन्दा धेरै तालिम, गोष्टी, सेमिनारमा सहभागी गराउने नियम भएपनि रुपन्देहीका केही अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाहरुले एउटै व्याक्तिहरुलाई आधा दर्जन कार्यक्रममा सहभागी गराउने गरेको पाईएको छ । यस्तो कार्यलाई रोक्नको लागि  समेत जिल्ला स्तरिय संयन्त्र जरुरी रहेको राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल  क्षेत्रीय अध्यक्ष देवि बहादु पोखरेल बताउदछन । ‘जिल्लामा हुने कार्यक्रमहरुमा सबै अपाङ्गता भएका सबै बर्ग र समुदायको प्रतिनिधित्व होस भन्नको लागि पनि यस्तो संयन्त्रयको आवश्यकता भएको हो । ’उनले भने–‘जसको कारण सरकारी क्षेत्रबाट विनियोजीत बजेट उचितरुपमा समबन्धीत व्याक्तिहरुमा खर्च हुनेछ ।’ 
रुपन्देहीमा क्रियाशिल आठ वटा संस्थाहरुले विशुद्ध रुपमा अपाङ्गता सम्बन्धी काम  गर्दे आएका छन् । रुपन्देही नेत्रहिन संघ, रुपन्देही अपाङ्ग पुर्नस्थापना  केन्द्र, सुस्तमनस्थीत तथा बौद्धीक अपाङ्ग अभिभावक महासंघ, रुपन्देही बहिरा कल्याण संघ, दृष्टिविहिन उत्थान संघ लगायतका संस्थाहरु क्रियाशिल रहेका छन् । यी संस्थाकाहरुबाट एक जना संयोजक र अन्य संस्थाका अध्यक्ष पदेन संदस्य  रहने गरी नया संयन्त्र गठन गर्नको  लागि आवाज उठेको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल  क्षेत्रीय समितिको बुधवार बुटवलमा बसेको बैठकले पनि यसको लागि पहल गर्ने निर्णण  गरेको सदस्य कल्पना ढकालले जानकारी दिईन् ।
)))))))))))))))))))))))))
मन्त्रीपरिषद्का अध्यक्षलाई ज्ञापन पत्र
राष्ट्रिय अपाङ्ग महासंघका आह्वानमा नेपालका ७५ वटौ जिल्लाहरुबाट  मन्त्रीपरिषद्का अध्यक्षलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्र्तगत बुधवार रुपन्देहीमा अपाङ्गता  सम्बन्धी काम गर्ने  विभिन्न संस्थाहरुले ईलाका प्रशासन कार्यालय बुटवलमा मार्फत ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लामा क्रियाशिल ८ वटा संघ संस्थाहरुले ईलाका प्रशासन कार्यालय बुटवलका  शाखा प्रमुख रमेश गौतम मार्फत ज्ञापन पत्र बुझाइएको हो । मंगलबार राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवीबहादर पौडेलको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।  
विभिन्न १५ बु“दे मागहरु सहित बुझाइएको ज्ञापन पत्रमा स्वास्थ्यका दृष्टिकोणबाट सवैभन्दा संवेदनशील रहेका मानशिक अपांगता, बैद्धिक अपांगता, हेमोफेलीया, मस्कुलर डिष्ट्रोफी, कुष्ठप्रभावित अपाङ्गता, पूर्ण अशक्त अपाङ्गताहरुलाई लाग्ने असाध्यै रोगहरुको उपचार निःशुल्क हुने व्यवस्था मिलाउन ज्ञापन पत्रमा माग गरिएको छ ।
 त्यस्तै निर्माणाधिन सडकहरु अपाङ्गमैत्री बनाउन बनाउनको सााथै अस्थाई, करार र ज्यालादारीमा कार्यरत अपाङ्ग शिक्षकहरुलाई स्थाइ गर्ने मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गर्न माग  गरिएको छ । अपाङ्गता अधिकार सम्वन्धी महासन्धी २००६ कार्यान्वयन गर्न शक्तिशाली राष्ट्रिय स्तरको संयन्त्र गठन गरि सोही संयन्त्रको शाखा जिल्ला जिल्लामा गठन गर्नको लागि पहलक गर्न माग गरिएको छ ।
यसको अलवा नीजि तथा व्यपारिक क्षेत्रले अपाङ्गता भएका व्याक्तिहरुको सेवा सुविधा, सशक्तीकरण र अवसर समाननिकरणका लागि लगानी गरेरमा रोजगारी प्रदान गर्ने कार्यमा  संस्थाहरुलाई करमा छुट दिने व्यवस्था गर्नको लागि माग  गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रमेश गौतममले मागहरु उचित भएको भन्दै पेश गरिएको ज्ञापन पत्र  सम्बन्धीत क्षेत्रमा पु¥याउने आश्वास दिएका थिए ।  


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै